खुसिको खबर अब कोरियामा जस्तै जापानका उच्चपदस्थ क्षेत्रमा नेपाली कामदार पठाउने सरकारको तयारी

53

नेपाल सरकारले जापानका व्यावसायिक प्राविधिक तथा अन्य उच्च पदस्थ कामका लागि नेपाली कामदार पठाउने पहल गरेको छ। कोरियाले जस्तै अब जापानले पनि कृषि, निर्माण, केयरगिभर व्यावसायिक तथा प्राविधिक क्षेत्रमा समेत कामदार पठाउने सोच बनाएको बतायएको छ ।

जापान सरकारले कृषि, निर्माण, तथा घरायसी कामका लागि नेपाली कामदारको माग गरेको छ। तर नेपाल सरकारले भने प्रस्तावमा उल्लेखित कामलगायत अन्य प्राविधिक तथा व्यवसायिक क्षेत्रमा समेत नेपाली कामदार पठाउने उद्देश्यले छलफल गरिरहेको बताएको छ।

निमार्ण, यातायात, उद्योगलगायतका क्षेत्रमा कामदारको अभाव भएपछि जापानले नेपाली कामदार लैजाने प्रस्ताव राखेको हो।जापानमा नेपाली कामदार पठाउँदा कुन कुन क्षेत्रमा कुन हिसाबले पठाउने, कस्तो तालिम दिएर पठाउने भन्ने विषयमा अझै निर्णय भइनसकेको श्रम मन्त्रालय स्रोतले बताएको छ ।नेपाल सरकारले भने नेपाली कामदारलाई व्यावसायिक तथा प्राविधिक क्षेत्रमा समेत कामदार पठाउने सोच बनाएको हो । जापान पनि नेपाली कामदारका लागि महत्वपूर्ण गन्तव्य बन्न सक्ने अनुमान मन्त्रालयले गरेको छ

कमेन्ट गर्नुहोस्
You might also like