इटहरीमा भिषण आगलागी ( हेर्नुहोस भिडियो सहित)

113

इटहरी ६ स्थित धरान लाईनमा रहेको सामसुङ कम्पनिको सप्तकोशी इलेक्ट्रोनिक्स पसलमा आगलागी भएको छ । बन्द रहेको पसलमा दिउसाे१ः३० बजे सुआगोको मुस्लो देखिएपछि स्थानिय र दमकलको सहयोगमा आगो निभाउने प्रयास जारी रहेकाे छ । दुई तलामाथि लागेको आगो निभाउन दमकल र सुरक्षाकर्मीलाई हम्मे हम्मे परिरहेकाे छ ।

अगलागीकाे खास कारण एक्किन नभएतापनी ग्यास लिकेज अागलागी भएकाे अासंका गरिएकाे उक्त अागलागीमा परी २० कराेड बढीकाे क्षती अनुमान गर्न सकिन्छ । आगलागीमा परी पसलमा रहेको विद्युतीय सामग्री टेलिभिजन, फ्रिज, भ्याकुमक्लिनर, वासिङमेशिन लगायत सम्पूर्ण सामानहरू पूर्णरूपमा नष्ट भएको छ ।

प्रारम्भिक रिपोर्टअनुसार आगो छिमेकी घरमा फैलिने खतरा देखिएपछि धरान, इटहरी, इनरूवा। सुन्दरहरैचारका दमकल परिचालन भएका छन्। अागाे नियन्त्रणका लागी नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानियले पनि आगलागी नियन्त्रणमा सहयोग गरिरहेका छन् ।

भिडियो सहति

कमेन्ट गर्नुहोस्
You might also like