बिदेशमा हामी महिलालाई झन कठिन छ ,’म त बाँचेर फर्किएँ, धेरै दुख हुन्छ बिदेशमा,भो तपाईहरु चाहिं नजानुस् है विदेश ‘[भिडियो हेर्नुहोस ]

140

राधिका माझी उमेरले भर्खर २१ बर्ष पुगिन् । तर उनको विहे भएको ५ वर्ष पुरा भयो । घरमा उनी,श्रीमान र दुई बर्षकी छोरी छन् । सम्पत्तिको नाममा एउटा सानो घर छ । ज्याला मजदुरी गरेर गुजाराचल्छ । दुवै श्रीमान् श्रीमति घर बनाउने श्रमिक हुन् । दुईजनाले दिनमा १ हजार कमाउँछन् । राधिकालाई अहिलेको काम प्रति कुनै गुनासो छैन । तर आफ्नो गाउँबाट कोहि महिला विदेश जाने रे भन्ने सुन्दाउनको खुट्टा थरथर काँप्छ । भक्कानिएर रुन मन लाग्छ । शरीर भारी हुन्छ अनि विदेश नजानुसदुःख हुन्छ भन्न मात्र मन लाग्छ । त्यहाँ पुगेर आफूले कुटाई खाएको, लुटिएको कुरा सुनाएर विदेशजान ठिक्क परेकाहरुलाई विदेश जानबाट रोकौं भन्ने पनि लाग्छ । भिडियो हेर्नुहोस

कमेन्ट गर्नुहोस्
You might also like