बिगत २ बर्ष देखी आफ्नै छोरीलाई बाख्राको गोठमा बाधेर राख्ने कस्ती आमा होलिन ?

134

कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ६, बाहुनपुरकी १९ वर्षीया तारा जैशी बाख्राको खोरमा बाँधिएर बस्नु परेको तीन वर्ष भयो । त्यसै त बिरामी त्यही माथि बाख्राको मल मुत्रको गन्ध । उनका लागि कति कष्टकर हुन्छ होला । तर पनि उनका अभिभावक नै यसरी छोरीलाई बाख्रासंगै बांधेर राख्न बाध्य छन् । मानसिक रुपमा अस्वस्थ भएपछि तारालाई उनका परिवारले बाख्रासंगै बाँधेर राख्न थालेका हुन् ।मानसिक अवस्था ठिक नभएका कारण घरवाट भाग्ने, आफैले लगाएको लुगा समेत च्यात्ने र घरका सामान जथाभावी फ्याक्ने गर्न थालेपछि छोरीलाई यसरी बाँधेर राख्नु परेको आमा सुर्जकलाले बताइन् । दिनभरी आमा मजदुरी गर्न बाहिर जाने भएकाले ताराको रेखदेखको लागि घरमा कोही हुंदैन । त्यसैले दिनभरी बाख्रासंगै बांधेर राख्न बाध्य भएको उनले बताइन् । भिडियो हेर्नुहोस

कमेन्ट गर्नुहोस्
You might also like