हिन्दू धर्ममा प्रचलित र धार्मिक ग्रन्थहरूमा उल्लिखित हाम्रो धर्ममा २९ वटा यस्ता रहस्यहरू

139

हिन्दू धर्ममा भनाैँ वा सनातन संस्कृतिमा प्रचलित र धार्मिक ग्रन्थहरूमा उल्लिखित हाम्राे धर्ममा २९ वटा यस्ता रहस्यहरू छन्, जुन अझ सम्म पनि सुल्झिएका छैनन् र संभवत: तिनीहरूमध्ये केहीकाे रहस्य मानव जातिले कहिल्यै जान्ने छैन।

प्राचीन सभ्यताहरू, धर्म, समाज र संस्कृतिहरूकाे महान भूमि भारतवर्ष अाफैँमा रहस्य र रोमाञ्चका लागि चिनिन्छ। एकातिर जहाँ यस पवित्र भूमिमा दुनियाँकाे प्रथम भाषा संस्कृतकाे जन्म भयाे भने अर्कातिर यसै भूमिमा संसारकाे प्रथम ग्रन्थ ऋग्वेदकाे रचना भयाे। फेरि यहाँ नै एकातिर दुनियाँकाे प्रथम लिपि ब्राह्मी लिपिकाे अाविर्भाव भयाे भने अर्कातिर यहाँ नै दुनियाँकाे प्रथम विश्वविद्यालय नालन्दा र तक्षशिलाकाे स्थापना भयाे।

प्राचीन भारतवर्षमा एकातिर जहाँ अगस्त्य मुनिले बिजुलीकाे आविष्कार गरेका थिए भने हजाराैँ वर्ष पूर्व ऋषि भारद्वाजले यहाँ नै विमानशास्त्र जस्ताे शास्त्र लेखेर मानव मात्रलार्इ के सन्देश दिएका थिए भने कसरी विमान बनाउन सकिन्छ।पृथ्वीकाे गुरुत्वाकर्षणकाे सिद्धान्त भास्कराचार्यले प्रतिपादन गरेका थिए भने फेरि यहाँ नै कणाद ऋषिलार्इ परमाणु सिद्धान्तका जनक मानिएकाे छ। एकातिर जहां सर्प-भर्याङकाे खेल भारतवर्षमा नै जन्म्याे भने अर्कातिर शतरञ्ज वा चेसकाे आविष्कार पनि यहीँ नै भयाे। आचार्य चरक र सुश्रुतलार्इ प्लास्टिक सर्जरी चिकित्सा पद्धतिकाे खाेजीकाे श्रेय जान्छ। पाणिणीले दुनियाँकाे पहिलाे व्याकरण लघु काैमुदी रचना गरेका थिए। ज्यामिति, पाइकाे मान,सापेक्षतावाद वा रिलेटिविटी सिद्धान्तजस्ता कयाैँ सिद्धान्त र आविष्कारहरू यसै पवित्र भूमिबाट सुषुप्त अवस्थाबाट बाहिरिएका हुन्। तर अाज हामी उल्लिखित सबै विषयहरूबाट परका केही त्यस्ता २९ वटा रहस्यहरू उल्लेख गर्न गइरहेका छाैँ जुन अहिलेसम्म रहस्यकै रूपमा रहेका छन्।

ऋषि कश्यप र उनका पत्नीहरूका पुत्रहरूकाे रहस्य :

के भनिन्छ भने सिंगाे पृथ्वी प्रारम्भिक कालमा एक द्वीप थियाे पछि याे दुर्य द्वीपमा विभाजन भयाे र कालान्तरमा सात द्वीपहरूमा परिणत भयाे। धार्मिक ग्रन्थहरूका अनुसार प्रारम्भिक कालमा सृष्टिकर्ता ब्रह्माले समुद्र र पृथ्वीमा विभिन्न किसिमका जीवहरकाे उत्पत्ति गरे। उत्पत्ति वा सृष्टिकाे यस कालखण्डमा उनले अाफ्ना कतिपय मानस पुत्रहरूलार्इ पनि जन्म दिए। तिनीहरूमध्ये एक थिए मरीची। ऋषि कश्यप ब्रह्माजीका मानस पुत्र मरीचीका विद्वान पुत्र हुन्।

मान्यताका अनुसार उनलार्इ अनिष्टनेमीकाे नामबाट पनि चिनिन्छ। उनकी माता ‘कला’ कर्दम ऋषिकी पुत्री र कपिलदेवकी बहिनी थिइन्। यहाँ रहस्यकाे कुरा के छ भने के कुनै मानव सर्प, पक्षी, पशु आदि गरिएका जातिहरूलार्इ जन्म दिन सकछ त? यद्यपि जीव विकासवादीहरूलार्इ यसमाथि शोधकाे विषय हुन सक्ला। के मनुष्य र पशुहरूकाे संयोगबाट कुनै एक नयाँ प्रजातिकाे जन्म हुन सक्छ ? भगवान विष्णु सदा एक गरूडमा सवार हुने गर्थे। यी गरूडजी कश्यपकी पत्नी विनीताबाट जन्मेका थिए।

त्यसाे त कश्यप ऋषिका कयाैँ पत्निहरू थिए तर तिनीहरूमध्ये प्रमुख रूपले 17 वटीकाे नाम हामी उल्लेख गर्न चाहन्छाैँ हम उल्लेख – १. अदिति, २. दिति, ३. दनु, ४. काष्ठा, ५. अरिष्टा, ६. सुरसा, ७. इला, ८. मुनि, ९. क्रोधवशा, १०. ताम्रा, ११. सुरभि, १२. सुरसा, १३. तिमि, १४. विनीता, १५. कद्रू, १६. पतांगी र १७. यामिनी आदि।

१. अदितिबाट १२ आदित्यहरूकाे जन्म भयाे : विवस्वान्, अर्यमा, पूषा, त्वष्टा, सविता, भग, धाता, विधाता, वरुण, मित्र, इन्द्र र त्रिविक्रम (भगवान वामन)। यी सबै देवता कहलाए र यिनीहरूकाे स्थान हिमालयकाे उत्तरमा थियाे।

२. दितिबाट कयाैँ पुत्रहरूकाे जन्म भयाे : कश्यप ऋषिले दितिका गर्भबाट हिरण्यकश्यप र हिरण्याक्ष नामक २ पुत्र एवं सिंहिका नामक एक पुत्रीलार्इ जन्म दिए। यी दैत्य कहलाए र यिनकाे स्थान हिमालयकाे ‍दक्षिणमा थियाे। श्रीमद्भागवत महापुराणका अनुसार यी ३ सन्तानका अलावा दितिका गर्भबाट कश्यपका ४० अन्य पुत्रहरूकाे पनि जन्म भयाे, जो मरुन्दण कहलाए। कश्यपका यी पुत्रहर नि:सन्तान भए तर हिरण्यकश्यपका ४ पुत्र थिए- अनुहल्लाद, हल्लाद, भक्त प्रह्लाद र संहल्लाद।

३. दनु : ऋषि कश्यपलार्इ उनकी पत्नी दनुका गर्भबाट द्विमुर्धा, शम्बर, अरिष्ट, हयग्रीव, विभावसु, अरुण, अनुतापन, धूम्रकेश, विरुपाक्ष, दुर्जय, अयोमुख, शंकुशिरा, कपिल, शंकर, एकचक्र, महाबाहु, तारक, महाबल, स्वर्भानु, वृषपर्वा, महाबली पुलोम र विप्रचिति आदि ६१ जना महान पुत्रहरू प्राप्त भयाे। यी सबै दानव कहलाए।

४. अन्य पत्नीहरू : रानी काष्ठाबाट घोडा आदि एक खुर भएका पशु उत्पन्न भए। पत्नी अरिष्टाकाे गर्भबाट गन्धर्व पैदा भए। सुरसा नामक रानीबाट यातुधान (राक्षस) उत्पन्न भए। इलाबाट वृक्ष, लता आदि पृथ्वीमा उत्पन्न हुन वनस्पतिहरूकाे जन्म भयाे भने मुनिकाे गर्भबाट अप्सराहरू जन्मे। कश्यपकी क्रोधवशा नामक रानीले सर्प, बिच्छी आदि विषालु जन्तु पैदा गरिन्।

ताम्राबाट बाज, ताम्राले गिद्ध आदि शिकारी पक्षीहरूलार्इ अाफ्ना सन्तानका रूपमा जन्म दिइन्। सुरभिले भैंसी, गार्इ तथा दुर्इ खुर भएका पशुहरू उत्पत्ति गरिन्। रानी सरसाले बाघ आदि हिंसक जीवहरू पैदा गरिन्। तिमिले जलचर जन्तुहरूलार्इ अाफ्ना सन्तानका रूपमा उत्पन्न गरिन्।

रानी विनीताका गर्भबाट गरूड (विष्णुका वाहन) र वरुण (सूर्यका सारथि) पैदा भए। कद्रूकाे कोखबाट नागहरूकाेउत्पत्ति भयाे जसमा प्रमुख ८ नाग थिए- अनन्त (शेष), वासुकि, तक्षक, कर्कोटक, पद्म, महापद्म, शंख र कुलिक।

रानी पतंगीबाट पक्षीहरू वा चराचुरूङ्गीकाे जन्म भयाे। यामिनीकाे गर्भबाट शलभ (पतंग वा सलह) काे जन्म भयाे। ब्रह्माजीकाे आज्ञाले प्रजापति कश्यपले वैश्वानरका २ पुत्रीहरू पुलोमा र कालकासँग पनि विवाह गरे। उनीहरूबाट पौलोम र कालकेय नामका ६० हजार रणवीर दानवहरूकाे जन्म भयाे, जो कालान्तरमा गएर निवात कवचकाे नामबाट विख्यात भए।

१० फणा, उड्ने , मणिधर र इच्छाधारी सर्प हुन्छन् त ? सबै जीव-जन्तुहरूमा गार्इपछि सर्प मात्रै एक त्यस्ताे जीव हाे जसकाे हिन्दू धर्ममा उच्च स्थान छ। सर्प एक रहस्यमय प्राणी हाे। देशभरिका गाउँहरूमा आज पनि मानिसहरूका शरीरमा नाग चढ्रने गर्छ।

शिवका प्रमुख गणहरूमा सर्प पनि छ। भारतमा नाग जातिहरूकाे लामाे इतिहास रहेकाे छ। के भनिन्छ भने कश्यपकी क्रोधवशा नामक रानीले सर्प, बिच्छी आदि विषालु जन्तु पैदा गरिन्। अनन्त (शेष), वासुकि, तक्षक, कर्कोटक र पिंगला- उक्त ५ नागहरूकाे कुलका मानिसहरूकाे नै भारतमा वर्चस्व थियाे। यी सबै कश्यप वंशी थिए, यिनीहबाट नै नागवंश चल्याे। शेषनागलार्इ १० फणा भएकाे नाग मानिन्छ। भगवान विष्णु शेषनागमा सुतेकाे देखाइएकाे पाइन्छ।

उड़्ने र इच्छाधारी नाग :

के मान्यता रहेकाे छ भने १०० वर्षभन्दा लामाे अायु हुँदाहुँदै पनि सर्पमा उड्ने शक्ति हुने गर्छ। सर्प कयाैँ प्रकारका हुन्छन्- मणिधारी, इच्‍छाधारी, उड्ने, एकफणा भएका देखि लिएर दसफणासम्म भएका सर्प, जसलार्इ शेषनाग भनिन्छ। नीलमणिधारी सर्पलार्इ सबभन्दा उत्तम मानिएकाे छ। इच्छाधारी नागका बारेमा के भनिन्छ भने त्याे नाग अाफ्नाे इच्छा अनुसार मानव, पशु वा अन्य कुनै पनि जीवकाे समान रूप धारण गर्न सक्छ।

यद्यपि वैज्ञानिक अब अाफ्ना शोधका आधारमा के भन्न थालेका छन् भने वास्तवमा सर्प विश्वकाे सबभन्दा रहस्यमय प्राणी हाे र दक्षिण एसियाका वर्षा वनहरूमा उड्ने जातिका सर्पहरू पाइन्छ। उड्नमा सक्षम यी सर्पहरूलार्इ क्रोसोपेलिया जातिसँग सम्बन्धित मानिएकाे छ। वैज्ञानिकहरूले २ र ५ फणा भएका सर्पहरू हुन्छन् भन्ने पुष्‍टि गरेका छन् तर १० फणा भएकाे सर्प अझै पनि रहस्यकाे गर्भमा नै छ।

के पारसमणि हुन्छ त ?

मणि एक प्रकारकाे चम्किने पत्थर हो। मणिलार्इ हीराकाे श्रेणीमा राख्न सकिन्छ। मणि हुन्थ्याे याे पनि अाफैँमा एक रहस्यकाे रूपमा छ। जाेसँग मणि हुन्थ्याे त्यसले जे पनि गर्न सक्थ्याे। ज्ञातव्य छ, अश्वत्थामासँग मणि थियाे जसकाे प्रभावले उ शक्तिशाली र अमर भएकाे थियाे। रावणले कुबेरसँग चन्द्रकान्त नामकाे मणि खाेसेकाे थियाे।

मान्यता के रहेकाे छ भने मणिहरू कयाैँ प्रकारका हुन्छन्। नीलमणि, चन्द्रकान्त मणि, शेष मणि, कौस्तुभ मणि, पारसमणि, लाल मणि आदि। पारसमणिमाि फलामका कुनै पनि चीजलार्इ छुवाउनाले उक्त फलामकाे वस्तु सुन हुन जान्थ्याे। भनिन्छ कागहरूलार्इ यसकाे ज्ञान हुन्छ । त्यसैले तिनीहरू हिमालयका अासपास नै पाइन्छन्।

मणिहरूकाे महत्वकाे कारणले नै त भारतकाे एक राज्यकाे नाम मणिपुर भएकाे हुनुपर्छ। शरीरमा अवस्थित ७ चक्रहरूमध्ये एक मणिपुर चक्र पनि हुन्छ। मणिसँग सम्बन्धित कतिपय कहानी र कथाहरू समाजमा प्रचलित छन्। यसका अलावा पौराणिक ग्रन्थहरूमा पनि भी ‍मणिका कथाहरू धेरै पाइन्छ। तर पारसमणि अझै पनि रहस्यकाे गर्भमा नै रहेकाे छ ।

सञ्जीवनी बूटीकाे रहस्य अझै पनि यथावत : शुक्राचार्यलार्इ मृत सञ्जीवनी विद्या थाहा थियाे जसकाे कारणले उनी युद्धमा मारिएका दैत्यहरूलार्इ पुनः जीवित गरिदिन सक्थे। यस विद्या सिक्नलार्इ गुरु बृहस्पतिले अाफ्नाे एक शिष्यलार्इ शुक्राचार्यकाे शिष्य बन्नका लागि पठाइदिए । उसले याे विद्या सिक्न त सिक्याे तर शुक्राचार्य र दैत्यहरूलार्इ यसकाे बारेमा थाहा हुने बित्तिकै उनीहरूले उसकाे वध गरिदिए।

रामायणमा के उल्लेख गरिएकाे छ भने जब राम-रावण युद्धमा मेघनाद आदिकाे भयंकर अस्त्र प्रयोगबाट समसत राम सेना मरणासन्न हुन पुगेका थिए , तब हनुमानजीले जामवंतकाे परामर्शमा वैद्यराज सुषेणलार्इ बाेलाए र सुषेणकाे भनाइका अाधारमा द्रोणगिरि पर्वतमा गएर ४ वनस्पतिहरू ल्याए : मृत संजीवनी (मरेका मानिसलार्इ बचाउने), विशाल्यकरणी (तीर वा बाण निकाल्ने ), संधानकरणी (त्वचालार्इ स्वस्थ गर्ने ) तथा सवर्ण्यकरणी (त्वचाकाे रंग कायम राख्ने)। हनुमानले अनगिन्ती वनस्पतिहरूमध्ये बाट यिनीहरूलार्इ पहिचान गर्न असमर्थ भए, त पूरा पर्वत नै उठाएर ल्याए। यस प्रकार लक्ष्मणलार्इ मृत्युकाे मुखबाट बचाएर जीवनदान दिइयाे । यी ४ वनस्पतिहरूमध्ये मृत संजीवनी (वा केवल संजीवनी भन्नुहाेस्) सबभन्दा महत्वपूर्ण छ, किनभने यसकाे बारेमा के भनिन्छ भने यसले व्यक्तिलार्इ मृत्युशैयाबाट पुनः स्वस्थ बनाउन सक्छ। सवाल के हाे भने याे चमत्कारिक बिरूवा कुन हाे त! यस बारेमा कृषि विज्ञान विश्वविद्यालय, बेंगलुरु र वानिकी महाविद्यालय, सिरसीका डा. के. एन. गणेशैया, डा. आर. वासुदेव तथा डा. आर. उमाशंकरले अत्यन्त व्यवस्थित ढंगबाट यसमा शोध गरी २ बिरूवालार्इ चिह्नित गरेका छन्।

उनीहरूले सबभन्दा पहिले त भारतभरिका विभिन्न भाषाहरू र बोलीहरूमा उपलब्ध रामायणका सारा संस्करणहरू अध्ययन गरेर के हेरे भने यी सबै ग्रन्थहरूमा संजीवनी नामकाे कुनै बिरूवाकाे उल्लेख गरिएकाे छ कि वा याेसँग मिल्दाेजुल्दाे अरू कुनै बिरूवा पाे छ कि ? उनीहरूले भारतीय जैव अनुसन्धान डेटाबेस लाइब्रेरीमा राखिएका ८० भाषाहरू वा बोलीहरूमा उपलब्ध अधिकांश सनातन ग्रन्थहरूमा संजीवनीकाे बोलीचालीकाे नामहरूकाे खोज गरे। त्यसै गरी उनीहरूले ‘संजीवनी’ वा यसका पर्यायवाची शब्दहरू र मिल्दा-जुल्दा शब्दहरूकाे गहन खोज गरे। परिणाम के भयाे त? खोजीका क्रममा १७ प्रजातिका वनष्पतिहरूकाे नाम उनीहरूकाे सामुन्ने आयाे। जब विभिन्न भाषाहरूमा यी शब्दहरूकाे उपयोगकाे तुलना गरियाे, तीमध्ये मात्र ६ प्रजातिहरू शेष रहन गए।

यिनै ६ प्रजातिमध्ये पनि ३ प्रजातिहरू यस्ता थिए, जुन चाहिँ ‘संजीवनी’ वा याेसँग मिल्दाे-जुल्दाे शब्दसँग सर्वाधिक र सबभन्दा धेरै एकरूपतासँग मेल खान्थ्याे । ती यसप्रकार थियाे : क्रेसा क्रेटिका, सिलेजिनेला ब्रायोप्टेरिस र डेस्मोट्रायकम फिम्ब्रिएटम। यिनीहरूकाे सामान्य नाम क्रमशः रुदन्ती, संजीवनी बूटी र जीवका हाे। यिनीहरूमध्ये एउटा छान्नु थियाे। अर्काे सवाल के थियाे भने यिनीहरूमध्ये कुन चाहिँ पर्वतीय भेगमा पाइन्छ, जहाँ हनुमानले यसलार्इ खाजे हाेलान्। क्रेसा क्रेटिका हुनै सक्दैन, किनभने याे वनष्पति दक्षिणकाे पठार वा भावर प्रदेशमा पाइन्छ।

अब बाँकी रहे २ वनस्पतिहरू। अब शोधकर्ताहरूले के साेचे हाेलान् भने कुन चाहिँ मापदण्डका अाधारमा यसकाे उपयोग रामायण कालका चिकित्सक औषधीय तत्वका रूपमा गर्थे हाेलान्। प्राचीन भारतीय पारम्परिक चिकित्सक कुन सिद्धान्तका अाधारमा चल्थे भने जुन विरूवाकाे बनावट प्रभावित अंग वा शरीरकाे समान छ, त्यस वनस्पतिले त्यसकाे उपचार गर्न सक्छ।

सिलेजिनेला ब्रायोप्टेरिस नामक वनस्पति कयाैँ महिनासम्म एकदम सुक्खा वा ‘मृत’ भइरहन्छ र एकपटक वर्षा अाउने बित्तिकै ‘पुनर्जीवित’ भइरहन्छ। डा. एनके शाह, डा. शर्मिष्ठा बनर्जी र सैयद हुसैनले यसमा केही प्रयोग पनि गरेका छन् र त्यसबाट के थाहा भयाे भने यसमा केही यस्ता अणु पाइन्छ, जुन अक्सिकारक क्षति तथा पराबैजनी क्षतिबाट मुसाहरू र कीटहरूकाे कोशिकाहरूकाे रक्षा गर्नुका साथै उनीहरूकाे मर्मत मद्दत गर्दछ। त्यसाे भए के सिलेजिनेला ब्रायोप्टेरिस नै रामायण कालकाे संजीवनी बूटी हाे ?

उल्लिखित वैज्ञानिकहरू जस्तै गणेशैया र उनका साथी हतारमा कुनै निष्कर्षमा पुग्न चाहन्नन्। उनकाे भनाइ के छ भने अर्काे बिरूवा डेस्मोट्रायकम फिम्ब्रिएटमकाे दावा पनि लर्तराे छैन। अब यी दुर्इ प्रजातिहरूकाे बीचमा फैसला गर्नका लागि अर्काे एक शोधकाे जरूरत छ। त्यसपछि मात्र रामायणकालीन संजीवनी बूटीकाे खाेजी सम्पन्न हुनेछ ।

एक अन्य खोज :

भारतीय वैज्ञानिकहरूले हिमालयकाे उपल्लाे इलाकामा एक अनोठाै बिरूवा खोजी गरेका छन्। वैज्ञानिकहरूकाे दाबी के छ भने याे बिरूवा एक यस्ताे औषधिकाे रूपमा काम अाउँछ, जसले हाम्राे इम्यून सिस्टमलार्इ रेग्युलेट गर्दछ। यसले हाम्राे शरीरलार्इ पर्वतीय परिस्थिति अनुरूप ढाल्नमा मद्दत गर्दछ र हामीलार्इ रेडियो एक्टिभिटीबाट पनि बचाउँछ।

यस खोजले हामीलार्इ सोच्न बाध्य बनाउँछ । कसरी भने रामायणकाे कथामा लक्ष्मणकाे प्राण बचाउने जुन संजीवनी बूटीकाे उल्लेख गरिएकाे छ, के त्याे हामीले पायाैँ त ? रोडिओला नामकाे याे बूटी चिसाे र उच्च हिमाली वातावरणमा पाइन्छ। लद्दाखमा स्थानीय मानिसहरू यसलार्इ सोलोकाे नामबाट चिन्दछन्।

अहिलेसम्म रोडिओलाकाे उपयोगहरूका बारेमा धेरै जानकारी बाहिर अाएकाे छैन। स्थानीय मानिसहरू यसका पातहरूकाे उपयोग तरकारीकाे रूपमा गर्दै अाइरहेका छन्। लेह स्थित डिफेन्स इन्स्टिट्यूट अफ हाइ एल्टिट्यूड यस बिरूवाकाे चिकित्सकीय उपयोगितकाे खोजी गरिरहेकाे छ। याे सियाचिन जस्ता कठिन परिस्थितिहरूमा तैनाथ सैनिकहरूका लागि अत्यन्त उपयोगी हुन सक्छ। (एजेन्सीहरू)

के कल्पवृक्ष अहिले पनि पाइन्छ त ? :

वेद र पुराणहरूमा कल्पवृक्षकाे उल्लेख गरिएकाे छ। कल्पवृक्ष स्वर्गकाे एक विशेष वृक्ष हाे। पौराणिक धर्मग्रन्थहरू र हिन्दू मान्यताहरूका अनुसार के मानिन्छ भने यस वृक्षकाे मुनि बसेर व्यक्ति जे पनि इच्छा गर्दछ, त्याे इचछा पूर्ण हुन जान्छ । किनभने यस वृक्षमा अपार सकारात्मक ऊर्जाकाे भण्डार हुन्छ। याे वृक्ष समुद्र मन्थनबाट निस्केकाे हाे। समुद्र मन्थनबाट प्राप्त भएकाे याे वृक्ष देवराज इन्द्रलार्इ दिइएकाे थियाे र इन्द्रले यसकाे स्थापना ‘सुरकानन वन’ (हिमालयकाे उत्तरमा) मा गरेका थिए।

एक कल्पकाे आयु :

कल्पवृक्षकाे अर्थ हुन्छ, जुन एक कल्पसम्म जीवित हाेस्। तर अब सवाल के उठ्छ भने के साँच्चै यस्ताे कुनै वृक्ष थियाे वा छ त ? यदि थियाे भने आज पनि त्याे हुनुपर्ने किनभने त्याे त एक कल्पसम्म जीवित रहने वृक्ष हाे। यदि यस्ता कुनै वृक्ष छ भने त्याे कस्ताे हुन्छ ? र यसका के फाइदाहरू छन् ? यद्यपि केही मानिसहरू के मान्छन् भने अपरिजातकाे वृक्षलार्इ नै कल्पवृक्ष मानिन्छ, तर अधिकतर याे तथ्यसँग सहमत छैनन्।

के कामधेनु गार्इ हुन्छ त ? :

कामधेनु गार्इकाे उत्पत्ति पनि समुद्र मन्थनबाटै भएकाे थियाे । याे एक चमत्कारी गार्इ हुने गर्थ्याे जसकाे दर्शन मात्रैले पनि सबै प्रकारका दु:ख-दर्द दूर हुन जान्थ्याे। दैवीय शक्तिहरूबाट सम्पन्न याे गार्इ जसकाे साथमा हुन्थ्याे उसलार्इ चमत्कारिक लाभ मिल्दथ्याे। यस गार्इकाे दूध अमृत समान मानिन्थ्याे।

गार्इ हिन्दु्हरूका लागि सबभन्दा पवित्र पशु हाे। यस संसारमा पहिले गार्इका केही मात्रै प्रजातिहरू पाइन्थ्याे। त्यसभन्दा पनि प्रारम्भिक कालमा एकै प्रजाति थियाे। आजभन्दा लगभग ९,५०० वर्ष पूर्व गुरु वशिष्ठले गार्इका कुलकाे विस्तार गरे र उनले गार्इका नयाँ प्रजातिहरू पनि बनाए, त्यसपछि गार्इका ८ वा १० प्रजातिहरू भए र तिनकाे नाम यसप्रकार थियाेः कामधेनु, कपिला, देवनी, नन्दनी, भौमा आदि। कामधेनुका लागि गुरु वशिष्ठसँग विश्वामित्र सहित कतिपय अन्य राजाहरूले कयाैँ पटक युद्ध गरे, तर उनले कामधेनु गार्इ कसैलार्इ पनि दिएनन्। गार्इकाे यस झगडामा गुरु वशिष्ठका सय पुत्र मारिएका थिए ।

३३ कोटि देवता :

हिन्दू धर्मअनुसार गार्इमा ३३ कोटि देवी-देवता निवास गर्छन्। कोटिकाे अर्थ ‘करोड’ हाेइन, ‘प्रकार’ हो। यसकाे तात्पर्य गार्इमा ३३ प्रकारका देवता निवास गर्दछन्। यी देवता यस प्रकार छन्- १२ आदित्य, ८ वसु, ११ रुद्र र २ अश्‍विन कुमार। यी सबै मिलाएर कुल ३३ हुन्छन्।

गार्इकाे सूर्यकेतु नाडी :

गार्इकाे पीठमा करङकाे हाडमा अवस्थित सूर्यकेतु स्नायु हानिकारक विकिरणलार्इ रोकेर वातावरणलार्इ स्वच्छ बनाउँछ। याे पर्यावरणका लागि लाभदायक छ। अर्कातिर, सूर्यकेतु नाडी सूर्यकाे सम्पर्कमा आउँदा यह स्वर्णकाे उत्पादन गर्दछ। गार्इकाे शरीरबाट उत्पन्न याे सुन गार्इकाे दूध, मूत्र तथा गोबरमा पाइन्छ। याे स्वर्ण दूध वा मूत्र खानाले शरीरमा पुग्दछ र गोबरका माध्यमबाट खेतहरूमा पनि पुग्छ। कतिपय रोगीहरूलार्इ स्वर्ण भस्म दिइन्छ।

पञ्चगव्य :

पञ्चगव्य कतिपय रोगहरूमा लाभदायक हुन्छ। पञ्चगव्यकाे निर्माण गार्इकाे दूध, दही, घिउ, मूत्र, गोबरबाट गरिन्छ। पञ्चगव्यकाे सेवनले शरीरकाे रोग निरोधक क्षमतालार्इ बढाएर रोगहरूलार्इ दूर गरिन्छ। यस्ताे कुनै रोग छैन जसकाे उपचार पंचगव्यबाट गर्न नसकियाेस्।

कैलाश पर्वत र देव आत्मस्थान : उत्तराखण्डमा एउटा यस्ताे रहस्यमय स्थान छ जसलार्इ देवस्थान भनिन्छ। मुण्डकोपनिषदका अनुसार सूक्ष्म-शरीरधारी आत्माहरूकाे एक संघ छ। यिनीहरूकाे केन्द्र हिमालयकाे वादीहरू उत्तराखण्डमा अवस्थित छ। यसलार्इ देवात्मा हिमालय भनिन्छ। यिनै दुर्गम क्षेत्रहरूमा स्थूल-शरीरधारी व्यक्ति सामान्यतया जान सक्दैनन्।

अाफ्नाे श्रेष्ठ कर्महरूका अनुसार सूक्ष्म-शरीरधारी आत्माहरू यहाँ प्रवेश गर्दछन्। जब जब पृथ्वीमा संकट आउँदछ, इमानदार र श्रेष्ठ व्यक्तिहरूकाे सहायता गर्नका लागि तिनीहरू पृथ्वीमा पनि अाउँछन्। देवताहरू, यक्षहरू, गन्धर्वहरू, सिद्ध पुरुषहरूकाे निवास यसै क्षेत्रमा हुने गरेकाे पाइन्छ।

देवस्थान :

प्राचीनकालमा हिमालयमा नै देवता बस्दथे। यहीं ब्रह्मा, विष्णु र शिवकाे स्थान थियाे र यहाँ नै नंदनकानन वनमा इन्द्रकाे राज्य थियाे। इन्द्रकाे राज्यसँगै गन्धर्वहरू र यक्षहरूकाे पनि राज्य थियाे। स्वर्गकाे स्थिति २ स्थानमा बताइएकाे- पहिलाे हिमालयमा अर्काे कैलाश पर्वतकाे कयाैँ योजन माथि। यहाँ नै मानसरोवर छ र यसै हिमालयमा अमरनाथकाे गुफा छ।

अन्य रहस्यमय कुराहरू :

हिमालयमा नै यति जस्ता कतिपय रहस्यमय प्राणी बस्छन्। यसका अलावा यहाँ चमत्कारिक र दुर्लभ जडिबुटिहरू पनि पाइन्छ। भारत र चीनका सेनाले हिमालय क्षेत्रमा नै एलियन र युएफओ देखेकाे दाबी गरेका छन्। हिमालयमा नै एक रूपकुण्ड खाेला छ। यसकाे तटमा मानव कंकाल पाइएकाे छ। पछिल्ला कयाैँ वर्षदेखि भारतीय र युरोपेली वैज्ञानिकहरूका विभिन्न समूहहरूले यस रहस्यलार्इ सुल्झाउन धेरै प्रयास गरे, तर असफल भए ।

सोमरस आखिर के थियाे ? सोमरसकाे बारेमा प्रायः पढ्न र सुन्न पाइन्छ। आखिर याे सोमरस के थियाे त ? के याे रक्सी जस्ताे कुनै पदार्थ थियाे वा कि याे व्यक्तिलार्इ युवा बनार्इ राख्ने कुनै रस थियाे?

ऋग्वेदमा रक्सीकाे घोर निन्दा गर्दै भनिएकाे छ –

।।हृत्सु पीतासो युध्यन्ते दुर्मदासो न सुरायाम्।।

अर्थात : सुरापान गर्ने वा नशालु पदार्थहरू सेवन गर्नेहरू प्रायः युद्ध, मार-पिट वा उत्पात मच्चाउँछन्।

त्यसैले वेदमा रक्सीलार्इ खराबीकाे जड भनिएकाे छ भने तिनीहरू देवताहरूलार्इ कसरी रक्सी चढाउन सक्छन्। सुरापान र सोमरसमा फरक थियाे।

अमृत कलश :

समुद्र मन्थनका क्रममा के कुनै यस्ताे रस निस्केकाे थियाे जसलार्इ पिएर देवताहरूले अमरत्व प्राप्त गरेका थिए ? यदि समुद्रबाट यस्ताे कुनै रस त्यतिबेला निस्केकाे थियाे भने त्याे अाज चाहिँ किन निस्कदैँन ? जरूरी छ र समुद्रबाट नै निक्लेकाे हाेस् ? अमृत कलशका लागि देव र दैत्यहरूका बीच भयंकर युद्ध भएकाे थियाे। वास्तवमा अमृत निस्कनु एक रहस्य नै हाे। यद्यपि वैज्ञानिक यस्ताे अाैषधि बनाउन काेशिश गरिरहेका छन् जसकाे सेवनले मानिस लामाे समयसम्म तरूण बन्न सकाेस् ।

अमर हुने रहस्य :

अमर काे हुन चाहन्न र ? समुद्र मन्थनमा अमृत निस्क्याे। यसलार्इ प्राप्त गर्नका लागि देवताहरूले दानवहरूसँग साथ छल गरे। देवता अमर भए। यसकाे तात्पर्य के हाे भने के समुद्रमा यस्ताे केही चीज छ जसबाट अमृत निस्काेस् ? त के आज पनि निस्किन्छ त ? अहिले अधिकतम १०० वर्षकाे जीवनमा त अनेकानेक रोग, कष्ट, संताप र झंझट छन् भने अमरता प्राप्त गर्दा के हाेला ? १०० वर्षपछि वैराग्य प्राप्त गरी व्यक्ति हिमालय जाने जाला। त्यहाँ गएर उसले के गर्ला ? बोर भयाे भने फेरि संसारमा आएर बस्ला। हाे, यही सिलसिला चलिरहला।

महाभारतमा ७ चिरञ्जीवीहरूकाे उल्लेख गरिएकाे पाइन्छ। चिरञ्जीवीकाे अर्थ अमर व्यक्ति। अमरकाे अर्थ, कहिल्यै नमर्ने। यी ७ जना चिरञ्जीवीहरू हुन्- राजा बलि, परशुराम, विभीषण, हनुमानजी, वेदव्यास, अश्वत्थामा र कृपाचार्य। यद्यपि केही विद्वानहरूका अनुसार मार्कंडेय ऋषि पनि चिरञ्जीवी हुन्।

धार्मिक ग्रन्थहरूमा उल्लेख भए अनुसार यी सातै जना पछिल्ला कयाैँ हजार वर्षदेखि यस पृथ्वीमा बसिरहेका छन्, तर के के धरतीमा बसेर यति लामाे समय हजाराैँ वर्षसम्म जीवित रहन संभव छ ? यद्यपि कतिपय यस्ता ऋषि-मुनि थिए, जो धरतीभन्दा बाहिर गएर फेरि फर्केर अाउँथे र यस प्रकार उनीहरू अाफ्नाे उमेर फ्रिज गर्न सक्थे। यद्यपि हिमालयमा बस्लाले पनि अायु बढ्ने संभावना बढ्दछ। हिन्दू धर्मशास्त्रहरूमा पनि यस्ता कतिपय कथाहरू छन् जसमा के लेखिएका छन् भने अमरता प्राप्त गर्नका लागि फलानाे-फलानाे दैत्य वा साधुले घोर तप गरी शिवजीलार्इ प्रसन्न बनाए। कालान्तरमा त्यसकाे बध गर्नका लागि भगवानकाे पनि पसिना अायाे। अमर हुनका लागि कतिपय यस्ता मन्त्र छन् जुन जप्नाले शरीर हमेशा युवा बनिरहन्छ। ‘महामृत्युञ्जय’ मन्त्रकाे बारेमा के भनिएकाे छ भने यसकाे माध्यमबाट अमरता पाइन सक्छ।

वेद, उपनिषद, गीता, महाभारत, पुराण, योग र आयुर्वेदमा अमरत्व प्राप्त गर्ने अनेक साधन बताइएका छन्। आयुर्वेदमा कायाकल्पकाे विधि त्यसकै एक हिस्सा हाे। तर अहिले उठ्छ भने विज्ञान यस दिशामा के गरिरहेकाे छ ? विज्ञान पनि यस दिशामा काम गरिरहेकाे छ । कसरी हुन्छ व्यक्ति अमर हुन जाअाेस्, कहिल्यै नमराेस् ।

सावित्री-सत्यवानकाे कथा त सबैले सुनेकाे हुनुपर्छ। सावित्रीले यमराजसँग खाेसेर अाफ्ना पति सत्यवानकाे प्राण फिर्ता लिएकी थिइन्। सावित्री र यमराजका बीचमा लामाे कुराकानी भयाे। यसका बावजूद पनि के कुरा थाहा हुन सकेकाे छैन भने सावित्रीले के यस्ताे गरिन् र उनका पति सत्यवान पुनः जीवित भएर फर्के। यस जीवित गरिदिने वा हुन जाने प्रक्रियाकाे बारेमा महाभारत पनि मौन छ। तर अवश्य पनि सावित्रीसँग यस बारेमा कुनै प्रक्रिया थियाे हाेला। जुन दिन याे प्रक्रिया वैज्ञानिक ढंगले ज्ञात हुन जाला, हामी अमरत्व प्राप्त गृन सक्छाैँ।

तपार्इंले अमरबेलकाे नाम सुन्नु भएका्े होला। विज्ञान के चाहन्छ भने मनुष्य पनि यसै अमरबेल जस्तै बनाेस्, कायापलट भइरहाेस् र जीवित बनिरहाेस् । वैज्ञानिकहरूकाे एक समूह चरणबद्ध ढंगले मानवलार्इ अमर बनाउन दत्तचित्त भएर लागेकाे छ। समुद्रमा जेलीफिश (टयूल्रीटोप्सिस न्यूट्रीकुला) नामक माछा पाइन्छ। याे प्राविधिक वा तकनीकी दृष्टिबाट कहिल्यै मर्दैन। तर एउटा कुरा, यदि कसैले यसकाे हत्या गर्याे भने वा कुनै अन्य जीव जेलीफिशकाे भक्षण गरिदियाे भने त फेरि उसलार्इ नमरी सुखै छैन। यस कारण यसलार्इ इम्मोर्टल जेलीफिश पनि भनिन्छ। जेलीफिश बुढेसकालबाट बाल्यकालतिर फर्कने क्षमता राख्दछ। साँच्चै भन्ने हाे भने वैज्ञानिकहरूले जेलीफिशकाे अमरताकाे रहस्याेद्घाटन गर्न सक्छन् मानव स्वतः अमर हुनेछ।

के गरिरहेका छन् वैज्ञानिक ? :

वैज्ञानिक अमरताका रहस्यहरूबाट पर्दा हटाउने दिशामा तीव्र गतिमा अगाडि बढिरहेका छन् । बढ्दाे उमेरकाे प्रभावलार्इ रोक्नका लागि धेरै प्रकारका अाैषधिहरू र सर्जरीकाे विकास भइरहेकाे छ। अहिले यसमा योग र आयुर्वेदलार्इ पनि उत्तिकै महत्व दिन थालिएकाे छ। ढल्कँदाे उमेरकाे प्रभाव रोक्न विषयमा आयोजित एक व्यापक सर्भेमा के पत्ता लाग्याे भने उमेर वाघटाउनेली ‘गोली’ बनाउन संभव छ। रूसकाे साइबेरियाका जंगलहरूमा एक औषधि पाइन्छ जसलार्इ जिंगसिंग भनिन्छ। चीनका मानिसहरू यसलार्इ धेरै प्रयाेग गरी लामाे समयसम्म युवा बनिरहन्छन्।

‘जर्नल नेचर’ मा प्रकाशित ‘पजल, प्रमिस एण्ड क्योर अफ एजिङ’ नामक रिभ्युमा के भनिएकाे छ भने आउँदा दशकहरूमा मानवकाे जीवनकाल बढाउन सकिने प्रशस्त सम्भावनाहरू बढेर गएका छन्। अखबार ‘डेली टेलिग्राफ’ का अनुसार एज रिसर्चका बारेमा बक इन्स्टीट्यूट, क्यालिफाेर्नियाका डक्टर जुडिथ क्यान्पिसीले के भनेका छन् भने सिम्पल अर्गनिज्मकाे बारेमा मौजुदा नतिजाहरूलार्इ हेर्ने हाे भने मानिसकाे जीवनकाललार्इ बढाउन घटाउन सकिन्छ, यसमा कुनै शंका छैन। पहिले पनि कतिपय स्टडिजमा के पाइसकिएकाे छ भने यदि बढ्दाे उमेरकाे असरलार्इ उजागर गर्ने जिनेटिक प्रोसेसलार्इ बन्द गरिदिने हाे भने मानव सधैंभरि तरूण बन्न सक्छ। जर्नल सेलकाे जुलाइकाे अंकमा प्रकाशित एक रिसर्च रिपोर्टमा के भनिएकाे छ भने बढ्दाे उमेरकाे प्रभाव जिनेटिक प्लानकाे हिस्सा हुन सक्छ, शारीरिक गतिविधिहरूकाे नतिजा हाेइन। खोज र रिसर्च जारी छ…।

महान योद्धा बर्बरीक र घटोत्कच :

बर्बरीक महान पाण्डव भीमका पुत्र घटोत्कच र नागकन्या अहिलवतीका छाेरा थिए। कतै-कतै मुर दैत्यकी पुत्री ‘कामकण्टकटा’ का उदरबाट पनि यिनकाे जन्म भएकाे कुरा उल्लेख गरिएकाे छ। बर्बरीक र घटोत्कचका सम्बन्धमा के भनिन्छ भने यी दुबै नै विशालकाय मानव थिए। घटोत्कचले कौरव सेनामा हाहाकार मच्चाएका थिए। अन्ततः कर्णले अर्जुनका लागि साँचिराखेकाे अस्त्र प्रयाेग गरी घटाेत्कचलार्इ मारेका थिए।

महाभारतकाे युद्ध जतिखेर हुने निधाे हुँदै थियाे बर्बरीक पनि युद्धमा सहभागी हुने विचार गर्दै अामालार्इ युद्धमा हार्ने पक्षलार्इ साथ दिने वचन दिए। बर्बरीक अाफ्नाे नीलाे रंगकाे घोडामा सवार भएर ३ बाण र धनुष लिएर कुरुक्षेत्रकाे रणभूमितिर प्रस्थान गर्न अग्रसर भए।

बर्बरीकका लागि ३ बाण नै पर्याप्त थिए । जसकाे बलमा उनी कौरव र पाण्डवहरूकाे पूरा सेनालार्इ समाप्त गर्न सक्थे। याे सबै कुराबाट परिचित भगवान कृष्णले ब्राह्मणकाे वेशमा उनकाे सामुन्ने उपस्थित भएर उनीसँग दानका रूपमा छलपूर्वक उनकाे शिर मागे।

त्यसपछि बर्बरीकले भगवान कृष्णसँग के प्रार्थना गरे भने उनी अन्तिमसम्म युद्ध हेर्न चाहन्छन्, त्याे कुरा सुनेर कृष्णले उनकाे इच्छा सहर्ष स्वीकार गरे। फाल्गुन मासकाे द्वादशीका दिन उनले अाफ्नाे शिर भगवान कृष्णलार्इ दान दिए। भगवानले त्याे शिरलार्इ अमृतबाट सिंचित गरी कुरूक्षेत्रकाे मेदानकाे सबभन्दा अग्लाे स्थानमा राखिदिए जसले गर्दा बर्बरीककाे महाभारत युद्ध हेर्ने इच्छा पूर्ण हाेस। याे पनि अाफैँमा एक रहस्यका रूपमा रहेकाे छ ।

द्वारिका नगर :

मथुराबाट निस्केर भगवान कृष्णले द्वारिका क्षेत्रमा नै पहिलेदेखि स्थापित खण्डहर भरइसकेकाे नगर क्षेत्रमा एक नयाँ नगरकाे स्थापना गरेका थिए। यहाँनेर हामीले के बझ्नुपर्छ भने भगवान कृष्णले अाफ्ना पूर्वजहरूकाे भूमिलार्इ पुनः बस्न लायक बनाएका थिए। प्राचीन इतिहासकाे खोजी गृने इतिहासकारहरूका अनुसार द्वारिका विश्‍वकाे सबभन्दा रहस्यमय सहर हाे। यस सहरमा अझै पनि शोधकार्य जारी छ।

कयाैँ द्वारहरूकाे सहर भएकाे कारणले यसकाे नाम ‘द्वारिका’ भएकाे हाे। यस सहरका चारेतिर धेरै लामाे पर्खाल थियाे र त्यही पर्खालमा नै अनगिन्ती द्वार थिए। त्याे पर्खाल आज पनि समुद्रकाे गहिराइमा अवस्थित छ। भारतकाे सबभन्दा प्राचीन नगरहरूमध्ये एक हाे द्वारिका। यी ७ नगरहरू- द्वारिका, मथुरा, काशी, हरिद्वार, अवन्तिका, कांची र अयोध्या। द्वारिकालार्इ द्वारावती, कुशस्थली, आनर्तक, ओखा-मण्डल, गोमती द्वारिका, चक्रतीर्थ, अन्तरद्वीप, वारिदुर्ग, उदधिमध्य स्थान पनि भनिन्छ।

भारतकाे गुजरात राज्यकाे पश्चिमी भागमा समुद्रकाे किनारामा अवस्थित ४ धामहरूमध्ये १ धाम र ७ पवित्र पुरीहरूमध्ये एक पुरी हाे द्वारिका। द्वारिका २ वटा छन्- गोमती द्वारिका, बेट द्वारिका। गोमती द्वारिका धाम हाे भने बेट द्वारिका पुरी हाे। बेट द्वारिका जानका लागि समुद्र मार्गबाट जानुपर्छ।

एक समय थियाे, जब मानिसहरू के भन्थे भने द्वारिका नगरी एक काल्‍पनिक नगर हाे, तर यस कल्‍पनालार्इ साकार बनार्इ सत्य साबित गरेर देखाइदिए अार्कियोलॉजिस्‍ट प्रो. एसआर रावले। प्रो. रावले मैसुर विश्‍वविद्यालयबाट उच्च शिक्षा प्राप्त गरेपछि बडाैदामा राज्‍य पुरातत्‍व विभाग ज्‍वाइन गरेका थिए। त्यसपछि उनले भारतीय पुरातत्‍व विभागमा काम गरे। प्रो. राव र उनकाे टिमले सन् १९७९-८० मा समुद्रमा ५६० मिटर लामाे द्वारिकाकाे पर्खालकाे खोजी गरे। साथै उनले त्यहाँ त्यसबेलाका भाँडाकुँडा पनि फेला पारे, जुन चाहिँ १५२८ इसा पूर्वदेखि ३००० इसा पूर्वका हुन्। यसका अलावा सिन्धु उपत्यकाकाे सभ्‍यताका पनि कतिपय अवशेष उनले खोजे। त्यस स्थानमा पनि उनले उत्खननमा कयाैँ रहस्‍यहरू उजागर गरे, जुन स्थानमा कुरुक्षेत्रकाे युद्ध भएकाे थियाे।

कैलाश मन्दिर : गुफाहरू त भारतवर्षभरि धेरै छन्, तर अजन्ता-एलोराका गुफाहरूकाे बारेमा भने स्वयं वैज्ञानिकहरू नै के भन्छन् भने यी गुफाहरू कुनै एलियन्सका समूहले बनाएका हुन्। यहाँ एक विशालकाय कैलाश मन्दिर छ। आर्कियोलॉजिस्टहरूका अनुसार यसकाे निर्माण कम्तिमा पनि ४,००० वर्ष पूर्व बनाइएकाे थियाे। 40 लाख टनका चट्टानहरबाट बनाइएकाे यस मन्दिरलार्इ कुन प्रविधिले बनाइयाे हाेला ? याे आजकाे आधुनिक इन्जीनियरिंगकाे वशभन्दा पनि बाहिरकाे कुरा हाे ।

भनिन्छ, एलोराका गुफाहरू भित्रपट्टि तल्लाे भागमा एक सिक्रेट सहर छ। आर्कियोलाेजिकल र जियोलाेजिस्टकाे रिसर्चबाट के कुरा पत्ता लाग्याे भने यी कुनै सामान्य गुफाहरू हाेइनन्। यी गुफाहरूलार्इ कुनै सामान्य मानिस वा आजकाे आधुनिक प्रविधिले पनि बनाउन सक्दैन। यहाँ एक यस्ताे सुरूङ छ, जसबाट अण्डरग्राउण्ड सहरमा पुगिन्छ।

के साँच्चिकै कर्णका कवच र कुण्डल आज पनि बनाउन सकिन्छ त ?

भगवान कृष्ण के भली-भाँति जान्दथे भने जबसम्म कर्णसँग उसका कवच र कुण्डल हुन्छन्, तबसम्म उसलार्इ कसैले पनि मार्न सक्दैनथ्याे। यस्ताे अवस्थामा अर्जुनकाे सुरक्षाकाे कुनै ग्यारेन्टी थिएन। उता देवराज इन्द्र पनि चिन्तित थिए, किनभने अर्जुन उनका पुत्र थिए। भगवान कृष्ण र देवराज इन्द्र दुबै जना के जान्दथे भने जबसम्म कर्णसँग जन्मजात कवच र कुण्डल हुन्छन्, कर्ण युद्धमा अजेय हुनेछ।

त्यसपछि कृष्णले देवराज इन्द्रलार्इ एक उपाय बताए । जस अनुसार देवराज इन्द्र एक ब्राह्मणकाे वेशमा कर्णकाे द्वारमा पुगे। देवराज पनि सबैका साथ पंक्तिबद्ध भर्इ कर्णकाे द्वारमा खडा भउ। कर्णले उपस्थित सबैलार्इ केही न केही दान दिइरहेका थिए। पछि जब देवराजकाे पालाे आयाे त अनि दानी कर्णले साेध्याे- विप्रवर, आज्ञा गर्नुहाेस! हजुर कुन वस्तुकाे अभिलाषा लिएर अाउनुभयाे? तब देवराज इन्द्रले छलपूर्वक कर्णसँग उसका कवच र कुण्डल दानमा लिएका थिए।

कहाँबाट आयाे सुदर्शन चक्र ?

के भनिन्छ भने सुदर्शन चक्र एक यस्ताे अचूक अस्त्र थियाे जसलार्इ छोडेपछि याे लक्ष्यलार्इ पछ्याउँथ्याे र उसकाे काम तमाम गरेर मात्र पुनः छोडिएकाे स्थानमा आउँदथ्याे। यस चक्र भगवान विष्णुकाे तर्जनी अंगुली वा चाेरी अाैँलामा घुमिरहेकाे बताइन्छ। सबभन्दा पहिले याे चक्र उनीसँग थियाे ।

पुराणहरूका अनुसार विभिन्न देवताहरूसँग अाफ्ना-अाफ्ना चक्र हुन्थे। सबै चक्रहरूकाे अलग-अलग क्षमता हुन्थ्याे र सबैका चक्रहरूकाे नाम पनि फरक फरक थियाे। महाभारत युद्धमा भगवान कृष्णसँग सुदर्शन चक्र थियाे। याे सुदर्शन चक्र कहाँबाट आएकाे थियाे र चक्रहरूकाे जन्मदाता काे थियाे? के आज पनि यस्ताे खालकाे अस्त्र बनाउन सकिन्छ? वा कि यने एक चमत्कारिक शक्तिबाट संचालित हुन्थ्याे कुनै मेसिनद्वारा हाेइन ? यस्ता कतिपय सवालहरू छन् जसकाे रहस्य अझै पनि यथावत छन्। यद्यपि हिजाेअाज यस्ता मिसाइलहरू बन्र थालेका छन्, जसले निर्दिष्ट लक्ष्यलार्इ भेदन गरेर पुनः फर्केर अाउँछन्, तथापि चक्र जस्ताे अस्त्र त साँच्चै अद्भुत छ।

डाेरीकाे जादू : आज पश्‍चिमी देशहरूमा किसिम-किसिमका जादू-विद्या लोकप्रिय छन् र समाजमा हरेक वर्गका मानिसहर यसकाे अभ्यास गर्दछन्। एक समय थियाे, जब भारतमा जादूगरहरूकाे भरमार उपस्थिति थियाे। यस देशमा काे भन्दा काे कम जादूगर, सम्मोहनविद, इन्द्रजाल, नट, सपेरा र करतब देखाउनेहरू प्रशस्त थिए। बंगालकाे काला जादू तो विश्वप्रसिद्ध थियाे ।

युरोपकाे कल्पनामा भारत सधैँ प्रशस्त सम्पत्ति र अलौकिक घटनाहरूकाे एक अविश्वसनीय देश रहेकाे छ, जहाँ बुद्धिमान, जादूगर, सिद्ध आदि व्यक्तिहरूकाे संख्या सामान्यभन्दा केही बढी नै थियाे। विदेशी भ्रमणकर्ताहरू र व्यापारीहरू भारतबाट कयाैँ किसिमका जादू सिके र तिनलार्इ अाफ्नाे देशमा लगेर विकसित गरे। कालान्तरमा यस्तै खालका जादूकाे प्रयाेग गरी धर्म प्रचारलार्इ तीव्रता दिइयाे। हिजाेअाज भारत जादूकाे मामिलामा पछाडि परेकाे छ। एक समय थियाे, जब सोभियत संघ र रोममा जादूगरहरूमाथि प्रतिबन्ध लगाइएकाे थियाे र हजाराैँ जादूगरहरूकाे हत्या गरिएकाे थियाे, तर आजभाेलि अमेरिका र युराेपका कतिपय देशहरूमा जादूगरहरूकाे मेला लागेकाे छ।

भारतमा सडक वा चौरास्तामा जादूगर एक जादू देखाउँथे जसलार्इ डाेरीकाे जादू वा करतब भनिन्थ्याे। बीन वा पुंगीकाे धुनमा त्याे डाेरी सर्पकाे पेटाराबाट निस्केर आकाशमा जान्थ्याे र जादूगर त्यस हावामा झुलेकाे डाेरीमा चढेर आकाशमा कते गायब हुन जान्थ्याे।

अंग्रजहरूकाे कालमा कसैले याे जादू देखाएका थिए, त्यसपछि बाट यस जादूकाे बारेमा सुनिँदै अाइएकाे छ। अहिले याे जादू देखाउने कोही छैन। यसै कारणले गर्दा याे जादू देखाउनु अब कुनै पनि जादूगरकाे वशकाे कुरा हाेइन। याे विद्या लगभग विलुप्त भयाे। याे हराएर जानाले गर्दा अाज के संदेह गरिन्छ भने कतै यस्ताे जादू पनि देखाइन्थ्याे र ?

वानर प्रजाति :

के साँच्चै रामायण कालमा बताइए अनुसार जामवन्त एक भालु थिए र हनुमानजी एक वानर ? यद्यपि आज पनि याे रहस्य यथावत छ। यदि बजरंग बली वानर थिएनन् भने उनलार्इ रामायण र रामचरित मानसमा कपि, वानर, शाखामृग, प्लवंगम, लोमश र पुच्छधारी भनेर पुकारिदैनथ्याे। लंकादहनकाे वर्णन पनि पुच्छरसँग जाेडिएकाे हुँदैनथ्याे।

यद्यपि के भनिन्छ भने कपि नामक एक वानर जाति थियाे। हनुमानजी त्यही जातिका ब्राह्मण थिए। हनुमान चालीसाकाे एक पंक्ति छ: को नहि जानत है जग में, ‘कपि’ संकटमोचन नाम तिहारो।।

केही मानिसहर कपिलार्इ चिंपांजी काे रूपमा हेर्दछन्। वैज्ञानिकहरूका अनुसार ‘कपि प्रजाति’ होमिनोइडेया नामक महापरिवार प्राणी जगतकाे सदस्य जीव जातिहरूमध्ये एक थियाे। जीव वैज्ञानिकहरू के भन्दछन् भने होमिनोइडेया नामक महापरिवारका प्राणी जगतका २ प्रमुख जाति शाखाहरू थिए जसमध्ये प्रथमलार्इ ‘हीन कपि’ भनिन्थ्याे भने अर्कालार्इ महाकपि भनिन्थ्याे। हीन कपि अर्थात सानाे कपि र महाकपि अर्थात ठूला आकारकाे मानवनुमा कपि। महाकपिहरूकाे ४ उपशाखाहरू छन्- गुरिल्ला, चिम्पान्जी, मनुष्य तथा ओरंगउटान।

शोधकर्ताहरूका अनुसार भारतवर्षमा आजभन्दा ९ देखि १० लाख वर्ष पूर्व बाँदरहस्काे एक यस्ताे विलक्षण जाति विद्यमान थियाे, जुन आजभन्दा लगभग १५ हजार वर्ष पूर्व विलुप्त हुन थालेका थिए र रामायण काल उप्रान्त त लगभग विलुप्तै भइहाल्याे। यस वानर जातिकाे नाम ‘कपि’ थियाे। मानवनुमा याे प्रजाति मुख र पुच्छरबाट बाँदर जस्ताे देखिन्थ्याे । भारतबाट दुर्भाग्यवश कपि प्रजाति समाप्त भइसक्याे, तर के भनिन्छ भने इन्डोनेशिया देशकाे बाली नामक द्वीपमा अझे पनि पुच्छधारी जंगली मनुष्यहरूकाे अस्तित्व विद्यमान छ।

भौतिक मानव वैज्ञानिक सिकर्कले के कुराकाे घोषणा गरे भने उनलार्इ पश्चिम टेक्सासकाे एक कब्रिस्तानमा नर वानर प्रजातिका नयाँ जीवाश्म प्राप्त भएका छन्। उनकाे भनाइ के छ भने यी जीवाश्म ४३ मिलियन वर्ष पहिलाकाे हुन सक्छन् र वर्तमानमा यिनीहरूकाे तुलना उत्तरी गोलार्धमा पाइने मेस्केलोलीमरसँग गर्न सकिन्छ, तर अब मेस्केलोलीमर एक विलुप्त नर वानर समूह हाे।

यद्यपि सनू १९७३ मा एक जीवाश्म प्राप्त भएकाे थियाे जसकाे तुलना याेसँग भइरहेकाे छ। यसका साथसाथै के मानिएकाे छ भने यसकाे सम्बन्ध युरेशियन र अफ्रिकी प्रजातिहरसँग पनि हुन सक्छ। यसबाट प्रजातिहरूकाे अन्त के सम्बन्धमा जानकारी मिल्न सक्छ।

टेक्सास विश्वविद्यालयका मानव विज्ञान विभागमा एसोसिएट प्रोफेसरका रूपमा कार्यरत सिकर्ककाे यस सम्बन्धमा के भनाइ छ भने यी जीवाश्महरूकाे सम्बन्ध इयोसिन नर वानर समुदायसँग पनि हुन सक्छ। याे प्रजाति समय क्रममा विलुप्त हुन गयाे र सबभन्दा पहिले यी उत्तरी अमेरिकामा लाेप भएका हुन्।

याे जानकारी त्यसैले पनि महत्वपूर्ण छ, किनभने उत्तर अमेरिका र पूर्वी एसियाकाे बीच फ्युनल विनिमयका प्रमाण पनि पाइएकाे छ। कर्कले के भने भने याे जीवाश्म अनुकूलित प्रजातिहरूकाे अन्त काे सम्बन्धमा धेरै जानकारी दिन सक्छन्, किनभने याे अमेरिकामा त्यस कालखण्डमा कति धेरै विविधता थियाे त्यस कुराकाे जिउँदाे- जाग्दाे उदाहरण थियाे।

के हजाराैँ वर्षसम्म जीवित रहन सकिन्छ त ?

पौराणिक र संस्कृत ग्रन्थहरूका अनुसार भारतवर्षमा यस्ता कयाैँ मानिसहरू छन्, जो हजाराैँ वर्षदेखि ‍जीवित छन्। हिमालयमा आज पनि यस्ता कतिपय ऋषिमुनिहरू छन् जसकाे आयु लगभग ६०० वर्षभन्दा बढी बताइन्छ ।

श्लोक : अश्वत्थामा बलिव्र्यासो हनूमांश्च विभीषण:।

कृप: परशुरामश्च सप्तएतै चिरजीविन:।।

सप्तैतान् संस्मरेन्नित्यं मार्कण्डेयमथाष्टमम्।

जीवेद्वर्षशतं सोपि सर्वव्याधिविवर्जित।।

अर्थात यी ८ जना मानिसहरू (अश्वथामा, दैत्यराज बलि, वेदव्यास, हनुमान, विभीषण, कृपाचार्य, परशुराम र मार्कण्डेय ऋषि)काे स्मरण बिहान-बिहान गर्नाले सारा राेगहरू समाप्त हुन्छन् र मनुष्यले १०० वर्षकाे आयु प्राप्त गर्दछन्। अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र भगवान परशुराम- यी सबै चिरञ्जीवी हुन्।

पुराणहरूका अनुसार अश्‍वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य, परशुराम र मार्कण्डेय ऋषिका अलावा अन्य कयाैँ यस्ता मानिसहरू छन् जसका बारेमा के भनिन्छ भने उनीहरू आज पनि जीवित छन्। के संभव छ भने कुनै व्यक्ति हजाराैँ वर्षसम्म जीवित रहन सक्छ । आयुर्वेदानुसार मनुष्यकाे आयु लगभग १२० वर्ष हुन्छ तर उनीहरू अाफ्नाे योगबलले लगभग १५० वर्षभन्दा पनि बढी बाँच्न सक्छन्। भनिन्छ प्राचीन मानवकाे सामान्य अायु ३०० देखि ४०० वर्ष हुन्थ्याे, किनभने त्यतिबेला धरतीकाे वातावरण व्यक्तिलार्इ उक्त कालसम्म जिउँदाे बनार्इ राख्न अनुकूल थियाे।

कौरवहरूकाे जन्म एक रहस्य :

कौरवहरूलार्इ सबैले चिन्दछन् । धृतराष्ट्र र गान्धारीका ९९ जना पुत्र र १ पुत्री थिइन् । यिनीहरूलार्इ नै कौरव भनिन्थ्याे। कुरु वंशका भएकाे कारणले यी कौरव कहलाए। सबै कौरवमध्ये दुर्योधन सबभन्दा जेष्ठ थियाे। गान्धारी जब गर्भवती भएकी थिइन्, तब धृतराष्ट्रले एक दासीसँग सहवास गरेका थिए । जसकाे कारणले युयुत्सु नामक पुत्रकाे जन्म भयाे। यसरी कौरव १०० जना भए। युयुत्सु ऐन माैकामा कौरवहरूकाे सेनालार्इ छोडेर पाण्डवहरूकाे सेनामा सम्मिलित भएकाे थियाे ।

गान्धारीले वेदव्यासबाट पुत्रवती हुने वरदान प्राप्त गरेकी थिइन्। गर्भधारण गरिसके पश्चात पनि २ वर्ष व्यतीत भयाे, तर गान्धारीका कुनै पनि सन्तान उत्पन्न भएनन्। यसबाट विक्षिप्त भएकी क्रोधवशा गान्धारीले अाफ्नाे पेटमा जोडले मुक्का प्रहार गरिन् जसबाट उनकाे गर्भ खस्याे।

वेदव्यासले यस घटनाका बारेमा तुरन्तै थाहा पाएर उनी गान्धारी भएकाे ठाउँमा अाएर भने- ‘गान्धारी! तिमीले धेरै गलत काम गर्याै। मैले दिएकाे वर कहिल्यै मिथ्या जाँदैन। अब तिमी शीघ्र नै १०० कुण्ड तयार गराउ र तिनीहरूमा घृत (घिउ) भरिदेउ।’

वेदव्यासले गान्धारीकाे गर्भबाट निस्केकाे मांस पिण्डमा अभिमन्त्रित जल छर्के जसबाट त्यस पिण्डकाे बूढी अाैँलाकाे माथिल्लाे भाग बराबरका १०० टुक्रा हुन गए। वेदव्यासले ती टुक्राहरूलार्इ गान्धारीले बनाएका १०० कुण्डहरूमा राखिदिए र ती कुण्डहरूलार्इ २ वर्ष पश्चात मात्र खोल्ने आदेश दिएर अाफ्नाे आश्रममा जाँदा भए। २ वर्षपछि सबभन्दा पहिले कुण्डबाट दुर्योधनकाे उत्पत्ति भयाे। अनि ती कुण्डहरूबाट धृतराष्ट्रका शेष ९९ पुत्र एवं दु:शला नामक १ कन्याकाे जन्म भयाे।

अब सवाल के उठ्छ भने के यस्ताे भएकाे थियाे हाेला त ? यस्ताे कसरी संभव छ ? आजकल टेस्ट ट्यूब बेबीकाे बारेमा जरूर सुनिएकाे छ तर एकैपटक ९९ पुत्रहरूकाे जन्म साँच्चै एक रहस्य नै हाे।

के इच्छामृत्यु प्राप्त गर्न सकिन्छ ?

भीष्म पितामहका बारेमा के भनिन्छ भने उनलार्इ इच्छामृत्युकाे वरदान प्राप्त भएकाे थियाे। पुराणहरूका अनुसार ब्रह्माजीबाट अत्रि, अत्रिबाट चन्द्रमा, चन्द्रमाबाट बुध र बुधबाट इलानन्दन पुरुरवाकाे जन्म भयाे। पुरुरवाबाट आयु, आयुबाट राजा नहुष र नहुषबाट ययाति उत्पन्न भए। ययातिबाट पुरु भए। पुरुकाे वंशमा भरत र भरतकाे कुलमा राजा कुरु भए। कुरुकाे वंशमा अगाडि गएर राजा प्रतीप भए जसका अर्का पुत्र थिए शान्तनु। शान्तनुका दाजु सानैमा बितेका थिए । शान्तनुका गंगाबाट देवव्रत (भीष्म) जन्मेका थिए। भीष्मले ब्रह्मचर्यकाे प्रतिज्ञा गरेका थिए । त्यसैले याे वंश अगाडि बढ्न सकेन। भीष्म अन्तिम कौरव थिए।

सिन्धु, सरस्वती, गंगा, नर्मदा र ब्रह्मपुत्र :

उक्त ५ नदीहरूलार्इ भारत र विशेष गरी हिन्दू धर्ममा असाध्यै महत्वपूर्ण मानिन्छ। उक्त पाँच नदीहरूकाे जल एक-अर्काका भन्दा अलग छन् तर तिनीहरूमध्ये नर्मदा नदीलार्इ छोडेर बाँकी नदीहरू हिमालयकाे एकै स्थानबाट निस्कन्छन्। नर्मदा एकमात्र यस्ताे नदी हाे, जुन सबै नदीहरूकाे अपेक्षा विपरीत दिशामा बग्दछ र यसलार्इ पातालकाे नदी भनिन्छ।

सरस्वती नदी त अहिले भाैगर्भिक हलचलका कारण अस्तित्व लुप्त हुन गयाे र सिन्धु नदीले अाफ्नाे मार्ग परिवर्तन गरिदियाे। गंगाले पनि यस लामाे कालखण्डमा कयाैँ अाराेह-अवराेह व्यहाेरेकाे छ र ब्रह्मपुत्रले पनि हजाराैँ वर्षदेखि लाखाैँ मानिसहरूकाे मुमुक्षालार्इ दूर गरेकाे छ। मुमुक्षाकाे अर्थ मोक्षकाे कामना हाे।

सरस्वती :

सरस्वती नदी त अहिले अाएर भाैगर्भिक हलचलका कारणले अस्तित्व लुप्त भयाे तर आज पनि यसले राजस्थान र हरियाणाका केही भूभागमा अाफ्नाे अस्तित्व रहेकाे देखाउँछ। भनिन्छ, लगभग १८ इसापूर्व यस नदीकाे अस्तित्व मेटियाे। यस नदीकाे किनारामा नै वेदका ऋ‍चाहरूकाे जन्म भयाे र भगवान ब्रह्माले अाफ्ना कतिपय महत्वपूर्ण यज्ञ यसै नदीकाे किनारमा सम्पन्न गरेका थिए। प्राचीन सभ्यताहरूकाे जननी सरस्वती नदी आज पनि एक रहस्य हाे, खास गरी ती मानिसहरूका लागि, जो जानी-बुझीकन पनि यसकाे अस्तित्व स्वीकारना चाहदैँनन्।

शोधानुसार याे सभ्यता लगभग ९,००० इसा पूर्व अस्तित्वमा अाएकाे थियाे र ३,००० इसापूर्व त्यस सभ्यताले अाफ्नाे स्वर्ण युग देख्याे र लगभग १८०० इसा पूर्व आउँदा-नअाउँदै लुप्त हुन गयाे। के भनिन्छ भने १,८०० इसा पूर्वकाे आसपास कुनै भयानक प्राकृतिक विपत्तिकाे कारण एकातिर जहाँ सरस्वती नदी लुप्त हुन गइन् भने अर्कातिर यस क्षेत्रका मानिसहरू पश्‍चिमतिर पलायन हुन थाले। पुरात्ववेत्ता मेसोपोटामिया (५०००-३०० इसापूर्व) लार्इ सबभन्दा प्राचीन भन्छन् । त्यसैले अझै सरस्वती सभ्यताकाे शोध गर्नुपर्ने आवश्यकता छ।

गंगा नदी :

याे एक रहस्यकै रूपमा छ, आखिर गंगा नदीकाे पानी किन सड्दैन त? यद्यपि वैज्ञानिकहरू के भन्छन् भने यस नदीमा ३ प्रकारका यस्ता बैक्टीरिया पाइन्छ, जसले अन्य सबै खालका बैक्टीरियाहरूलार्इ खाइदिन्छन् । त्यसैकाे कारणले यसकाे पानी सड्दैन। मान्यता अनुसार याे भारतकाे सबभन्दा पवित्र र रहस्यमय नदी हाे। यसलार्इ रामका वंशज राजा भगीरथले स्वर्गबाट पृथ्वीमा ल्याएका थिए।

गरूड वाहन :

गरूडकाे हिन्दू धर्ममा महत्वपूर्ण स्थान छ। यािनी पक्षीहरूका राजा र भगवान विष्णुका वाहन हुन्। भगवान गरूडलार्इ कश्यप ऋषि र विनीताका पुत्र भनिएकाे छ। विनीता दक्ष कन्या थिइन्। गरूडका दाजुकाे नाम अरुण हाे, जो भगवान सूर्यकाे रथका सारथी हुन्। पक्षीराज गरूडलार्इ जीव विज्ञानमा लेपटोटाइल्स जावानिकस भनिन्छ। याे इन्टरनेशनल यूनियन कन्जरभेशन अफ नेचरकाे रेड लिस्ट याने विलुप्तप्राय पक्षीकाे श्रेणीमा समावेश छ। पंचतंत्रमा गरूडका कयाैँ कहानीहरू छन्।
प्राचीन मन्दिरहरूकाे द्वारमा एकातिर गरूड, अर्कातिर हनुमानजीकाे मूर्ति आवेष्‍ठित गर्ने गरिन्थ्याे। घरमा राखिएका मन्दिरमा गरूड घण्टी र मन्दिरकाे शिखरमा गरूड ध्वज हुने गर्छ। गरूड नामकाे एक व्रत पनि छ। गरूड नामकाे एक पुराण पनि छ। भगवान गरूडलार्इ विनायक, गरुत्मत्, तार्क्ष्य, वैनतेय, नागान्तक, विष्णुरथ, खगेश्वर, सुपर्ण र पन्नगाशन नामबाट पनि चिनिन्छ।

अब सवाल के अाउँछ भने आखिर के कहिलयै पक्षी मानव हुन सक्छ त? पुराणहरमा भगवान गरूडकाे पराक्रमका बारेमा प्रशस्त कथाहरूका वर्णन पाइन्छ। उनले देवताहरूसँग युद्ध गरी तिनीहरूसँग अमृत कलश खाेसेका थिए। उनले भगवान रामलार्इ नागपाशबाट मुक्त गराएका थिए। उनलार्इ अाफ्नाे शक्तिमाथि धेरै घमण्ड भएकाे थियाे तर हनुमानजीले उनकाे घमण्ड चूर-चूर गरिदिएका थिए।

गरूड हिन्दू धर्मका साथै बौद्ध धर्ममा पनि महत्वपूर्ण पक्षी मानिएकाे छ। बौद्ध ग्रन्थहरूका अनुसार गरूडलार्इ सुपर्ण (राम्रा पंख भएकाे) भनिन्छ। जातक कथाहरूमा पनि गरूडकाे बारेमा कतिपय कहानीहरू छन्। गुप्त कालका शासकहरूकाे प्रतीक चिह्न पनि गरूड नै थियाे। कर्नाटकका होयसल शासकहरूकाे पनि प्रतीक गरूड थियाे। अमेरिका र इन्डोनेशियाकाे राष्ट्रिय प्रतीक गरूड हाे।

चेन्नईबाट ६० किलोमिटर टाढा एक तीर्थस्थल छ जसलार्इ ‘पक्षी तीर्थ’ भनिन्छ। याे तीर्थस्थल वेदगिरि पर्वतकाे माथि छ। कयाैँ शताब्दीहरूदेखि अपराह्नकाे समयमा एक जाेडी गरूड सुदूर आकाशबाट यस मन्दिरमा अाउँछन् र मन्दिरकाे पुजारीद्वारा दिइएकाे खाद्यान्नलार्इ ग्रहण गरी पुनः आकाशमा फर्किन्छन् ।

सयाैँ मानिसहरूकाे त्यस एक जाेडी गरूडकाे दर्शन गर्नका लागि त्यहाँ पहिलेदेखि नै उपस्थित भइरहेका हुन्छन्। त्यहाँका पुजारीका अनुसार सत्य युगमा ब्रह्माका ८ मानसपुत्र शिवकाे श्रापले गरूड बनेका थिए। उनीहरूमध्ये २ सत्य युगकाे अन्तमा, २ त्रेताकाे अन्तमा, २ द्वापरकाे अन्तमा श्रापबाट मुक्त भइसकेका छन्। के भनिन्छ भने अब जुन २ वटा गरूड बचेका छन्, ती कलयुगकाे अन्तमा मुक्त हुनेछन्।

के साँच्चै कुनै सुन वा स्वर्ण बनाउने विधि छ ?

भनिन्छ, प्राचीन भारतवासीहरू स्वर्ण बनाउने विधि जान्दथे। उनीहरू पारद आदिलार्इ कुनै विशेष मिश्रणमा मिसाएर स्वर्ण बनाउँथे, तर के याे सत्य हाे ? याे आज पनि एक रहस्य नै हाे। भन्न त के पनि भनिन्छ भने हिमालयमा पारस नामकाे एक सेताे पत्थर पाइन्छ जसलार्इ यदि फलाममा छुवाइदिने हाे भने त्याे फलाम सुनमा परिणत हुन जान्छ। पाराे, जडी- वनस्पतिहर र रसायनहरूद्वारा सुन बनाउने विधिकाे बारेमा कतिपय ग्रन्थहरूमा उल्लेख गरिएकाे पाइन्छ।

प्राचीन भारतमा सुन बनाउने एक रहस्यमयी विद्या थियाे। कतै यस्ताे त हाेइन कुनै ‘खनन’ नभइकन पनि भारतकाे साथमा यत्राे अपार मात्रामा सुन थियाे। आखिर यत्राे सुन आयाे कहाँबाट त ? मन्दिरहरू टनका टन सुन हुने गर्थ्याे। सुनका रथ बनाइन्थ्याे र प्राचीन राजा-महाराजा स्वर्ण आभूषणहरूद्वारा लादिएका हुन्थे। कतिसम्म भनिन्छ भने बिहारकाे सोनगिर गुफामा लाखाैँ टन सुन आज पनि राखिएकाे छ।

प्रभुदेवा, व्यलाचार्य, इन्द्रद्युम्न, रत्नघोष, नागार्जुनका बारेमा के भनिएकाे छ भने यिनीहर पारदबाट सुन बनाउने विधि जान्दथे। त्यसै गरी नागार्जुनद्वारा लिखित अत्यन्त चर्चित ग्रन्थ ‘रस रत्नाकर’ मा एक स्थानमा रोचक वर्णन छ जसमा शालिवाहन र वट यक्षिणीकाे बीचमा भएकाे संवादबाट पनि के पत्ता लाग्छ भने त्यस कालमा सुन बनाइन्थ्याे।

संवाद यस प्रकार छः शालिवाहन यक्षिणीसँग भन्दछन्- ‘हे देवी, मैले यी स्वर्ण र रत्न तिमीमाथि न्याैछावर गरे, अब मलार्इ आदेश देउ।’ शालिवाहनकाे कुरा सुनेर यक्षिणी भन्दछिन्- ‘म तिमीसँग प्रसन्न भएँ। म तिमीलार्इ ती विधिहरू बताउँछु जसकाे मांडव्यले सिद्ध गरेका छन्। म तिमीलार्इ यस्ता-यस्ता योग बताउँछु जसबाट सिद्ध गरिएका पाराेबाट तामा र सीसा जस्ता धातुहरू सुनमा परिणत हुन्छन्।’

एउटा अर्काे कथाकाे बारेमा पनि खूब चर्चा हुने गरेकाे छ । विक्रमादित्यकाे राज्यमा बस्ने ‘व्याडि’ नामक एक व्यक्तिले सुन बनाउने विधा जान्नका लागि अाफ्ना सारा जिन्दगी बर्बाद गरिदिएका थिए। यस्तै एक किस्सा तारबीज र हेमबीजकाे पनि छ। के भनिन्छ भने यी ती पदार्थहरू हुन् जसबाट कीमियागरहरू सामान्य पदार्थबाट चाँदी र सुन निर्माण गर्ने गर्थे। यस विद्यालार्इ ‘हेमवती विद्या’ का नामबाट पनि चिनिन्छ।

वर्तमान युगमा के भनिन्छ भने पंजाबका कृष्‍णपालजी शर्मालार्इ पारदबाट सुन बनाउने विधि थाहा थियाे। यसकाे उल्लेख ६ नाेभेम्बर सन् १९८३ काे ‘साप्ताहिक हिन्दुस्तान’ मा पाइन्छ। पत्रिकाका अनुसार सन् १९४२ मा पंजाबका कृष्णपाल शर्माले ऋषिकेशमा पाराेद्वारा लगभग १०० तोला सुन बनाएर राखिदिएका थिए। भनिन्छ, त्यस समयमा त्यहाँ महात्मा गान्धी, उनका सचिव महादेव भाई देसाई र युगल किशोर बिडला आदि उपस्थित भएका थिए। यस घटनाकाे वर्णन बिडला मन्दिरमा राखिएकाे शिलालेखबाट पनि पाइन्छ। यद्यपि यस कुरामा कत्तिकाे सत्यता छ, त्याे हामी जान्दैनाैँ। (एजेन्सी)

के यी चमत्कारिक जडी-बुटिहरू हुन्छन् ?

सिद्धि दिने जडी-बुटी : गुलतुरा (दिव्यताका लागि ), तापसद्रुम (भूतादि ग्रह निवारक), शल (दरिद्रतानाशक), भोजपत्र (ग्रह बाधाहरू निवारक), विष्णुकान्ता (शत्रुनाशक), मंगल्य (तान्त्रिक क्रियानाशक), गुल्बास (दिव्यता प्रदानकर्ता), जीवक (ऐश्वर्यदायिनी), गोरोचन (वशीकरण), गुग्गल (चामण्डु सिद्धि), अगस्त (पितृदोषनाशक), अपमार्ग (बाजीकरण), आंधीझाडा (भस्मक रोग भाेक-प्यासनाशक), श्वेत अपराजिता (दरिद्रानाशक), हत्था जोडी (वशीकरण), समोवल्ली (मृत्यनाशक), शिलाजीत (नपुंसकतानाशक), अश्‍वगन्धा (वीर्यवर्धक) आदि।

बांदा (चुम्बकीय शक्ति प्रदाता), श्‍वेत र काली गुंजा (भूत पिशाचनाशक), उटकटारी (राजयोग दाता), मयूर शिका (दुष्टात्मानाशक) र कालाे बेसार (तान्त्रिक प्रयोग हेतु) आदि यसता अनेक जडी-बुटिहरू छन्, जसले व्यक्तिकाे सांसारिक र आध्यात्मिक जीवनलार्इ सहज बनाउन महत्वपूर्ण मानिएकाे छ। यद्यपि यस्तै खालका अन्य कयाैँ हजाराैँ जडी-बुटिहरूकाे रहस्य यथावत छ।

तिब्बतकाे यमद्वार : प्राचीनकालमा तिब्बतलार्इ त्रिविष्टप भनिन्थ्याे। याे भारतवर्षकाे नै एक हिस्सा थियाे। तिब्बतमा दारचेनबाट ३० मिनेटकाे दूरीमा छ याे यमकाे द्वार।यमकाे द्वार पवित्र कैलाश पर्वतकाे बाटाेमा पर्दछ। यसकाे परिक्रमा गरेपछि मात्रै कैलाश यात्रा सुरू भएकाे मानिन्छ। हिन्दू मान्यताका अनुसार यसलार्इ मृत्युका देवता यमराजकाे घरकाे प्रवेश द्वार मानिएकाे छ। याे कैलाश पर्वतकाे परिक्रमा यात्राकाे सुरूवाती प्वाइन्टमा छ। तिब्बतीहरू यसलार्इ चोरटेन कांग नग्यी काे नामबाट चिन्छन् जसकाे अर्थ हाे- दुर्इ गाेडा भएकाे स्तूप।

कतिसम्म भनिन्छ भने यहाँ रातमा बस्ने मानिस जीवित रहँदैन। यस्ता कतिपय घटनाहरू भइ पनि सकेका छन्, तर यसका पछाडिका कारणहरूकाे रहस्याेद्घाटन अझैसम्म भएकाे छैन। साथै याे मन्दिरमा द्वार कसले र कहिले बनायाे ? यसकाे कुनै प्रमाण भेटिएकाे छैा। धेरै शोध भए, तर कुनै परिणाम हात लागेन। भनिन्छ, द्वारकाे यतापट्टि संसार छ भने अर्कातिर मोक्षधाम छ। बौद्ध लामाहरू यहाँ आएर प्राणान्त हुनुलार्इ मोक्ष-प्राप्ति मान्दछन् । त्यसैले बिरामी लामा अन्तिम इच्छास्वरूप यहाँ अाएर प्राण त्याग गर्दछन्।

सम्राट अशोकका ९ रहस्यमय रत्न :

९ रत्न राख्ने परम्पराकाे सुरुवात सम्राट अशोक र राजा विक्रमादित्यबाट भएकाे मानिन्छ। उनीहरूकाे सिकाे गर्दै पछिका राजाहरूले पनियस परम्परालार्इ निरन्तरता दिए। अकबरले अाफ्नाे दरबारमा ९ रत्नहरूकाे नियुक्ति गरेका थिए। केही मानिसहरू के भन्छन् भने अशोकसँग यस्ता ९ जना थिए, जसले उनलार्इ राजकाजमा निर्देश गर्थे । तिनीहरूकाे निर्देश र सहयोगकाे बलमा नै अशोकले महान कार्यहरूलार्इ सम्पन्न गर्थे। यी ९ जना काे थिए यसकाे रहस्य आज पनि यथावत छ। के तिनीहरू मनुष्य थिए वा देवता थिए?

सम्राट अशोकलार्इ ‘देवानांप्रिय’ अशोक मौर्य सम्राट भन्ने गरिन्थ्याे। देवानांप्रिय काे अर्थ देवताहरूकाे प्रिय। यस्ताे उपाधि भारतका कुनै अन्य सम्राटकाे नामकाे अगाडि लगाइएकाे छैन। अब सवाल के उठ्छ भने सम्राट अशोकका साथमा तिनीहरू काे ९ जना थिए जसका बारेमा के भनिन्छ भने उनीहरूमध्ये प्रत्येकसँग अाफ्नाे-अाफ्नाे ज्ञानकाे विशेषता थिए अर्थात उनीहरूमध्ये प्रत्येक विशेष ज्ञानले युक्त थिए र अन्तमा सम्राट अशोके उनकाे ज्ञानलार्इ दुनियाँबाट लुकाएर राखे। तिनीहरू नै थिए जसले ठूला-ठूला स्तूप बनए र जसले विज्ञान र प्रविधिमा पनि भारतलार्इ समृद्ध बनाए। भनिन्छ उनका ज्ञानलार्इ एक पुस्तकका रूपमा संग्रहीत गरिएकाे थियाे। जुन पुस्तकलार्इ कुनै विशेष व्यक्तिलार्इ जिम्मा लगाइयाे, उसले पुस्ता-पुस्ता त्यस पुस्तक वा त्यसकाे ज्ञानलार्इ अगाडि बढाए। यद्यपि याे रहस्य आज पनि यथावत छ।

के रावणका दस शिर थिए?

साँच्चै भन्ने हाे भने काेही कसैकाे ३, ४ वा १० शिर हुनु भनेकाे अाफैँमा एक रहस्यमय कुरा हाे। भगवान दत्तात्रयका ३, ब्रह्माजीका ४ र रावणका १० शिर थिए। ‘रावण’… दुनियाँमा यस नामकाे अर्काे कुनै व्यक्ति छैन। राम त धेरै पाइन्छन् तर रावण एक मात्र भेटिन्छ। रावण त केवल रावण हाे। राजाधिराज लंकाधिपति महाराज रावणलार्इ ‘दशानन’ पनि भनिन्छ। भनिन्छ रावण लंकाकाे तमिल राजा थियाे।

जैन शास्त्रहरूमा रावणलार्इ प्रति‍-नारायण मानिएकाे छ। जैन धर्मका ६४ शलाका पुरुषहरूमा रावणकाे गिन्ती गरिन्छ। जैन पुराणहरूका अनुसार महापण्डित रावण आगामी चौबीसीमा तीर्थंकरकाे सूचीमा भगवान महावीर जस्तै २४ अाैँ तीर्थंकरका रूपमा मान्य हुनेछन् । त्यसैले केही प्रसिद्ध प्राचीन जैन तीर्थस्थलहरूमा उनका मूर्तिहरू पनि भेटिन्छन् ।

के रावणका १० शिर थिए ?: रावणका १० शिर थिए। के याे साँच्चै हाे त ? केही विद्वानहरू के मान्छन् भने रावणका १० वटा शिर थिएनन् किन्तु उसले १० शिर भएकाे भ्रम पैदा गरिदिन्थ्याे । त्यसै कारण मानिसहहरू उसलार्इ दशानन भन्दछन्। केही विद्वानहरूका अनुसार रावण ६ दर्शन र चारै वेदकाे ज्ञाता थियाे । त्यसैले उसलार्इ दसकंठी पनि भन्ने गरिन्थ्याे। दसकंठी भनिएकाे कारण प्रचलनमा उसका १० शिर मान्न थालियाे।

जैन शास्त्रहरूमा के उल्लेख गरिएकाे छ भने रावणकाे घाँटीमा ठूला-ठूला गोलाकार ९ मणिहरू हुन्थे। उक्त ९ मणिहरूमा उसकाे शिर देखिन्थ्याे जसकाे कारण उसकाे १० शिर भएकाे भ्रम हुन्थ्याे। यद्यपि धेरैजसाे विद्वान र पुराणहरूका अनुसार त सत्य के हाे भने रावण एक मायावी व्यक्ति थियाे, जो अाफ्नाे मायाद्वारा १० शिर भएकाे भ्रम पैदा गर्न सक्थ्याे। उसकाे मायावी शक्ति र जादूका चर्चा जगप्रसिद्ध थिए।

रावणका १० शिर भएकाे चर्चा रामचरित मानसमा आउँछ। रावण कृष्ण पक्षकाे अमावस्याकाे दिन रामसँग युद्धका लागि गएकाे थियाे तथा १-१ दिन क्रमशः १-१ शिर काट्थे। यस्ता हिसाबले १० अाैँ दिन अर्थात शुक्ल पक्षकाे दशमीमा रावणकाे वध भयाे । त्यसैले दशमीकाे दिन रावण दहन गरिन्छ।

रामचरित मानसमा वर्णन भए अनुसार रावणकाे जुन शिरलार्इ राम अाफ्ना बाणले काटिदिन्थे पुनः त्यस शिरकाे स्थानमा अर्काे शिर पलाउँथ्याे। यहाँ विचारणीय कुरा के छ भने के एक अंग काटिसकेपछि त्यहाँ पुनः नयाँ अंग उत्पन्न हुन सक्छ त? वस्तुतः रावणका यी शिर कृत्रिम थिए- आसुरी मायाबाट बनेका।

मारीच चाँदीकाे बिन्दुहरूले युक्त स्वर्ण मृग बन्नु, रावणले सीताकाे सामुन्ने रामकाे काटिएकाे शिर राख्नु आदिबाट के सिद्ध हुन्छ भने राक्षस मायावी थिए। उनीहरू अनेक प्रकारका इन्द्रजाल (जादू) जान्दथे। त्यसैले रावणका १० शिर र २० हातहरूलार्इ पनि मायावी वा कृत्रिम मान्न सकिन्छ।

आत्मा वा प्राण अलग अलग हुनु :

त्यसाे त के भनिन्छ भने हाम्राे आत्माकाे वास दुर्इ अाँखीभुर्इंकाे माझमा रहेकाे भृकुटीमा हुन्छ। तर हामीले पुराणहरू र अन्य ग्रन्थहरूमा के पढेका छाैँ भने केही मानिसहरू, पशुहरू वा पक्षीहरूकाे प्राण वा जीव अन्य कतै हुन्थ्याे, जस्ताे कुनै राक्षसकाे प्राण सुगामा थियाे। त्यसैले जबसम्म सुगालार्इ मारिँदेन थियाे त्यतिबेलासम्म राक्षसलार्इ मार्न असंभव थियाे। त्यसै गरी रावणकाे प्राण उसकाे नाभिमा थियाे। के यस्ताे पनि संभव हुन सक्छ?

यस सन्दर्भमा कस्ता मान्यताहरू छन् भने रावणले अमरत्व प्राप्तिकाे उद्देश्य लिएर भगवान ब्रह्माकाे घोर तपस्या गरी वरदान माग्याे, तर ब्रह्माले उसकाे त्यस वरदानलार्इ अस्वीकार गर्दै भन्नुभयाे, तिम्राे जीवन नाभिमा स्थित हुनेछ। रावणकाे अजर-अमर रहने इच्छा बाँकी नै रह्याे। यही कारणले गर्दा नै जब भगवान रामसँग रावणकाे युद्ध चलिरहेकाे बेलामा रावण र उसका सेना राममाथि हाबी भइरेका थिए। त्यसैले विभीषणले रामलार्इ के रहस्य बताए भने रावणकाे जीवन उसकाे नाभिमा छ। नाभिमा नै अमृत छ। तब रामले रावणकाे नाभिमा बाण हाने र रावण मारियाे। यद्यपि रावणकाे प्राण त नाभिमा थियाे तर हामीले पढेका सामग्रीहरूमा कतिपय दैत्यहरू, दानवहरू, राक्षसहरू आदिकाे प्राण उ स्वयंकाे शरीरभन्दा बाहिर कतै अन्तै सुरक्षित राखिएकाे हुन्थ्याे। राक्षसकाे प्राण सुगामा थियाे। सुगाकाे गर्धन मर्कायाे भने राक्षसकाे गर्धन मर्किन्थ्याे।

यति :

बिगफुट मानव जातिकाे विनाशकाे प्रतीक्षा गरिरहेकाे छ, किनभने त्यही नै हाे धरतीकाे वास्तविक वा असली प्राकृतिक प्रजाति। आजकाे मानव त ‘स्टार प्राेडक्ट’ हुन् जबकि बिगफुटबाट मानवले धरतीलार्इ खाेसे र उनीहरूलार्इ लुक्नलार्इ बाध्य बनाइदियाे ? आधुनिक जीव वैज्ञानिक त यही मान्दछन्। पूरा विश्वमा यिनीहरूलार्इ अलग-अलग नामबाट चिनिन्छ। तिब्बत र नेपालमा यिनीहरूलार्इ ‘यती’ भनिन्छ भने अस्ट्रेलियामा ‘योवी’ काे नामबाट चिनिन्छ। भारतमा यसलार्इ ‘यति’ भनिन्छ।

यति मानवकाे वर्णन पुराणहरू र अन्य भारतीय ग्रन्थहरूमा पनि प्रशस्त पाइन्छ। के भनिन्छ भने यिनीहरू हिमालयकाे कुनै ठाउँमा बस्छन् र एकदम थाेरै मानिसहरूले मात्र यिनीहरूलार्इ देख्छन्। यद्यपि अहिलेसम्म यिनीहरूकाे भएकाे पुष्टि भइसकेकाे छैन, तर कतिपय मानिसहरू अाफूले यति देखेकाे दाबी गर्छन्। भारतका कश्मीर, उत्तराखण्ड, हिमाचल, सिक्किम, अरुणाचल आदि राज्यका मानिसहरू त्यसलार्इ देखेकाे बताउँछन्। नेपाल र तिब्बतका मानिसहरू पनि यति मानव हुन्छ भन्ने विश्वास गर्छन्।

हावाखोरी वा अन्न र पानी विनाकाे जीवनकाे रहस्य के हाे ? :

आज पनि भारतकाे धरतीमा यस्ता कतिपय मानिसहरू छन् जसले कयाैँ वर्षदेखि भोजन गरेका छैनन, तर उनीहरू सूर्य योगकााे बलमा आज पनि स्वस्थ र जिउँदा छन्। भाेक र प्यासबाट मुक्त केवल सूर्यकाे प्रकाशकाे बलमा यिनीहरू जिउँदा छन्।

प्राचीनकालमा यस्ता कयाैँ सूर्य साधक थिए, जो सूर्य उपासनाकाे बलमा भाेक-प्यासबाट मुक्त मात्र रहँदैनन् बरू सूर्यकाे शक्तिद्वारा कति ऊर्जा हासिल गर्दथे भने यिनीहरू कुनै पनि प्रकारका चमत्कार गर्न सक्थे। तिनीहरूमध्ये ही एक सुग्रीवका दाजु बालिकाे नाम पनि लिइन्छ। बालिमा कस्ताे खालकाे शक्ति थियाे भने बालि जाेसँग युद्ध गर्थ्याे उसकाे आधा शक्ति खाेसी दिन्थ्याे।

वर्तमान युगमा प्रहलाद जानी यस कुराका ज्वलन्त उदाहरण हुन् जसले बिना खाना-पिना व्यक्ति जिन्दगी बिताउन सक्छ। गुजरातमा मेहसाणा जिल्लाका प्रहलाद जानी एक यस्ताे चमत्कार बनेका छन् जसले विज्ञानलार्इ चौतर्फी चक्करमा हालिदिएका छन्। वैज्ञानिकहरू स्वयं नै याे के हाे भनेर बुझ्न सकिरहेका छन् ।

भारतका डाक्टरले सन् २००३ र २००५ मा पनि प्रह्लाद जानीकाे राम्राेसँग चेक जाँच वा स्वास्थ्य परीक्षण गरिसके, तर अन्तमा कुनै विज्ञानसम्मत व्याख्या दिन सकेनन्। यी परीक्षणहरूका अगुवा रहेका अहमदाबादका न्यूरोलाेजिस्ट (तन्त्रिका रोग विशेषज्ञ) डा. सुधीर शाहले भने- ‘उनकाे कुनै शारीरिक ट्रान्सफर्मेशन (कायाकल्प) भएकाे छ। उनी जान-अनजानमा बाहिरबाट शक्ति प्राप्त गर्दछन्। उनलार्इ क्यालाेरी (याने भोजन)काे जरूरत नै पर्दैन। हामीले त कयाैँ दिनसम्म उनकाे अवलोकन गर्याैँ, एक-एक सेकेण्डकाे भिडियाे लियाैँ। उनले न त केही खाए, न केहि पिए, न त पिशाब गरे र न त शौचालय गए।’

वेबदुनियाबाट नेपालीमा अनुवाद भाषा अनुवादकः कुमार पाैडेल

कमेन्ट गर्नुहोस्
You might also like