लाखौँ सपना बोकेर विदेशिएका २४ वर्षीय भरत उतै अस्ताए, हार्दिक श्रद्धान्जली !

327

लाखौँ सपना बोकेर विदेशिने युवा जब कहिले अब फर्किएर आउन भन्ने समाचार घरका लाई सुन्न परे भने त्यो भन्दा नाराम्रो समाचार त्यो परिवारका लागि कहिले पनि हुन् सक्दैन । मलेशियामा काम गर्दागर्दै एक नेपाली युवाको मृत्यु भएको छ ।

मलेशियाको जोहोरबारुको बाटु पहाटस्थित सिरीगार्डिङमा रहेको रामाटेक्सट टेक्सटाइल कम्पनीमा ९ महिनादेखि काम गर्दै आएका २४ वर्षीय भरतकुमार यादवको मृत्यु भएको उनका साथी राजेशले सिधान्युजलाई जानकारी दिए ।

उनका अनुसार मृतक यादवको घर महोत्तरी थरुवाही हो । सोमबार बिहान नाइट ड्यूटिपछि हातमुख धुनेक्रममा एक्कासी रिंगटा लागेर लडेर बेहोस भएका यादव फेरि होसमा आएनन् । अनि अहिले यस्तो समाचार बाहिरिएपछि यादवको घर र गाउँ भरी शोक को माहौल बनेको छ ।

कमेन्ट गर्नुहोस्
You might also like