घरजग्गाको कारोवार गरी मनग्य कमाउन चाहानुहुन्छ भने यसरी प्लटिङको जमिन किन बेच गर्न सकिने

98

नेपाल सरकारको पूर्ण स्वामित्व रहेको योजना श्रीखण्डपुर काभ्रेमा घडेरी प्लाट बिक्री गर्ने भएको छ । नीजि तवरले जग्गा प्लटिङ गर्दा आधारभूत मापदण्डहरु पुरा नहुने, मनोमानी ढंगले बेचबिखन गर्ने परिपार्टीलाई ब्यवस्थि तगर्ने हेतुले राष्ट्रिय आवस कम्पनी लिमिटेडले बस्ती बसाल्न मिल्ने ठाउँहरुमा घडेरी प्लटिङको का मगर्दै आइरहेको छ ।

उपत्यकामा पनि दलालले जग्गा मिलाइदिएबापत खरिद–बिक्री मूल्यको ३ देखि ५ प्रतिशत कमिसन माग्छन् भने कतिपयमा घरजग्गा बेच्नेसँग तालमेल गरी प्रतिआना थप २५ हजार देखि २ लाखसम्म पनि उठाउन भ्याउँछन् ।

जग्गाधनीसँग एउटा मूल्यमा ‘बार्गेनिङ’ गर्ने र ठूलो मूल्य थपेर बेच्नेहरूको पनि कमी छैन । ‘प्लटिङ’ मा दलालले सुरुमै प्लट बैना गर्ने र पछि ग्राहक खोजेर बढी मूल्यमा बेच्नेसम्म गरेका छन् ।

बिक्री भइसकेपछि आउने विवादको सामना गर्नुपरेका उदाहरण पनि धेरै छन् । दशकअघि पनि जग्गा दलालको यस्तै बिगबिगी थियो । वित्तीय क्षेत्रमा अधिक तरलताका कारण घरजग्गामा लगानी व्यापक थियो । यिनै समस्याहरू अन्त्य गर्न सरकारले नयाँ कदम चालेकाे हाे ।

उक्त योजना कार्यालय श्रीखण्डपुर, काभ्रेको धुलिखेल न.पा.–९, अन्तर्गतको श्रीखण्डपुर आवास तथा बजार क्षेत्रका घडेरी प्टहरु शिलबन्दी बोलपत्र प्रकृयाबाट बिक्री गर्ने भएको छ । इच्छुक नेपाली नागरिक वा संघ–सँस्थाले खरिद गर्न चाहेको मूल्य उल्लेख गरि कबोल अंकको १० प्रतिशत रकम बनेपा स्थिितथ राष्ट्रिय बाणिज्य र्बैंकको चल्ती खाता नं. १८१००००३११०१मा जम्मा गरि सक्कल भौचार प्रत्येक प्लटको बेग्ला बेग्लै पेस गर्नु पर्ने छ ।

@आर्थिक न्यूज बाट

कमेन्ट गर्नुहोस्
You might also like