फेरी मालिकार्जुनका एक युवाको मलेसियामा मृत्यु

60

लोकेन्द्र प्रसाद जोशी, दार्चुला ।
मालिकार्जुन गाउँपालिका ३ घर भएका ३५ वर्षीय तारासिह धामीको बैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा मृत्यु भएको छ । तीन वर्षअघि रोजगारीको सिलसिलामा मलेसिया गएका धामीको बिहीबार बिहान ४ बजे मृत अवस्था भेटिएको परिवारले जनाएको छ ।
धामी एक होटल नजिकै मृत फेला परेका थिए । मृत्यु के कसरी भयो भन्ने बारे अहिलेसम्म केहि खुल्न नसकेको मृतकका काका धरमसिह धामीले बताउनुभयो । घर परिवारको एक मात्रै सहारा धामीको मृत्युले परिवारजन सोकमग्न भएका छन् । धामीका घरमा दुई छोरा र एक छोरी छन् । छोरा क्रमश ८, र ४ तथा छोरी ३ वर्षका छन् ।
छोरी जन्मेपछि विदेशमा धन कमाउने अभिलासा लिएर गएका धामीको मृत्युको खबर पछि पूरै गाउँ सोकमा डुबेको स्थानीय लोकेन्द्रसिह धामीले बताउनुभयो । मृतकको शव नेपाल ल्याउनको लागि पहल शुरु गरिएको छ । सुदूर खबर 

कमेन्ट गर्नुहोस्
You might also like