प्रत्येक नारिहरुले पढ्नैपर्नै मनछुने कथा मुम्वईको कोठी भाग: २

71

प्रत्येक नारिहरुले पढ्नैपर्नै
मनछुने कथा

मुम्वईको कोठी
भाग: २

लेखक :- दियु पौडेल
गोरखपुरवाट रेल चढेको आलिकको मनमा निकै प्रश्नहरु उव्जिएको थियो !
उसले मेरिडिनलाई सम्झियो अनि ऑखावाट आॉशुका केही गरीवी आशुहरुलाई धिकार्दै पुच्छ्यो र रेलको जर्नल डिव्वाको A सिटैमा नजिकै वसेकी एउटी वृद्ध महिलालाई हेर्यो …उसका गालाका केही चाहुरीपन र गलेका शरिरलाई नियाल्यो अनि आफ्नो हातका छालाहरुमा नियाल्दै हेर्यो ..सोच्यो म अझ्यौ जवानको पराकाष्ठामा वॉच्नुपर्छ !
एकपटक लामो सास फेर्यो र वाहिर नियाल्यो ..!
मानिसका केही ईच्छाहरु मनभित्रै दफन हुन्छन् अनि मन भित्रै कुहिन थाल्छन् !
जिन्दगीले मन सिसाको वनायो अनि आफन्तहरुलाई हतौडी वनायो त्यसैले आलिकको मनहरु भित्र सिसाको धारिला टुक्राहरु विझिरहेको थियो ..सायद त्यसैले आलिकले छिमेकी राष्ट्र रोज्यो र भारत पस्यो !
आलिक मनमनै सोंच्दै रेलको डिव्वामा वसिरहेको थियो !
हुन त केही निर्दयीहरुले वाऊ विदेशमा वसेर मरेको भेटिले राजधानीमा घर वनाउँछन् ,मेरै छिमेकी सानदाईले त्यसै गरे अव अरु के भनौं !
मुग्लानमा कहॉ सजिलो छ र जिऊन …आफ्नो जवानी, दुख र पसिना वेचेर एकमुठी खुशि उव्जाउनु पर्छ !
सोंच्दा सोंच्दै
रेलले आलिकलाई मुम्वईको कल्यान स्टेशनमा उतारिदियो…गोरखपुरवाट छुटेको रेल कल्यानमा पुगेपछी यात्रुहरु एक-एक हुँदै शुन्यतामा हराईसकेका थिए !
आलिक कल्याण स्टेशनवाट माथि आकाशेपुलतिर हेर्यो ..वाक्लो मानिसको संख्यामा हराएको आफ्नोपन र वाटोमा हात वजाउँदै दक्षिणा माग्दै हिंडेका हिचडा र केही मगन्तेलाई पनि हेर्यो अनि सोंच्यो सवैको जिन्दगी सवैसंग मिल्दो रहेनछ तर दुख फरक-फरक वन्दै सवैको भागमा आउँदो रहेछ !
यस्तै उमेरले ४० वर्षका जस्ता देखिने युवकले आलिकलाई देख्यो !
ति युवक आलिक नजिकै गएर
आलिकलाई भन्यो :- वहादुर कामके लिए आए हो तो चलो…ऊसले भन्यो मेरो नाम वहादुर नहि है म आलिक हुँ…जानि नजानि उत्तर दियो ..वस् काम चाहियो !
ति युवकले पन्जावी होटलमा लिएर गयो..त्यहॉको भॉडा माझ्ने मानिस भागेको रहेछ !
यि वर्तन साफ करो आजसे तुम्हारा यहि काम है…दाह्री लामो अनि कपालमा फेटा वॉधेको सरदारले उसलाई भन्यो !
आफु भन्दा ठुलो भॉडाहरु देखेर आलिक एकैछिन अक्क न वक्क भयो !
भॉडा माझेपनि आलिकले स सानो मात्रै माझेको थियो…उसले ठुलो भॉडामा जुठो गयो कि गएन भन्दै तिन/ चार पटक दोह्याई दोहर्याई साफ गर्थ्यो !अव
होटलमा काम गरेको पनि आलिकले २ महिना वितिसकेको थियो…!
आलिकले अव राम्ररी हिन्दी भाषा जानिसकेको थियो !
दुनियॉले यो लास हो भनेपछी आफ्नो ज्यान चलाएर जिवितै छु भनेर देखाउनेहरु,
खुट्टा र मनमा कॉडा गढेपनी
संधर्षको मैदानमा उत्रनेहरु,
आगोको रापमा चढेर पर्वतको आरोहण गर्नेहरु,मनमा जलेर पनि वाहिर धुँवा नदेखाउनीहरु,असिना खेपेर पुन: जन्मिएको मकै जस्तो जिन्दगी !
एकदिन सरदारले आलिकलाई भन्यो
जा वेटे रावडी स्टोरमे ..उहॉसे आटा लेके आओ..मै फोनमै वात करचुका हुँ !
सरदारले यस्तो भनेपछी आलिक गयो !
नजिकै ठुलो पार्क थियो !
पार्कमा केही जोडीहरु घुमीरहेका थिए !
मानिसको जिन्दगी घुमेझैं
पार्कको पछाडी साईटमा पानीको फोराहरु रंगीविरंगी भएर घुमिरहेको थियो !
त्यतिखेर आलिकलाई पनि पार्कभित्र जान मन लाग्यो अनि ऊ पनि पार्क भित्र पस्यो !
कोही वच्चालाई लिएर हिंडेका थिए,कोही युवक युवतीको हात समाएर हिंडिरहेका थिए !
प्रत्येक हप्ताको मंगलवार त्यो पार्कमा हप्ताभरी कोठीमा वस्ने युवतीहरुलाई मनोरंजन दिनको लागी त्यही पार्कमा ल्याएर घुमाईन्छ!
त्यतिकैमा एउटै ड्रेशमा सजिएर २०/२५ जनाजति युवतिहरु आए !
तिनीहरुको अगाडी र पछाडी २/२ जना वोडिगार्ड थिए !
करिस्मा ….
वोडिगार्डले भन्यो धिरे धिरे चलो ..करिस्मा भन्दा विचकी युवती पछाडी हेरी ऊ आलिकको मेरिडिन जस्तै थिई !
उसका ओठ,नाक र ऑखा उस्तै थिए !
आलिकले आफ्नो विगत सम्झिँयो..उसलाई साह्रै नमज्जा लाग्यो !
आलिकलाई त्यहॉ वस्न मन लागेन
त्यसपछी आलिकले रावडी स्टोरवाट आटा लिएर पंजावी होटलमा गयो !
कति लेट गरेको आटा ल्याउन पंजावी सरदार कट्कि रहेका थिए !
आलिकले भनिरहेको थियो साव स्टोरमे वहुत भिड था ..!
जा जा वर्तन साफ कर..अव गेस्ट आनेवालें है..!
आलिक भॉडाको रासहरु हेर्यो ..हे भगवान यत्रो भॉडा कैले माझ्नी होला …हैन गेस्टहरु अाएको छैन फेरी यत्रो भॉडाहरु कहॉवाट आयो ..जे जति भएपनी गर्नुनै पर्यो .मनमनै सोंच्दै उसले साफ गरेर भॉडाहरु सिध्यायो !
आलिकको मनमा फेरी प्रश्न तेर्सियो सॉच्चै त्यो पार्कमा हिंडेकी मेरिडिननै थिई त..थुक्क एकैछिन उनीहरुको फ्लो गरेको भए .ऊ पश्चतापमा एउटा कुर्सिमा गएर वस्छ र टोलाउन थाल्छ …मैले मेरीडिननै हो भनेर चिनेर पनि के गर्नु आखिर उसले छाडेरै गईकी त हो ..!
खुसिको कुरा म उसलाई धेरै माया गर्छु
तर दुखको कुरा यो हो कि
म उसको मायाको लाएक छैन….
सोंच्दा सोंच्दै अलिकको आँखामा ऑशु देखियो !
अरे वेटे तु ईधर वैठा है…
सरदारको ठुलो आवाजले आलिक झस्कियो !
झरेका ऑशुहरु सटको वाउला र कुमको साहयताले पुच्छ्यो !

क्रमश:- ( वॉकी अर्को भागमा )

तपाईहरुलाई कथा कस्तो लाग्यो #प्रतिक्रिया दिन नभुल्नु होला !

मन परेमा #शेयर गरि आफ्नो वालमा सुरक्षित राख्नुहोस् !

कमेन्ट गर्नुहोस्
You might also like