अढाई लाख तलब सहित कृषि विकास बैङ्कको नयाँ सिइओको खोजी

15

सरकारी स्वमित्वमा रहेको कृषि विकास बैँकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) को पदका लागि दरखास्त आव्हान भएको छ। बैँकका प्रमुख कार्यकारी अधिकृत लीलाप्रकाश सिटौला बैँकबाट बाहिरिएपछि बैकले सिइओको खोजी सुरु गरेको हो।

सोमबार गोरखापत्रमा जारी सूचना अनुसार, व्यवस्थापन , बैंकिङ, वित्तीय, मौद्रिक अर्थशास्त्र, वणिज्य शास्त्र, लेखा शास्त्र, तथ्याङ्क शास्त्र, गणित शास्त्र, व्यापार कानुन प्रशासनमा स्नातकोत्तर उपाधि हासिल गरेको तथा सम्बन्धित क्षेत्रमा १० वर्ष काम गरेको हुनपर्ने योग्यता राखिएको छ।

बैँकले छनोट प्रक्रियाको लागि कार्ययोजना प्रस्तुत, शैक्षिक प्रमाण पत्रको स्तर, अन्तरवार्ताको आधारमा छनोट गर्ने जनाएको छ।

सिइओको तलब २ लाख ५० हजार रुपैयाँ हुने जानकारी बैँकले दिएको छ।

कमेन्ट गर्नुहोस्
You might also like