ह्वात्तै घट्यो सुनको मुल्य ! चाँदीको मुल्यमा बृद्धि : यस्तो छ सुनको आजको बजार भाउ

579
काठमाडौँ । पछिल्लो साता नेपाली बजारमा सुनको मुल्य लगातार घटिरहेको छ । आज बिहिबार पनि नेपाली बजारमा सुनको मुल्य तोलामा १ सय रुपैयाले बढेको छ । बुधबार प्रतितोला ५७ हजार ६ सय रुपैयामा किनबेच भैरहेको छापावाला सुनको मुल्य आज तोलामा ५७ हजार ५ सय रुपैयामा कायम रहेको छ । साथै नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मुल्य ५७ हजार २ सय रुपैयामा कारोबार भैरहेको छ । त्यस्तै आज चाँदीको मुल्य भने तोलामा ५ रुपैयाले बढेको छ । बिहिबार तोलामा ७ सय रुपैयामा कायम रहेको चाँदीको मुल्य आज तोलामा ७ सय ५ रुपैयामा कारोबार भैरहेको महासंघले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
You might also like