चर्चित क्रिकेटर महेन्द्रसिंह धोनी बने सरकारलाई सबै भन्दा बढि कर तिर्ने व्याक्ति, कति तिर्छन त कर ?

20

चर्चित क्रिकेटर महेन्द्रसिंह धोनी सरकारलाई सबैभन्दा बढी कर तिर्ने व्यक्ति बनेका छन् ।उनले झारखण्ड सरकारलाई अरु भन्दा धेरै कर तिर्ने गर्छन् । क्रिकेटर महेन्द्रसिंह धोनीले व्यक्तिगत रुपमा धोनीले सन् २०१७–१८ मा ५७.०४ करोड भारतीय रुपैयाँ कर बुझाएका छन् ।भारतको आयकर विभागले शुक्रबार उनलाई सबैभन्दा बढी कर तिर्ने व्यक्तिको रुपमा सम्मान पनि गरेको छ ।

सम्मान कार्यक्रममा क्रिकेटर महेन्द्रसिंह धोनी उपस्थित नभएपनि उनलाइ सबैभन्दा बढी कर तिर्ने व्यक्तिको रुपमा सम्मान गरिएको छ । उनी क्रिकेट कन्ट्री क्लब टेनिस टुर्नामेन्ट खेल्न व्यस्त भएकाले कार्यक्रममा उपस्थित नभएका हुन् । उनले टेनिसमा डबल्स तर्फ उपाधि जितेका छन् । क्रिकेटर महेन्द्रसिंह धोनीले विभन्न कम्पनीको विज्ञापन खेलेवापत धेरै ठूलो रकम कमाउने गर्छन् ।

कमेन्ट गर्नुहोस्
You might also like