बालोन डी’ओरको अवार्ड क्रोएसियाका कप्तान मोड्रिचलाई

6

बालोन डी’ओरको अवार्ड ११ वर्षपछि नयाँ खेलाडीको हातमा पुगेको छ । सन् २००७ पछिका १० वर्ष अवार्डमा राज गरेका अर्जेन्टिनी स्टाईकर लियोनल मेसी र पोर्चुगीस स्टाईकर क्रिष्टियानो रोनाल्डोलाई पछि पार्दै क्रोएसियाका कप्तान लुका मोड्रिचले डी’ओरको अवार्ड हात पारेका हुन् । पेरिसमा गएराती भएको अवार्ड घोषणा कार्यक्रममा मनोनयनमा परेका २९ जनालाई उछिन्दै मोड्रिचले विश्व फुटबलकै प्रतिष्ठित अवार्ड आफ्नो नाममा लेखाएका हुन् । उनकै प्रेरणामा रहेको क्रोएसियाले रसिया विश्वकप फुटबलको फाइनलमा स्थान बनाएको थियो ।

रियल मड्रिडलाई च्याम्पियन्स लिगको उपाधि दिलाउन पनि उनको भूमिका महत्वपुर्ण थियो । रोनाल्डो दोस्रो स्थानमा रहँदा एन्टोनियो ग्रीजम्यान तेस्रो र केलियन एम्वाप्पे चौथो स्थानमा रहे । भोटिङका आधारमा बार्सिलोनाका स्टाईकर मेसी भने यो वर्ष पाँचौ स्थानमा झरेका छन् । मोड्रिचले यसै वर्ष वेष्ट फिफा फुटबल अवार्डपनि जितेका थिए ।

कमेन्ट गर्नुहोस्
You might also like