चर्चा बटुल्दै ‘पुरानो बुलेट’को ‘मंसिर १५ मा’ गीत

20

चैत १ गते रिलिज हुने अनुप विक्रम शाही तथा वर्षा शिवाकोटी स्टारर ‘पुरानो बुलेट’को गीत रिलिज भएको छ।

फिल्मको ‘मंसीर १५’ बोलको गीत रिलिज भएको हो । गीतमा कलाकारद्वय अनुपविक्रम र वर्षाले कम्मर मर्काएका छन् ।

गीतमा राम भट्टराईको शब्द, उत्तमजंग लिम्बु संगीत रहेको छ भने उत्तमजंग र मेलिना राईको युगल स्वर छ । गीतका कोरियोग्राफर प्रशान्त तामाङले हुन् ।

भिसन राई फिल्मका निर्देशक हुन्। फिल्ममा अनुपबिक्रम र वर्षाका अलावा माला लिम्बु, कृष्णभक्त महर्जन, कविता आले, शिव मुखिया, बरत लिम्बु, शिरोमणि दवाडी, बादल श्रेष्ठ, करण दाहाललगायतका कलाकारको अभिनय छ ।

भिडियो:

कमेन्ट गर्नुहोस्
You might also like