मेसी र स्वारेज बिनाको खेलमा बार्सिलोनाले निकाल्यो शानदार जित

8

काठमाडौं । स्टार खेलाडी बिना नै मैदानमा उत्रिएको बार्सिलोनाले शानदार जित निकालेर स्पेनिस कोपा डेल रे फुटबलको अन्तिम १६ को स्थान सुरक्षित गरेको छ । अन्तिम ३२ को दोस्रो लेग अन्तर्गत बुधबार राति घरेलु मैदानमा भएको खेलमा बार्सिलोना लियोनल मेस्सी, लुइस स्वारेज, जेरार्ड पिकेसहितका स्टार खेलाडी बिना नै मैदानमा गएको थियो । बार्सिलोनाले कल्चरल लिओनेसामाथि ४–१ को जित निकाल्दै समग्रमा ५–१ को जितसहित अन्तिम १६ मा स्थान पक्का गरेको हो । पहिलो लेगमा बार्सिलोना १–० ले विजयी भएको थियो ।

बार्सिलोनाको जितमा डेनिस स्वारेजले दुई गोल गरे भने एल हाडाडी र माल्कमले एक एक गोल गरे । लिओनेसाका लागि सिनीले एक गोल फर्काए । राति नै भएको खेलमा जित निकाल्दै एथ्लेटिको मड्रिडले पनि अन्तिम १६ मा स्थान बनाएको छ । यसैगरी जिरोना, रियल सोसिडाड, सेभिल्ला, भिल्लारियल र रियल भालाडोलिड पनि अन्तिम १६ मा पुगेका छन् ।ा

कमेन्ट गर्नुहोस्
You might also like