पिताको अन्तिम बिदाइमा आँशु थाम्नै सकेनन् अमेरिकी पूर्व राष्ट्रपति बुसले (फोटोफिचर)

16

काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति जर्ज एचडब्लु बुसको राजकीय सम्मानका साथ औपचारिक फ्युनेरल भएको छ । अमेरिकाका ४१ औँ राष्ट्रपति जर्ज एचडब्लु बुसको गएको शुक्रबार अबेर (नेपाली समय अनुसार शनिबार बिहान) ९४ वर्षको अमेरिकामा निधन भएको थियो । उनको पार्थिव शरीर औपचारिक फ्युनेरलका लागि टेक्सासको ह्युस्टनबाट वासिङ्गटन ल्याइएको थियो । उनका छोरा तथा अमेरिकाका ४३ औँ राष्ट्रपति जर्ज डब्लु बुसले भावनात्म हुँदै पिताप्रति सम्मान प्रकट गरेका छन् ।

जुनियर बुसले आफ्ना पितालाई महान मानव र प्रिय पिताका रुपमा सम्झिए । जर्ज एचडब्लु बुसको फ्युनेरलमा जीवित रहेका सबै अमेरिकी पूर्व राष्ट्रपतिहरु तथा अहिलेका राष्ट्रपति डोनाल्ड ट्रम्पको उपस्थिति थियो ।सिनियर बुस सन् १९८९ देखि १९९३ सम्म अमेरिकाको राष्ट्रपति थिए । उनको पार्थिव शरीर गृह राज्य टेक्सासमा श्रीमती बारबरा नजिकै गाडिने छ ।

फ्युनेरलमा अमेरिकाको ४३ औँ राष्ट्रपति बनेका उनका जर्ज डब्लु बुसले आफूलाई पिताले जनताको सेवा महान र अत्यावश्यक कार्य रहेको भन्ने सिकाएको स्मरण गरे । पिताका लागि दिइएको श्रद्धाञ्जली सम्बोधनको अन्त्यतिर उनले आफ्नो आँसु रोक्न सकेनन् । उनको गला अवरुद्ध भयो ।

फ्युनेरलमा पूर्व राष्ट्रपतिहरु जिमी कार्टर, बिल क्लिन्टन, जर्ज डब्लु बसु तथा बाराक ओबामा पूर्व प्रथम महिलासहित उपस्थित भएका थिए । यस्तै अहिलेका राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्प पनि फ्युनेरलमा सहभागी भए ।

कमेन्ट गर्नुहोस्
You might also like