आयो अर्को खुशीको खबर: मिस वल्डको ६८ वर्षे यात्रामा शृंखला खतिवडाले रचिन नयाँ इतिहाँस, राखिन रेकर्ड ! बधाई दिदै सम्मान सरूप सारा नेपाली १-१ गरौ !

181

चीनको सान्या शहरमा डिसेम्बर ८ अर्थात् मंसीर २२ गते सम्पन्न हुने ६८ औँ संस्करणको मिस वल्र्ड प्रतियोगितामा नेपालको तर्फबाट सहभागि हुन पुगेकी मिस नेपाल वल्र्ड २०१८ श्रृङ्खला खतिवडा ‘मल्टिमिडिया’ तथा ‘ब्युटी विथ अ पर्पस’को अवार्ड जित्न सफल भएसँगै उत्कृष्ट तीस भित्र सुरक्षित हुँदै उनी यस पटकको प्रतियोगिताको शीर्ष स्थानका लागि प्रबल दाबेदारका रुपमा देखा परेकी छिन् । यस पटकको विश्व सुन्दरी प्रतियोगिताको शीर्ष उपाधि ताज नेपाली चेलीको शीरमा सजिने प्रबल संभावनासँगै यसको वास्तविक संभाव्यताको अंक गणित आफ्नो ठाउँमा होला तर, सौन्दर्य प्रतियोगिताको विश्व मंचमा नेपाली चेली श्रृङ्खलाको अहिलेसम्मको उपलब्धि र चर्चा प्रसंगले समग्रमा सौन्दर्य प्रतियोगितामा रुचि राख्नेहरुदेखि यसका समिक्षकहरुलाई सकरात्मक रुपमा सोच्न र आकर्षित गर्न सफल भएको छ ।

यस कारण प्रबल दाबेदार मिस वल्र्ड प्रतियोगिताको फम्र्याट अनुसार उत्कृष्ट तीस भित्र पर्नका लागि फास्ट ट्रयाक प्रक्रिया अन्तर्गत ‘ब्युटी विथ अ पपर्स, मिस वल्र्ड स्पोर्टस् च्यालेन्ज, मिस वल्र्ड ट्यालेन्ट, मिस वल्र्ड टप मोडल र मिस वल्र्ड मल्टिमिडिया गरी पाँच वटा स्पेशल अवार्ड रहेको छ । जस अन्तर्गत नेपालकी श्रृङ्खलाले मिस वल्र्ड मल्टिमिडिया र ब्युटी विथ अ पपर्स दुई वटा अवार्ड जितेर इतिहास रच्न सफल भएकी छिन् । यो सँगै मिस वल्र्ड प्रतियोगिताको लामो इतिहासमा दुई वटा फास्ट ट्रयाक अवार्ड जित्ने पहिलो सुन्दरी बनेकी छिन् श्रृङ्खला । मिस वल्र्ड प्रतियोगितामा मिस नेपाल सुन्दरीहरु मध्ये सबैभन्दा सफल र चर्चा कमाएकी सुन्दरी पनि उनीनै बनेकी छिन् । मिस वल्र्ड प्रतियोगितामा सहभागि भए देखि श्रृङ्खलाको चर्चा सामाजिक संजाल, अन लाइन मिडिया देखि राष्ट्रिय दैनिक अखबारहरुमा चलिरहेको पाइन्छ ।

सौन्दर्य प्रतियोगितालाई समिक्षा गर्ने विभिन्न अन्तर्राष्ट्रिय अनलाइन, फोरम, सामाजिक संजाल, युट्युब च्यानल आदिले पनि मिस वल्र्ड २०१८ को प्रबल दाबेदारका रुपमा श्रृङ्खलालाई उभ्याएको पाइन्छ । सामाजिक संजालमा मिस वल्र्ड प्रतियोगितामा आफ्नो सहभागिता सम्बन्धी निरन्तर अपडेट, उनको सामाजिक कार्यमा संलग्नता, सामाजिक संजालमा सक्रियता र चर्चा तथा आम मानिसको भोटिङ सबैको आधारमा पपुलारिटी मुल्यांकन गर्दै मिस नेपाल २०१८ श्रृङखला खतिवडाले डिसेम्बर ३ मा मिस वल्र्ड मल्टिमिडिया अवार्ड जितेकी हुन् ।

यो उपाधिसँगै मिस वल्र्ड २०१८ को उत्कृष्ट तीस भित्र सुरक्षित भइन् । मिस वल्र्ड मल्टिमिडिया अवार्ड सन् २०१२ देखि मिस वल्र्ड प्रतियोगितामा फास्ट ट्रयाक अवार्डका रुपमा समावेश गरिंंदै आएको हो । यसको लगत्तै सोही दिन बेलुकी मिस वल्र्ड प्रतियोगिताको सबैभन्दा महत्वपूर्ण मानिएको ‘ब्युटी विथ अ पपर्स’ नामक अर्को फास्ट ट्रयाक अवार्डको पनि विजेता बन्न सफल भइन् । एकातिर पपुलारिटीबाट मल्टिमिडिया र अर्कातिर हार्ट, ब्रेन र बिहेभियर ब्युटीको कोणबाट ‘ब्युटी विथ अ पर्पस अवार्ड’ जितेकी श्रृङ्खला समग्रमा विश्व सुन्दरी विजेताका लागि प्याकेजका रुपमा प्रबल देखिएकी छिन् । ब्युटी विथ अ पपर्स अवार्ड सन् २००५ देखि मिस वल्र्ड प्रतियोगितामा फास्ट ट्रयाक अवार्डका रुपमा महत्वपूर्ण विधा अन्तर्गत हेरिएको पाइन्छ ।

श्रृङ्खलाको ‘ब्युटी विथ अ पपर्स’ विधाको डकुमेन्ट्री उनकै गृहजिल्ला मकवानपुरको कैलाश गाउँपालिका ७, भार्तामा रहेको चेपाङ बस्तीमा केन्द्रित रहेको छ । सो भिडियोमा विकट ठाउँमा रहेको कुपोषग्रस्त उक्त चेपाङ बस्तीमा श्रृङ्खलाकै पहलमा स्वास्थ्य चौकी स्थापना भएको र स्थानीय बालबालिकाको उपचारमा उनले पुर्‍याएको सहयोगलाई समेटिएको छ ।

उपलब्धिमुलक यात्राको अन्य पाटो मिस वल्र्ड २०१८ को उत्कृष्ट तीस सम्मको यात्रामा आफूलाई उभ्याउन सफल श्रृङ्खलाको गत अप्रिल ११, २०१८ मा राजधानी होटल डिला अन्नपूर्णमा संचालन भएको २३ औँ संस्करणको मिस नेपाल प्रतियोगिताको विजेताका रुपमा मिस नेपाल वल्र्ड २०१८ को ताज पहिरिन सफल श्रृङ्खला खतिवडा गत कार्तिक २३ गते शुक्रबार मिस वल्र्ड २०१८ मा सहभागि हुन चीन प्रस्थान गरेकी उनको प्रतियोगिताको क्रममा चीनको बसाईं झन्डै एक महिनाको हुँदैछ । ‘मिस वल्र्ड मल्टिमिडिया र ब्युटी विथ अ पर्पस’ उपाधि श्रृङ्खलाको अहिलेसम्मकै सबैभन्दा महत्वपूर्ण उपलब्धी हो । यस अगाडि उनी मिस वल्र्ड टप मोडल कम्पिटिसनमा उत्कृष्ट ३२ भित्र पर्न सफल भएकी थिइन् । फास्ट ट्रयाक अवार्ड बाहेक मिस वल्र्ड प्रतियोगिताको अर्को महत्वपूर्ण पाटो मानिएको हेड टू हेड च्यालेन्जमा पनि श्रृङ्खलाको उपस्थिति दरिलो रह्यो ।

यो च्यालेन्जका लागि उनी लक्जेमवर्ग, बोस्निया एण्ड हर्जगोभिना, ग्वाम र माल्डोभासँगै ग्रुप १३ मा थिइन् । उनी च्यालेन्जमा पहिलो राउन्डबाट समूह विजेता बन्दै उत्कृष्ट दश भित्र परेकी थिइन् । दोस्रो चरणमा भने उनी सिंगापुरसित पराजित भएकी थिइन् । यसैगरी सान्या टुरिजम प्रोमोशन भिडियो अवार्डमा उनी सेकेन्ड रनर अप स्थान प्राप्त गर्न सफल भएकी छिन् । मिस वल्र्ड २०१८ का लागि तयार पारिएको श्रृङ्खलाको इन्ट्रोडक्सन भिडियोलाई यो आलेख तयार पार्दा सम्म १९ लाख साठी हजार ५ सय ८५ पटक हेरिएको पाइएको छ । यो भिडियो चार मिनेट ४१ सेकेन्ड लामो छ । यसैगरी ‘ब्युटी विथ अ पर्पस’ लागि बनाइएको चेपाङ बस्तीमा श्रृङ्खलाको स्वास्थ्य चौकी बनाउने अभियानमा केन्द्रित भिडियोलाई ८ लाख ४७ हजार नौ सय ५८ पटक हेरिएको पाइएको छ ।

मिस वल्र्ड २०१८ मा अब मिस वल्र्ड प्रतियोगिता अन्तर्गत यस पटकको संस्करणको फम्र्याट अनुरुप यस पटक सहभागिता जनाएका नेपाल आदि विश्वका ११८ मुलुकका सुन्दरीहरु मध्येबाट फास्ट ट्रयाक तथा ‘हेड टू हेड च्यालेन्ज’बाट उत्कृष्ट ३० मा पर्न सफल सुन्दरीहरुको नाम घोषणा भइसकेका छन् । जस अन्तर्गत हेड टू हेड च्यालेन्जको समग्र विजेताका रुपमा मरिसस, भेनेजुएला, बंगलादेश, चीली, मलेशिया, भारत, सिंगापुर, थाइल्याण्ड, मेक्सिको र युगाण्डाका गरी दश जना सुन्दरीहरु रहेका छन् ।

यसैगरी फास्ट ट्रयाक अवार्ड अन्तर्गत टप मोडल अवार्ड विजेता फ्रान्स, ट्यालेन्ट अवार्ड विजेता जापान, स्पोर्टस् च्यालेन्ज अवार्ड विजेता अमेरिका तथा मल्टिमिडिया र ब्युटी विथ अ पर्पस अवार्ड विजेता नेपालकी श्रृङ्खला खतिवडा गरी १४ जना सुन्दरीहरु टप थर्टीका लागि सुरक्षित भइसकेका छन् भने टप थर्टीका अन्यहरुको नाम निर्णायकहरुको निर्णयमा अधिन रहेको छ । डिसेम्बर ८ मा संचालन हुने ६८ औँ संस्करणको मिस वल्र्ड २०१८ चीनको सान्या शहर स्थित सान्या सिटी एरिनामा भव्य रुपमा सम्पन्न हुँदैछ । रोजिन शाक्य

न्य समाचार, भाउजुलाई नन्दले लेखेको चिठ्ठी, जस्ले भाउजुलार्इ यसरी रूवायो ! प्यारी भाउजु ! मेरो सभ्यताले तपाईं सम्बोधन गर्नु पर्छ मैले तर आत्मियताले मैले तिमी सम्बोधन गर्दैछु तिमी यसलाई अनादर नसम्झिनु है !!! भोलिबाट तिमी हाम्रो घरकी स्थाई सदस्यको रुपमा प्रबेश गर्दैछौ । म जहाँ जन्मेर हुर्के आज सम्म मेरो हो भनेर दाबी गरिरहेकी छु त्यो घर मेरो हैन तिम्रो हुनेछ । मैले हिलो खेलेर हुर्केको माटो तिम्रो हुनेछ । मैले गट्टी खेलेको प्रत्येक ढुङगाहरु अब तिम्रो हुनेछ । आज सम्म मैले मेरो भनेर जे जे सजाए, आफ्नो भागमा राखे त्यो सबै सबै तिम्रो हुनेछ र म यो सबै सबै तिमिलाई सुम्पिन चाहन्छु । छोरी भएर मैले जे जे पाए, पाईरहेकि छु र छोरी हुनुको हक त्यो पनि सबै दिन चाहन्छु तर तिमिले पनि आफूले एउटा छोरी हुनुको कर्तब्य निभाउनु पर्छ । हामीमा केहि फरक छैन आज तिमी मेरो घरमा जसरी आइरहेकी छौ । आफ्नो बाकी जिन्दगीको हिस्सा यहि बिताउछु भनेर भोलि म पनि त्येसरी नै जानेछु अर्काको घरमा आफ्नो बाकी जिन्दगिका सारा हिस्सा बिताउन ।

अब तिमिले सारा जिन्दगी यहि बिताउछु भनेर प्रण गरेर आए पछि सबै तिमिले आफ्नो ठान्नु पर्छ । बुवा आफ्नो ठान्नु पर्छ । आमा आफ्नो ठान्नु पर्छ । दाइ त तिम्रो जिन्दगिको आधा हिस्सा नै भैइहाल्नु भयो । तिमी आफ्नो घरमा आएको बुहारीले आफ्नो बुवा आमालाई कस्तो ब्याभार गरून् भन्ने चाहन्छौ तेहि गर्नु पर्छ तिमिले । म मेरो सम्पुर्ण छोरी हुनुको हक अधिकार दिन चाहन्छु पापाले दिने माया, आमाले दिने माया, स्नेह त्यो पनि सबै सबै । बरु आमा पापाले मलाई बिर्सिउन, मेरो याद नगरुन ।

हो, पापा आमाको लागि पनि तिमी अर्काकी छोरी हौ आफ्नो छोरीले गरेको काम त कहिले काँही चित्त बुझ्दैन, अर्काको छोरीले गरेको त्यो भन्दा नबुझ्न सक्छ, यति बेला तिमिले बुझ्नु पर्दछ किनभने तिमी एक शिक्षित, शभ्य आधुनिक नारी हौ । म चाहन्छु तिमी एउटा बुहारी हैन छोरीको कर्तब्य निभाउ अनि छोरीकै हक लेउ । जसलाइ माया गर्छन उनैलाई गाली गर्ने गर्छन, सम्झाउछन र उनिहरुले गरेको सानो सानो कुरामा चित्त दुखाउछन यदि परिवारका मान्छेले यस्तो गर्नुभयो भने सम्झिनु तिमिलाई धेरै माया गर्नुहुन्छ ।

मलाई एउटा नन्द सम्झेर टाढा नबनाउ । सधै एउटै घरको बहिनी सम्झनु । चित्त नबुझेको, दुख सुखका कुराहरु जसरी घरको बहिनी सँग बाँड्ने गर्थ्यौ त्यसरी नै गर्नु । दाइ त तिम्रै हो र दाईले माया गर्ने हरेक चिजहरु पनि तिम्रै हुन यदि तिमी दाइ लाई माया गर्छौ भने पक्कै दाईले माया गर्ने ख्याल राख्ने चिजहरुलाई तिम्ले पनि माया गर्छौ ,ख्याल राख्नेछेउ । आज दाइलाई पाउनुमा तिमी आफ्नो भाग्य सम्झिन्छौ भने त्येस्को श्रेय पापा आमालाई देउ किनभने उहाहरुकै माया,आशीर्वाद,दुख र मेहनतले आज दाइलाई तिम्रो लायक बनाउनुभयो । पापा आमाको गोडामा तेल हाल्नु पर्दैन, उहाहरुलाई सम्झिदिए पुग्छ । नसकेको खण्डमा सहारा दिए पुग्छ । माया स्नेह आत्मियता र मीठो मुस्कान दिए पुग्छ र सबै भन्दा ठूलो कुरा तिमी आएर छोराले गर्ने माया र ख्यालमा कमि आएको महसुस गर्न नदिए पुग्छ ।

आफ्नो घरको कुरा पधेरामा लगेर आफुलाई सस्तो नबनाउनु बरु घरको मुल सिपाही बनेर रक्षा गर्नु । पापा आमाको एक्लो छोरा अनि तिमी एक्लि बुहारी पापा आमाले बुहारिको धेरै सपना हरु देख्नु भएको छ सजाउनु भएको छ यसलाई कहिलयै पनि टुक्रन नदिनु है !!! तिम्रो उपस्थितिले मलाई आमाले भुलुन,पापाले भुलुन, दाईले भुलुन, घरले भुलुन, छिमेकिले भुलुन, आफन्त नातेदारले भुलुन, गाउले भुलुन अनि सप्पै सप्पै त्यहाको ढुङ्गा, माटो, पानी, रुखबिरुवा अनि हावाले भुलुन । तिमी एउटा यस्तो उदाहरणिय बुहारी बन जहाँ प्रत्येक छोरा हरुका बुवा आमाले तिमी जस्तै बुहारिको सपना देखुन तिमी जस्तै बुहारी पाउन भगवान सङ्ग प्राथना गरून् अनि प्रत्येक बुवा आमाहरुले बुहारी आए पछि पराई घर गएका आफ्ना छोरिहरुलाई याद गरेर नरोउ!

कमेन्ट गर्नुहोस्
You might also like