जहाँ कण्डन धोएर पुन: प्रयोग गरिन्छ, पैसा अथाह छ तर कण्डम किन्न पाइदैन

55

केन्या । अफ्रिकी मुलुक केन्यामा एचआईभी र एड्सको संक्रमण बढ्न थालेपछि यसलाई रोकथाम गर्ने अनेक उपायमाथि लगानी भइरहेको
छ । त्यसो त, केन्यामा यस्तो संक्रमण बढ्नुलाई यस क्षेत्रको ठूलो चुनौतीको रुपमा हेरिएको छ ।

सन् २०२२ सम्म केन्याले विश्वब्यापी स्वास्थ्य सूचकांक कसरी हासिल गर्नसक्ला भन्दै यहाँका मूलधारका मिडियामा जति प्रचार भए पनि यहाँका युवाहरु कन्डम समेत धोएर प्रयोग गर्न बाध्य भएको कुरा एक अनलाईन समाचारमा उल्लेख छ । यसबाहेक उनीहरु कन्डमको सट्टामा प्लास्टिक समेत प्रयोग गर्न बाध्य छन् ।

सोको डाइरेक्टरी नामको केन्याकै एक अनलाईनले लेखे अनुसार यहाँका युवाहरुलाई नियमित रुपमा नयाँ कन्डम नै उपलब्ध छैन । खासगरी सामबुरु क्षेत्रमा यस्तो समस्या देखिएको बताइएको छ ।

सामबुरु क्षेत्र एउटा सानो पर्यटकीय क्षेत्र हो । जहाँ युवाहरु पैशा भए पनि कन्डम किन्न पाउँदैनन् । स्थानीयका अनुसार बजारमा कन्डम सितिमिती पाइँदैन । पाइहाले पनि असाध्यै महंगो पर्छ ।

जसले कन्डम किन्न सक्छ उसले पनि त्यसलाई धोएर फेरि प्रयोग गर्नुपर्छ । यसरी एउटै कन्डम पनि धेरैपटक प्रयोग गर्न बाध्य छन् यहाँका युवाहरु । सैन्य प्रभावित यो सहर मर्साबिट क्षेत्रको लागि सीमा पनि मानिन्छ ।

जहाँ बेलायती सैनिकबाट सैन्य तालिम संचालन भइहन्छ । साथै यो पर्यटकीय सहर पनि हो । जहाँ हजारौं युवाहरु पैशाका लागि यौन व्यवसायमा संलग्न भएको बताइन्छ । अनौठो त के भने ‘यौन अड्डा’मा समेत धोएर पखालिएका कन्डम वा प्लास्टिक नै प्रयोग गरिन्छ । किन कि, पैशा भन्दा पनि कन्डम दुर्लभ हुन्छ यहाँ ।

कमेन्ट गर्नुहोस्
You might also like