निर्मलामाथि सामूहिक बलात्कार भएको आशंका,अनुसन्धानका लागि कन्चनपुरबाट दुई जनालाई काठमाडौं झिकायो {भिडियो सहित}

94

विगत लामो समयदेखि कन्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको घटनाले नेपाली राजनितिक वृत्त, अनि सडक देखि सदन सम्म तातिरहेको छ । त्यत्ति मात्रै होइन देशका विभिन्न छापा मिडियाहरुमा पनि यो सँग सम्बिन्धित विभिन्न बहस तथा समाचारहरुले निकै ठूलो ठाँऊ लिइरहेका छनु । त्यसो पछिल्लो केही समय यता यो काण्डले अनेकौं रुप लिए तर वास्तविक दोषी पत्ता लगाउन नसक्दा वर्तमान ओली सरकारको तीव्र आलोचना पनि भइरहेको छ ।

त्यसै क्रममा विभिन्न व्यक्तिहरुको अनुसन्धानको दायरामा आए त पनि ठोस प्रमाण नभेट्दा उनीहरुलाई रिहा पनि गरियो । त्यही कारण यो काण्डमा प्रहरी प्रशासनको समेत टाउको दुखाईको विषय बन्न पुग्यो । पछिल्लो केही समय यता यो विषय फेरी चर्किरहँदा केही शंकास्पद व्यक्तिहरु पक्राऊ परेको खबर आएको छ ।

यो पक्राऊसँगै निर्मला हत्याकाण्ड यही टुग्याउला या फेरी उस्तै रहला त्यो त भविष्यले नै बताउनेछ तर यत्तिखेर घटनाले नयाँ रुप लिइरहेको बताइएको छ । हेर्नुहोस् यो सनसनपूर्ण भिडियो रिपोर्ट….

कमेन्ट गर्नुहोस्
You might also like