मानव तस्करीको आरोप लागेकी राजदूत लक्की शेर्पामाथि सरकारले छानविन सुरु गर्ने

14

काठमाडौं, २० मंसिर । सरकारले अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पामाथि छानबिन सुरु गर्ने भएको छ । न्यूज ट्वान्टी फोरको कार्यक्रम सिधाकुरा जनतासँगमा राजदूत शेर्पा मानव तस्करीमा संलग्न भएको रिपोर्ट सप्रमाण प्रसारण भएपछि सरकारले तदारुकता देखाएको हो ।

परराष्ट्र मन्त्रालयको कन्सुलर विभागले राजदूत शेर्पाबारे यर्थाथ जानकारी गराउन मातहतको निकायलाई निर्देशन दिएको हो । राजदूत शेर्पालाई ‘मानव तस्करी’ गरेको आरोप छ । राजदूत शेर्पामाथि आफ्नो चालक बनाई वाङ्छु शेर्पालाई रकम लिएर अष्ट्रेलिया पु¥याएको आरोप छ ।

आरोप सार्वजनिक भएपछि अष्ट्रेलियास्थित नेपाली दूतावासले विज्ञप्ती जारी गर्दै वाङ्छुले बहुमूल्य सामान चोरेर भागेको त्यसबारे परराष्ट्रमन्त्रालय तथा सरोकारवाला निकायलाई जानकारी गराइएको उल्लेख गरेको छ । तर, वाङछु शेर्पालाई अष्ट्रेलियाको प्रहरीले दूतावासबाट उद्धार गरेको पाइएको छ । यसको विस्तृत विवरण न्यूज २४ को कार्यक्रम सिधा कुरा जनतासँगमा आज राति हेर्न सक्नुहुने छ ।

कमेन्ट गर्नुहोस्
You might also like