‘छोरा म निको भएर फर्किन्छु’ भनेकी सुमितकी आमा कहिल्यै फर्किनन, रोयो नेपाल आइडल !

54

काठमाडौं। अहिले नेपाल आइडलमा टप ५ प्रतिस्पर्धी मात्रै बाकी छन्। ती हुन् सुमित पाठक, विक्रम बराल, रवी ओड, अस्मिता अधिकारी, अमित बराल । अबको केही महिनाभित्र देशले दोस्रो नेपाल आइडल पाउनेछ।आज प्रसारित एपिसोडमा टप ५ प्रतिस्पर्धीले आफ्नो प्रस्तुति दिए । त्यही प्रस्तुतिको आधारमा नेपाल आइडलको भोलि अर्थात शुक्रबार प्रसारित हुने एपिसोडबाट एक जना प्रतिस्पर्धी बाहिरिने छन्।

कुरा गरौँ सुमित पाठकको नेपाल आइडलको अडिसनबाट गोल्डेन माइक जितेर सिधै गाला राउन्डमा आइपुगेका हुन्। उनले हरेक एपिसोडमा आफ्नो उत्कृष्ट प्रस्तुति दिएका छन् र लाखौ फ्यान कमाइसकेका छन्। सुमितले आज नेपाल आइडल नै रुवाए । आफ्नै आमा प्रति समर्पित गित गाउँदै भावुक बनाए ।त्यति मात्र होईन उनले मेरो सानो कुरा भन्छु भन्दै आमाले अप्रेशन थिएटर छिर्नु अघि भनेको कुरा सुनाए ‘छोरा म निको भएर फर्किन्छु भनेकी आमा कहिल्यै निको भईनन, चाहें तपाई ठुलो हुनुहोस वा सानो तर आमालाई माया गर्नुहोस आमा नहुँदा थाहा हुन्छ आमाको महत्व’ भन्दा प्राय सबैका आँखा भिजे ।

भिडियो यहाँ हेर्नुहोस:

कमेन्ट गर्नुहोस्
You might also like