शृङ्खलालाई जिताउन अन्तिम पटक भोट अपिल, यसरी गर्नुस् भोट, नसके शेयर गर्नु होस ताकी सक्निले भोट हाल्नु चान्स पाउनु हुने छ ।

69

चीनको सान्या शहरमा डिसेम्बर ८ अर्थात् मंसीर २२ गते सम्पन्न हुने ६८ औँ संस्करणको मिस वर्ल्ड प्रतियोगिताको फाईनल भोटिङ हिजो बाट खुल्ला भएको छ । अब मात्र एक दिनको अवधि छ, त्यसैले मिस वर्ल्डको ताज कुन देशको सुन्दरी सिरमा हुने हो भनेर सबैको चासोको बिषय बनेको छ । भोलि मिस वर्ल्डको फाईनल हुदैछ ।

मिस वर्ल्डको अन्तिम चरणको फाइनल भोट खुलेको जानकारी मिस वर्ल्डको आधिकारिक फेसबुक पेज संगै शृङ्खलालले पनि सामाजिक संजालमा जानकारी गराएकी हुन् । यस्तै माल्भिका सुब्बाले पनि भोट अपिल गरेकी छिन् । उनले ‘यसपाली नया फर्माट रहेकोले भोट कम आउने छ’ भन्दै धेरै भन्दा धेरै भोट गर्न आग्रह गरेकी छिन् ।

मिस वर्ल्डको बिजेताको लागि प्रमुख दाबेदारी मानिएकी श्रृङखलालाई जिताउन यो छोटो अबधिमा नेपालि हरुले धेरै भन्दा धेरै भोट गर्नुपर्ने हुन्छ । यद्यपि उनले अब भोटको भरमा मात्र मिस वर्ल्डको ताज पहिरिने भने पक्कै हैन । तर भोटको पनि विशेष महत्त्व हुन्छ । विश्वभरका नेपाली हरु तथा श्रृङखलालाई सपोर्ट गर्ने ब्यक्तिहरुले ३ माध्यमबाट भोट गर्न सक्नेछन् ।

मिस वर्ल्डको आधिकारिक वेबसाईटमा गएर शृङ्खलालाई भोट गर्न सकिनेछ भने मोबस्टार डाउनलोड गरेर पुरानै तरिकाले उनलाई भोट गर्न सकिन्छ । र उनलाई भोट गर्न मोडल पावर लाईभ मार्फत पनि भोट गर्न सकिने कुरा मिस वर्ल्डको पेजमा उल्लेख छ । भोटिङ लाईन मिस वर्ल्ड फाईनलको लाईभ टेलिकास्टको बेला सम्म खुल्ला हुने छ । यता श्रृङखलाको हौसलालाई अझै बढाउनको लागि उनको आमाबुबा सहित एक टोलि चीन प्रस्थान गरेको छ । सम्पुर्ण नेपालिको आशलाई शृङ्खलाले निरासामा परिणत गर्ने छैनन् भन्ने कामना गर्दछौ । भोट कसरी गर्ने त ? अझै बिस्तृतमा हेर्नुस् ।

१) तपाईको मोवाईलमा Mobstar भन्ने App डाउनलोड गर्नुहोस अनि शृंखला खतिवडाको फोटो, पोस्टहरु लाइक सेयर र कमेन्ट गर्नुहोस ।पहिले यो एप्स डाउनलोड गर्नुहोस अनि तपाइको फेसबुक एकाउन्ट वा कुनैपनि ईमेल एकाउन्टबाट लगइन गरेर शृंखलाको भेरीफाईड (निलो टिक लगाएको) प्रोफाइलमा गएर भोटिंग गर्नुहोस।

२) मिस वल्र्डको आधिकारिक वेबसाइट https://missworld.com/#/contestants मा गएर श्रृंखलालाई भोट गर्ने

४. https://missvo.modelpowergd.com/en/?id=1&fbclid=IwAR3z-mn7RVzqKiZBU3BDZFTIhiUahi4tbSm5pQsN1HdFvbWV_mUYtD4CC6U#/detail?id=90 मा गएर उनको फोटो लाइक गर्ने ।

नेपाली समय अनुसार साझ ४:४५ देखि ७:४५ बजे सम्म मिस वर्ल्डको फाईनल कार्यक्रम संचालन हुनेछ । सो समय सम्म भोटिङ लाईन खुल्ला रहने छ । यसैले पनि भोट गर्नको लागि समय आज दिनभर र भोलि पनि दिनभर रहेको छ । देश विदेशमा छरिएर रहेका नेपाली तथा शृङ्खलाको सुभचिन्तकहरुले चाडो भोट गर्न आग्रह गर्दछौ । श्रृङखलालाई सुभकामना ।

कमेन्ट गर्नुहोस्
You might also like