काठमाडौैंको कालोपुलमा गोली चल्यो, गुन्डा नाइके राजन लिम्बु घाइते

46

काठमाडौं– लामो समयदेखि लुटपाट र गुन्डागर्दीमा संलग्न गुन्डा नाइके राजन लिम्बुलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको टोलीले काठमाडौंको कालोपुलमा लिम्बुमाथि गोली प्रहार गरेको छ ।

लिम्बुलाई पक्राउ गर्न गएको प्रहरीले उनी भाग्न लागेपछि गोली चलाएको हो । लिम्बुको खुट्टामा गोली लागेको जनाइएको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार गोली लागेर घाइते भएका लिम्बुलाई उपचारका लागि वीर अस्पतालस्थित ट्रमा सेन्टरमा भर्ना गरिएको छ ।

काठमाडौं उपत्यकामा हुने लुटपाट र गुन्डागर्दीका दर्जन बढी घटनामा संलग्न लिम्बु लामो समयदेखि प्रहरीको खोजी सूचीमा थिए ।

कमेन्ट गर्नुहोस्
You might also like