चर्चित भारतीय गायक दुबईबाट पक्राउ, मोडलमाथि अश्लील हर्कत गरेको आरोप !

22

दुबई । भारतीय चर्चित गायक मिका सिंह यौन शोषणको आरोपमा दुबईमा पक्राउ परेका छन् । उनीमाथि १७ वर्षे ब्राजिलियन मोडलमाथि यौन शोषणको आरोप लागेको हो । अन्तराष्ट्रिय सञ्चारमाध्यमनुसार गायक मिकाले ब्राजिलियन किशोरीलाई ह्वाट्सएपमार्फत एक अश्लील तस्बिर पठाएका थिए त्यसपछि उनले दुबई पुलिसलाई यसबारे जानकारी दिएकी थिइन् ।

मिकालाई बिहिबार दिउँसो तीन बजे दुबईको एक होटलबाट पक्राउ गरिएको हो । उनी मसाला अवार्डस् फङ्शन २०१८ मा समावेश हुनका लागि दुबई गएका थिए । बिहिबार राती उनको दुबईको एक होटलमा कार्यक्रम थियो जसपश्चात् उनी भारत फर्किने तयारीमा थिए तर अब उनको भारत फिर्तीमा केही समय लाग्ने बताइएको छ ।

रिपोर्टका अनुसार मिकाले ब्राजिलियन मोडललाई बलिउडमा काम दिलाउने बाचा पनि गरेका थिए । मिकाले काउन्सलर एक्सेसको माग गरेका छन् । यूएई अर्थात् संयुक्त अरब इमिरेट्सस्थित भारतीय दूतावास मिकालाई काउन्सलर उपलब्ध गराउने कोसिस गरिरहेको छ । जब घटना दुई देशबीचको हुन्छ तब आरोपीलाई काउन्सलर उपलब्ध गराइने प्रावधान छ । यूएईमा भारतीय राजदूत नवदीप सिंह सुरीले यसबारे जानकारी दिएका हुन् । एजेन्सी

कमेन्ट गर्नुहोस्
You might also like