राजेश हमालको जीवनसँग जोडिएका अहिलेसम्म लुकाएर राखिएका अति दुर्लभ १५ तस्विर

98

काठमाडौ । राजेश हमाल नेपालका एक चर्चित अभिनेता हुन् । उनलाई महानायक शब्दले सम्मान गरिन्छ । उनको पहिलो र सफल चलचित्र युगदेखि युगसम्म हो । उनलाई नेपाली चलचित्र उद्योगलाई व्यवसायिकतामा ल्याउन प्रमुख भूमिका रहेको व्यक्तिका रूपमा पनि लिइन्छ । राजेश हमालले नेपाली चलचित्रमा २ दशक भन्दा बढी अभिनय गरिसकेका छन् । उनले नेपाली चलचित्र क्षेत्रमा गरेको योगदानको लागि धेरै पुरस्कारहरूले सम्मानित भइसकेका छन् जसमा राष्ट्रिय चलचित्र पुरस्कार (१९८८–२०१४) रहेको छ ।

उनलाई यसै कारण महानायक भन्ने गरिएको छ । अभिनय क्षेत्र वाहेक समाज सेवामा पनि उनको सहभागिता रहेको छ । उनले अहिलेसम्मकै रोमान्चक भुमिकामा चलचित्र सकुन्तलामा एउटी सशक्त महिलाको भुमिका निभाएका छन्। सन् १९६४, ९, जुनमा पाल्पा, तानसेन, नेपालमा जन्मिएका हमाल एक सम्पन्न नेपाली परिवारमा जन्मिएका हुन् । उनका पिता केही समयसम्म नेपालका राजदूत थिए । राजेश हमालले आफ्नो विद्यालय स्तरिय शिक्षा मस्कोबाट र उच्च शिक्षा (एम ए अङ्ग्रेजी) भारतको पञ्जाब विश्वविद्यालयबाट पुरा गरेका हुन् । नेपालमा कक्षा ८ सम्म सेन्ट जेभियर स्कूलमा उनले अध्ययन गरेका थिए ।

सर्वप्रथम सन् १९८५मा भारतको फेसन नेट म्यागजिनमा र सन् १९८६ मा नेपालको काठमाडौंमा र्‍यापमा हिँडेर ग्ल्यामरमा प्रवेश शुरू गरेका थिए । एक वर्षमा उनले औषत १०–१२ वटा सम्म चलचित्रहरूमा उनले अभिनय गर्ने गरेका छन् भने सन् १९९४ मा उनले १६ वटा चलचित्र सम्ममा अभिनय गरेका थिए । १७० भन्दा बढी नेपाली र १ पाकिस्तानी चलचित्रमा उनले अभिनय गरेका छन् । आफूले गरेका चलचित्र मध्ये देवता र वसन्ती उनलाई सबैभन्दा मनपर्ने चलचित्रहरू हुन् । उनी नेपाली चलचित्रका महानायक मानिन्छन् ।

राजेशको प्रेम जीवन पनि रोमान्चित खालको रहेको छ । धेरै जनासँग उनको नाम जोडिए पनि उनले सन् २०१४ मा मात्र उनी विवाह बन्धनमा बाँधिएका छन् । उनको जीवनमा जोडिएका पिता डा. चुडा बहादुर हमाल, आमा डा. रेनु केसी हमाल, दिदिहरु डा. रिता हमाल, डा. रेखा हमाल, डा. रुपा हमाल, दाजु राकेश हमाल लगायतका परिवारसँगका यी पारिवारीक तस्विरहरु हेर्नुहोस् । स्मरण होस् उनका पिता डा. चुडा बहाद्र हमाल नेपालका राजदुत पदसम्म पुगेर राष्ट्र सेवा गरेका व्यक्तित्व हुन् । उनका ३ जना नै दिदिहरु चिकित्सक डाक्टर छन् । दाजुपनि प्रतिष्ठित व्यक्तित्वका रुपमा छन् ।

कमेन्ट गर्नुहोस्
You might also like