अन्जु पन्त भन्दा बोल्ड छिन् छोरी, भन्छिन् सक्ने भए डिभोर्सी आमाका लागि श्रीमान आफै खोजिदिन्थे !

33

काठमाडौ । अञ्जु पन्त नेपालका एक चर्चित गायिका हुन् । उनको आवाज मन नपाराउँने सायद कमै छन् । नेपाली गायन क्षेत्रमा उनले विभिन्न चर्चित गीतहरू गाएकी छिन् जसमध्ये न बिर्सें तिमीलाई‘, म तिमी बिना मरीहाल्छु, भुन भुन बोल्यो भमरा आदि चर्चाको शिखरमा पुगेका गीत हुन् । उनले हालसम्म ३ दर्जनभन्दा बढी नेपाली चलचित्रका लागि गीत गाईसकेकी छिन् भने सयौं सांगीतिक एल्बममा आफ्नो आवाजको जादु छरिसकेकी छिन् । पाँचथरको आठराईकी आमा मनु योञ्जन र काठमाडौंँ नजिक फफिर्ङका विष्णु पन्तकी छोरी अञ्जु पन्त सबैभन्दा बढी गीत गाउने, सबैभन्दा बढी पुरस्कार पाउने र गीतबाट सबैभन्दा बढी आम्दानी गर्ने गायिकामा दरिएकी छिन् ।

उनको सर्वप्रिय गीत ‘न बिर्से तिमीलाई’ मोबाइलमा २८ हजार पटक डाउनलोड भएको छ जुन मोबाइलबाट डाउनलोड गरिएको सर्वाधिक गीत हो । ०५२–०५३ सालतिर कृष्णमान डङ्गोलसँग औपचारिक सङ्गीत सिक्न थालेको बताउने पन्तले त्यसै अवधितिर गुरूकै सङ्गीतमा रेडियो नेपालमा ‘मनवा मन नै योगी बनाऊ’ बोलको भजन रेकर्ड गराएकी थिइन् । आफ्नो भाग्यको कारण डङ्गोल जस्ता गुरु पाएको बताउँदै पन्त त्यसपछि सुरु भएको गायन यात्रा अहिले सार्थक भए जस्तो महसुस गर्छिन् । मनोज शिवाकोटिसँग विवाहित उहाँको एक छोरी (परिशोतिका) छिन्र ।

छोरी अञ्जुसँगै बस्छिन् । आमा छोरीबीच अति मिठो प्रेम रहेको अञ्जु बताउँछिन् । उनीहरु अब शारिरीक बनावटमा बराबर भएका छन् । एक अर्का कपडा समेत साटेर लगाउन थालेका छन् । उमेर सानै भएपनि छोरी परिशोतिका निक्कै खाईलाग्दी छिन् । अञ्जुभन्दापनि बोल्ड लुक्स आइसकेको छ । अञ्जुको छोरीलाई नायिका बनाउने योजना छ । यसैले अहिले देखि नै अभिनय, नृत्य सिकाईरहेकी छिन् । उनीहरु साथी जस्तै छ । छोरी परिशोतिकालाईपनि मामुका लागि श्रीमान् भइदिए हुन्थ्यो भन्ने छ । त्यसैले उनी सहजै भन्छिन् । मामुले बिबाह गरे कुनै फरक पर्दैन । सक्ने भए त मामुको लागि श्रीमान् मै खोजीदिन्थे । उनीहरु मज्जाले खुल्छन् । मनोज शिवाकोटिसँग सम्बन्ध बिच्छेद भएपछि अञ्जुको बिबाह गर्ने योजना भने खासै सुनिएको छैन । उनीपनि अहिले नै अर्को बिबाह गर्ने कुरा इन्कार गर्छिन । तस्विर अञ्जु पन्तको फेसबुकबाट

कमेन्ट गर्नुहोस्
You might also like