यी हुन् धर्म परिवर्तन र चर्चको नुन खाने नेताहरुको भण्डाफोर (भिडियो)सहित

44

काठमाडौं गरिब देशमा तीव्र गतिमा धर्म परिवर्तन – सेन्टर फर द स्टडी अफ ग्लोबल क्रिस्चियानिटीका अनुसार सन् १९७० मा विश्वभर २ लाख ४० हजार क्रिस्चियन धर्म प्रचारक थिए । सन् २००० मा यो संख्या ४ लाख ४० हजार पुग्यो । अहिले उनीहरूको संख्या दशौँ लाख छ ।

तेस्रो विश्वका मुलुकहरू खासगरी इथियोपिया, सुडान, केन्या, ब्राजिल, भारत, फिलिपिन्स, मेक्सिको र नेपालमा धर्म प्रचार अभियानकै रूपमा सञ्चालित छ । धर्म प्रचारका लागि मात्रै वार्षिक एक खर्ब ४५ अर्ब अमेरिकी डलर अर्थात् १६६ खर्ब रुपैयाँ अर्थात् नेपालको बजेटको ११ गुणा खर्च हुँदै आएको छ ।

मलेसियाको सबैभन्दा पुरानो पत्रिका न्यु स्ट्रेइट्स टाइम्सले डिसेम्बर २३, २०१७ मा प्रकाशित गरेको एक रिपोर्टले सो समय नेपालमा क्रिस्चियनको संख्या ३० लाख पुगेको दाबी गरेको थियो । त्यस्तै, बेलायतको पत्रिका द गार्जियन लेख्छ, ‘नेपालका विपन्न जनतालाई आर्थिक राहतसँगै बाइबल पनि वितरण गरिएको गुनासो छ ।’

देशभर करिब १२ हजार चर्च, ३० लाख क्रिस्चियन धर्मावलम्बी -गृह मन्त्रालय स्रोतका अनुसार काठमाडौं उपत्यकामा मात्रै करिब साढे ४ हजार चर्च छन् । यो संख्या २०७० सालमा गृहले अनौपचारिक रूपमा लिएको हो । देशैभरि करिब १२ हजार चर्च भएको अनुमान छ ।

-नेपाल राष्ट्रिय क्रिस्चियन महासंघका अध्यक्ष सिबी गहतराजले नेपालमा करिब १२ हजार ५ सय चर्च रहेको बताए । तर, त्यसको आधिकारिक तथ्यांक भने छैन । नेपालको जनगणना ०६८ अनुसार १.४ प्रतिशत अर्थात् करिब ३ लाख ७५ हजार क्रिस्चियन धर्मावलम्बी छन् । सन् २०२० मा ३.८ प्रतिशत नेपालीलाई क्रिस्चियन बनाउने लक्ष्यका साथ प्रचार–प्रसार भइरहेको छ ।

-आधिकारिक तथ्यांक थोरै भए पनि करिब ३० लाख नेपाली क्रिस्चियन भइसकेको दाबी सो धर्मआबद्ध संस्थाहरूको छ । विश्वमा तीव्र गतिमा क्रिस्चियन धर्मावलम्बीको वृद्धि हुने देशको सूचीमा नेपाल अग्रपंक्तिमा छ । अध्ययनअनुसार नेपालमा वार्षिक औसत वृद्धिदर १०.२२ प्रतिशत छ । अफ्रिकन देशहरूमा अझ तीव्र प्रचार भइरहेको छ ।

नेपालमा आठ सम्प्रदायका क्रिस्चियन – नेपालमा सबैभन्दा बढी प्रोटेस्टेन्ट समुदायका क्रिस्चियन छन् । क्रिस्चियन धर्मका पास्टर अधिवक्ता बुद्ध घिसिङका अनुसार मूलधारका क्रिस्चियनमा क्याथोलिक र प्रोटेस्टेन्ट हुन् । सियोन, याहोवा साक्षी, ओन्ली जिजस, चर्च अफ क्राइस्ट, सेभेन्थ डे र मुन सम्प्रदायका क्रिस्चियन छन् । तर, क्याथोलिक र प्रोटेस्टेन्टले अन्य ६ समुदायलाई ‘झुटा’ भन्ने गरेका छन् ।

धर्म परिवर्तन र चर्चको नुन खानेहरुको भण्डाफोर भन्दै सगरमाथा टिभीले बनाएको एक बिशेष भिडियो हेर्नुहोस swadeshnepalबाट साभार

कमेन्ट गर्नुहोस्
You might also like