फेरी आज पनि घट्यो सुन,चादीको मूल्य हेर्नुहोस आजको सून चादीको मुल्य

88

काठमाडौँ । आज बुधबार नेपाली बजारमा सुन र चादीको मूल्य घटेको छ । यसअघि ५९ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ६ सय रुपैयाँ घटेर ५८ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यसैगरी आज तेजाबी सुनको मूल्य पनि घटेको छ। आज तेजावी सुन प्रतितोला ५८ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ। यसअघि तेजावी सुनको मूल्य ५९ हजार १ सय रुपैयाँ रहेको थियो।

आज चाँदी प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भईरहेको छ। यसअघि चाँदी ७३० रुपैयाँमा कारोबार भएको थियो।

कमेन्ट गर्नुहोस्
You might also like