खेलाडी भनेको त यस्तो पो हुनुपर्छ, जस्का लागि न त भोट चाहियो नत कसैको नोट नै ! उहाको सम्माका लागि सबैले सेयर गरौ

6

काठमाडौं। नेपाली युबा महेश्वर महर्जनले देशको नाम लाइ विश्व चिनाउन सफल बनेका छन्। थाइल्यान्डमा आयोजित १० औं विश्वव्यापी बडी बिल्डिंग प्रतियोगितामा उनले नेपालका लागि स्वर्णपदक जितेका हुन ।

यस प्रतियोगितामा ७५ केजी तौल समुह अन्तर्गत नेपालका महेश्वर महर्जनले स्वर्ण जितेका छन् । अन्तरास्ट्रिय स्तरको बडी बिल्डिंग प्रतियोगितामा नेपालको पाएको यो सफलता अहिलेसम्मकै ठूलो हो ।

३५ वर्षका महर्जनले यसअघि भुटानमा आयोजित ५० औं एसियन बडिबिल्डिङ च्याम्पियन सीपमा पनि स्वर्ण जितेका थिए ।

बिजेता महेश्वर मानन्धरको तौल समुहमा रहेका सबै १२ देशका बडीबिल्डरहरु हरुलाई जितेर उनि तौल समुहमा बिजेता बनेका हुन्। यो संगै उनि टप ५ मा पुगेका थिए। टप ५ मा नेपालका महेश्वर संगै भारत, सिंगापुर, थाइल्यान्ड, उब्जेकिस्तानका बडीबिल्डर रहेका थिए ।

शनिबार लोटस होटलमा भएको फाइनल राउन्डमा महर्जनले अन्य प्रतिस्पर्धीलाई उछिन्दै स्वर्ण जित्न सफल भए । भारतका जयप्रकाशले दोस्रो स्थान प्राप्त गरे भने सिंगापुरका खेलाडी तेस्रो स्थानमा पुगेर चित्त बुझाउन पर्यो ।

कमेन्ट गर्नुहोस्
You might also like