पेटमा भएको जुकालाई सधाका लागि पन्छाउन सकिने अचुक घरेलु उपाए बारे जानकारी लिनुहोस

42

जब हाम्रो पेटमा किरा (जुका) पर्छ तब कयौँ किसिमका समस्याहरुको सामना गर्नुपर्ने हुन्छ। प्राय मान्छेलाई पेटमा जुका परेको लक्षण वा संकेत थाहा हुन्छ भने कतिपयलाई भने थाहा हुँदैन। पेटमा जुका पर्दा विभिन्न लक्षणहरु देखा पर्छन्। जस्तै एकदमै पेट दुख्ने, खाना नपच्ने, पखाला लाग्ने, खाना खाने बित्तिकै दिसा लाग्ने, दिसामा रगत देखिने, बान्ता हुने, ग्यास हुने वा शरीर सुन्निने, गुदद्वार चिलाउने र पाइल्स समेत हुने जस्ता लक्षणहरु देखा पर्छन्। त्यस्तै व्यक्ति एकदम कमजोर हुनुका साथै छालामा पनि समस्या देखिन्छ। आज हामी पेटको जुकालाई बाहिर निकाली पूर्णरुपमा निर्मुल पार्ने अचुक घरेलु औषधीको बारेमा बताउन गइरहेका छौँ।जुन १०० प्रतिशत प्रभावकारी, प्राकृतिक र लाभदायी हुन्छ। हेर्नुहोस् विस्तारमा

१. लसुन: १/२ केस्रा लसुनलाई पिसेर पेस्ट बनाउने। त्यसपछी यो पेस्टमा थोरै नुन मिसाएर सेवन गर्नुहोस्। यसले पेटको जुकालाई नष्ट पार्न मद्धत गर्दछ।

२. ज्वनो: ज्वनोको सेवन गर्नाले पेटसम्बन्धी जस्तोसुकै समस्याबाट पनि छुटकारा पाइन्छ। त्यस्तै पेटको जुका निर्मुल पार्न पनि ज्वनो एकदम प्रभावकारी मानिन्छ। यसको लागि एक गिलास पानीमा एक चम्चा ज्वनो भिजाएर राख्ने। केहि घण्टा सम्म भिजाएर राखेपछी ज्वनोलाई छानेर यसको पानी पिउने। त्यसैगरी भिजाएको ज्वनोलाई पनि चपाई चपाई खान सकिन्छ।

३. तुलसीको पात: तुलसीको पात एक अद्भुत गुण भएको घरेलु औषधी हो। यसले पेटको जुकालाई बाहिर निकाली यो समस्याबाट सधैँका लागि छुटकारा दिलाउँछ। यसको लागि तुलसीको पातको पेस्ट बनाएर यसको रस निकालेर सेवन गर्नुहोस् या तुलसीको पातलाई यत्तिकै चपाएर पनि खान सकिन्छ। यो औषधी दिनमा दुइ पटक उपयोग गर्नुहोस्।

४. निमको पात: निमको पातले हरेक किसिमको ब्याक्टेरियालाई खतम गर्छ। किनकी निमको पातमा एन्टीबयोटिक र एन्टीब्याक्टेरियल गुण हुन्छ। निमको पातलाई पिसेर पेस्ट बनाउने र यसमा थोरै मह मिसाएर खाने। यसरी सेवन गर्नाले पेटको जुका तुरुन्तै नाश हुन्छ।

५. मुला: मुलाले पनि पेटको जुका मारेर बाहिर निकाल्न मद्धत गर्दछ। यसको लागि काँचो मुला चपाएर वा यसको रस बनाएर सेवन गर्न सकिन्छ।

६. अदुवा: घरेलु औषधी मध्ये अदुवा एक महत्वपूर्ण र बढी प्रयोग हुने औषधी हो। यसले पेटमा लागेको जुकालाई नष्ट पार्न मद्धत गर्दछ। यसको लागि अदुवालाई सानो सानो टुक्रा पारेर काट्ने। अब यो काटेको अदुवामा थोरै मह र कालो नुन मिसाएर मज्जाले चपाई चपाई खानुहोस्। यो उपाय दिनमा २ पटक प्रयोग गर्नुहोस्।

७. गाजर: गाजरलाई सानो सानो टुक्रामा काटी मिक्सीमा पिसेर यसको जुस बनाउने र यो जुस सेवन गर्ने। गाजरले पेटको जुकालाई मारेर बाहिर निकाल्न मद्धत गर्छ।

८. तीतेकरेला: एक गिलास मन तातो पानीमा एक चम्चा तितेकरेलाको जुस मिसाएर पिउनुहोस्। यसले पेटको जुकालाई बाहिर निकाल्न मद्धत गर्छ।

९. अनारको छिल्का अर्थात् बोक्रा: अनारको छिल्कालाई घाममा सुकाउने। सुकेपछी यसलाई पिसेर पाउडर बनाउने। यो अनारको बोक्राको पाउडरलाई दिनमा दुई पटक सेवन गर्नुहोस्। यस औषधीले पेटको जुकालाई खतम पार्छ। एजेन्सी

कमेन्ट गर्नुहोस्
You might also like