भारतिय पुर्व कप्तान महेन्द्र सिंह धोनी फेरी भारतिय क्रिकेटमा कमब्यक

17

पुस १०, मंगलबार
भारतीय टिमका पूर्वकप्तान महेन्द्रसिंह धोनी अष्ट्रेलियाविरुद्धको एक दिवसीय सिरिज तथा न्युजिल्यान्डविरुद्धको एक दिवसीय र टी(ट्वान्टी सिरिजका लागि टिममा परेका छन्।भारतीय क्रिकेट बोर्ड ९बीसीसीआई० ले सोमबार सार्वजनिक गरेको १६ सदस्यीय टोलीमा धोनीलाई पुनरागमन गरिएको हो ।
यसअघि भारतले वेष्टइण्डिज र अष्ट्रेलियाविरुद्धको टी(ट्वान्टी सिरिज खेल्दा टिममा धोनी अटाएका थिएनन्।बीसीसीआई आगामी जनवरी १२ बाट सुरू हुने अस्ट्रेलियाविरूद्धको वानडे सिरीजका लागि टोलीको घोषणा गर्दा धोनी अटाएका हुन्।यही टीमले यो सीरीज पछि न्यूजील्याण्डविरूद्ध हुने तीन खेलको वानडे सीरीज खेल्नेछ।

भारतले अहिले अष्ट्रेलिया विरूद्धको चार टेस्ट म्याच खेलिरहेको छ। यसमध्ये तेस्रो टेष्ट बुधबार मेलबर्नमा हुनेछ।वानडेमा केदार जाधव र हार्दिक पाण्ड्याको पनि पुनरागमन भएको छ। धोनीलाई आगामी फेब्रुअरीमा न्यूजिल्याण्डविरूद्ध हुने टी२० सीरीजका लागि टीममा पुनरागमन गरिएको हो।धोनी यसअघि अष्ट्रेलिया र वेष्टइण्डिजविरूद्ध भएको टी ट्वान्टी सिरीजमा थिएनन्।चोटका कारण यसअघिको सिरिज खेल्न नपाएका हार्दिक पाण्ड्या र केदार जाधव अष्ट्रेलियाविरुद्ध खेल्ने टोलीमा परेका छन्।

वान डे सिरिजका लागि टोली
विराट कोहली ९कप्तान०, रोहित शर्मा उपकप्तान, महेन्द्रसिंह धोनी विकेट किपर, लोकेश राहुल, शिखर धवन, अंबाती रायडु, दिनेश कार्तिक, केदार जाधव, हार्दिक पाण्ड्या, कुलदीप यादव, युजवेन्द्र चहल, रविन्द्र जडेजा, भुवनेश्वर कुमार, जसप्रीत बुमराह, खलील अहमद र मोहम्मद शामी

टी,ट्वान्टी सिरिजका लागि टोली
विराट कोहली कप्तान, रोहित शर्मा उपकप्तान, लोकेश राहुल, शिखर धवन, ऋषभ पन्त, दिनेश कार्तिक, केदार जाधव, महेन्द्रसिंह धोनी विकेट किपर, हार्दिक पाण्ड्या, क्रुणाल पाण्ड्या, कुलदीप यादव, युजवेन्द्र चहल, भुवनेश्वर कुमार, जसप्रीत बुमराह, खलील अहमद । एजेन्सी

कमेन्ट गर्नुहोस्
You might also like