जापानले फेरी अमेरिका माथि प्रश्न खडा गर्‍यो, आफूबाट लगेका अत्याधुनिक एफ १५ फिर्ता माग्दै

13

टोकियो-जापानी सरकारले केही संख्याका एफ–१५ लडाकु विमान अमेरिकालाईनै बिक्री गर्ने इच्छा देखाएको छ । अत्याधुनिक एफ–३५ स्टिल्थ फाइटर किन्नका लागि कोष जम्मा गर्नका लागि जापानले यो चालखीपूर्ण रणनीति अंगिकार गरेको निकीले जनाएको छ । अमेरिकाले यी विमानहरु दक्षिणपूर्वी एसियाली राष्ट्रहरुलाई बिक्री गर्न सक्ने बताइएको छ ।
प्रयोग भइसकेका प्रतिरक्षा उपकरणहरु अमेरिकालाई बिक्री गर्न लागिएको यो पहिलो पटक हो र यसमा विमर्श भइरहेको केही जापानी अधिकारीहरुले बताएका छन् ।

१ सय ५ वटा एफ–३५ जेट खरिदको लागि टोकियोले वासिङटनसँग यो सम्भावना व्यक्त गरेको हो । दुवै पक्षले एफ–१५ को बिक्री र मूल्यको बारेमा समाधान निकाल्ने प्रयास गरिरहेका छन् ।
वासिङटनलाईनै यस किसिमको बिक्रीको व्यवस्था मिलाएर टोकियोले सार्वजनिक रुपमा हुन सक्ने आलोचना कम गर्न सक्ने अपेक्षा गरिएको छ । तेस्रो मुलुकलाई प्रतिरक्षा सामग्रीको बिक्रीको अनुभव नरहेको जापानले वासिङटनलाईनै बिक्री गर्नुलाई बुद्धिमानीपूर्ण मानिएको छ ।
जापानसँग सालाखाला २ सय वटा एफ–१५ लडाकु विमान रहेका छन् । यसको आधालाई आधुनिकिकरण समेत गरिएको छ । तर १ सयको हाराहारीमा पुराना ढाँचाका लडाकु विमान रहेका छन् । जसलाई आधुनिकिकरण पनि गर्न सकिन्न ।

कमेन्ट गर्नुहोस्
You might also like