अब नेपालमै सजिलै सँग आफ्नै कारमा चढ्न सकिने, यस्ता छन काईदाका टिप्स

29

हरेक मध्यम बर्गीय नेपालीले काठमाडौँमा आफ्नै घर,गाडी किन्ने सपना देख्ने गर्दछ । कतिको सपना पुरा हुन्छ भने कतिको सपना अधुरै रहने गर्दछ । पछिल्लो समय नेपालमा निजि सवारी साधनको बिक्रि ह्वातै बढेको देख्न सकिन्छ । सरकारले आर्थिक वर्ष २०७५/७६ का लागि सार्वजनिक गरेको बजेट मार्फत सवारी साधनको अन्तशुल्क वृद्धि गरे पनि निजि सवारी साधनको बिक्रि घटेको छैन । कम इन्जिन क्षमताका सावरी साधनको मूल्य भने खासै वृद्धि भएको छैन ।

सवारी साधनको इन्जिन क्षमताको आधारमा अन्तशुल्क र कर निर्धारण गरेको छ । करको वृद्धि गरेसँगै नेपालमा रहेका विभिन्न ब्रान्डका आयातकर्ता कम्पनीले मूल्यमा हेरफेर गरेका हुन् । यहाँ हुन्डाई, मारूती सुजुकी, रेनो र ड्याट्सनका नेपाली बजारमा उपलब्ध यस्ता कारको मूल्य सहितको विवरण प्रस्तुत गरिएको छ ।

ड्याटसन रेडी गो
ड्याटसन रेडी गो ०.८ ७९९ सीसीको मूल्य १५ लाख २५ हजार पुगेको छ । त्यस्तै सोही क्षमताको इन्जिनको प्रयोग भएका ड्याट्न रेडिगो ०.८ टि ओ (०) को मूल्य १८ लाख ४५ हजार निर्धारण गरिएको छ भने ड्याटसन रेडिगो ०.८ एसको मूल्य १९ लाख २५ हजार रहेको छ । ९ सय ९९ सीसी इन्धनको प्लाटफर्म अन्र्तगत ड्याट्न रेडिगो १.० टि‘०’ को मुल्य १९ लाख ९९ हजार रहेको छ ।

हुन्डाई इयोन
हुन्डाई मोटरको लागि नेपालको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल्स प्रालिले आयातगर्दै आएको १४ सीसी इन्जिन क्षमताको इयोन डिलाइटको मुल्यमा कुनै परिर्वतन गरेको छैन । नेपाली बजारमा यो कारको मूल्य १६ लाख ९६ हजार रुपैयाँमा रहेको छ । यसमा अन्तशुल्क नबढेपनि सडक करवृद्धिको रकम पनि कम्पनीले बढाएको छैन । कम्पनीले इयोन डिलाईट प्लसको मूल्य १७ लाख ९६ हजार र इयोन इरा प्लस को मूल्य १ लाख ९६ हजार तोकेको छ । यी दुबै कारमा समान ८ सय १४ सीसी इन्जिन प्रयोग गरिएको छ ।

मारुती सुजुकी अल्टो, वागेनआर
मारुती सुजुकी कम्पनीका विभिन्न मोडलको मूल्यमा परिमार्जन गरिएको छ । मारुती सुजुकीको आधिकारीक विक्रेता सिजी मोटोर्कपले ७ सय ९६ सीसीको मारुती सुजुकी अल्टो एसटिडीको मुल्य १५ लाख ९९ हजारबाट बढेर १६ लाख ३९ हजार पुगेको छ । कम्पनीले अल्टोमा ४० हजार रुपैयाँले मूल्य वृद्धि गरेको छ । ७ सय ९६ सिसीकै अर्काे मोडल मारुती सुजुकी अल्टो एलएक्सआईको मूल्य १७ लाख ९९ हजारबाट बढेर १८ लाख ३९ हजार रुपैयाँ पुगेको छ ।

त्यसैगरी मारुतीको अल्टो के १० भिएक्सआईको मुल्य बढेर २० लाख २९ हजारबाट २० लाख ७९ हजार पुगेको छ । यसमा कम्पनीले ५० हजार मूल्य बढाएको छ । मारुती सुजुकी सेलेरियो भिएक्सआईको मूल्य ५० हजारले बढेर २३ लाख ९९ हजार पुगेको छ । बजेट अघि यसको मुल्य २३ लाख ४९ हजार रहेको थियो ।

रेनो क्विड
रेनोको लागि आधिकारीक वितरक एड्भान्स अटोमोवाइलले ९९९ सीसी इन्जिन क्षमताको रेनोल्ट क्विड १.० एलआरएक्सटी पेट्रोल भेरियन्टको मूल्य २२ लाख २४ हजार ५ सय ३३ रुपैयाँ रहेको छ । रेनोल्ट क्विड एलआरएक्सटी ‘०’ पेट्रोल भर्जनको मुल्य २२ लाख ७३ हजार ६ सय ४५ रहेको छ ।

कमेन्ट गर्नुहोस्
You might also like