निसर्ग हस्पिटलमा ३ महिनाको बच्चामा देखिएको दुर्लभ हर्नियाको सफल अप्रेसन

8

कैलाली, १६ मंसिर । जन्मजात हर्निया हुने समस्या आजभोलि बढ्दै गएतापनी हर्नियामा आन्द्रा अड्किएको समस्या बिरलै हुने गर्छ । धनगढी उपमहानगरपालिका ५, हसनपुर बसोबास भएका बुवा जीवन चौधरी तथा आमा कविता चौधरीका ३ महिने छोरा कपिल चौधरीमा यस्तो दुर्लभ एवं जटिल समस्या देखिएको हो ।
जन्म देखिनै हर्नियाको समस्या बाट पिडित उनको आन्द्रा हर्निया संग अल्झिएर झन समस्या बढेको थियो । त्यसैमा आन्द्रा अड्किने र एपेन्डिक्स समेत भैइ सुन्निएर फुट्न खोज्नु आफैमा बिरलै भेटिने अवस्था हो ।
यसरी दायाँ पट्टीको कमर र तिघ्राको बिचको भागमा जन्मजात हर्नियाले गर्दा आन्द्रा अड्किई सुन्निएको र फुट्न लागेको एपेन्डिक्स आन्द्रा (Right Strangulated Indirect Inguinal Hernia with Inflammed Appendix) हुने दुर्लभ एवं जटिल समस्या हर्निया भएका बिरामीहरु मध्येमा पनि ०.०८ प्रतिशत बिरामिहरुमा मात्र देखिने समस्या हो ।
उनको अप्रेसनमा वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डा. मेराज आलम अन्सारी र वरिष्ठ एनेस्थेसिया तथा क्रीटिकल केयर विशेषज्ञ डा. हेमन्त ओझा लगायतको टिम संलग्न रहेको थियो ।
सुदुरपश्चिम प्रदेशमै आई.सि.यु., एन.आई.सि.यु., भेन्टिलेटर, आधुनिक अप्रेसन थिएटर भएको एकमात्र सुविधासम्पन्न हस्पिटलका रुपमा रहेको निसर्ग हस्पिटलले गुणस्तरीय उपचार तथा स्वास्थ्य सेवा नपाएर ईन्डिया, नेपालगन्ज, काठमाडौं जानुपर्ने बाध्यतालाई केही हदसम्म भएपनी रोक्न सकेको हस्पिटलका अध्यक्ष तिर्थराज पन्तले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
You might also like