अर्जेन्टिनाका फुटबल प्रशिक्षक लियोनल स्कालोनीले गरे लियोनल मेस्सीलाई टिममा फर्काउने तयारी

8

एजेन्सी- अर्जेन्टिनाका फुटबल प्रशिक्षक लियोनल स्कालोनीले टिममा लियोनल मेस्सीलाई फर्काउने तयारी गरेका छन् । मेस्सीलाई फर्काउने विषयमा प्रशिक्षक स्कालोनीले छलफल गरिरहेको र आउँदो कोपा अमेरिका कपका लागि मेस्सीलाई फर्काउने योजना बनाएको बताए हुन् ।

‘मैले मेसीसँग अक्सर कुरा गर्दिनँ, तर मेरो उनीसँग राम्रो सम्बन्ध छ ।’ प्रशिक्षक स्कालोनीले भने, ‘मैले सन् २०१९ मा अर्जेन्टिनासँग जोडिनका लागि मेस्सीलाई आग्रह गर्न चाहन्छु, आशा छ यसमा मेस्सीबाट सकारात्मक जवाफ आउने छ ।’

फ्रान्स विश्वकपमा अर्जेन्टिना बाहिरिएपछि मेस्सीले केहि समय देशका लागि नखेल्ने घोषणा गरेका थिए । त्यतिबेला उनले केही समय ब्रेक लिने बताएका थिए । तर, उनले अझै पनि राष्ट्रिय टिममा फर्किने कुने संकेत नदेखाएपछि प्रशिक्षक स्कालोनी आफै अगाडी बढेका हुन् ।

कमेन्ट गर्नुहोस्
You might also like