युएई सिरिजका लागी प्रारम्भीक टोलीको घोषणा,बन्द प्रशिक्षणबाट अन्तिम १५ खेलाडिको नाम सार्वजनिक हुने

13

काठमाडौं, १६ पौष : आगामी माघ ११ गते देखि २० सम्म युएईमा सुरु हुने एकदिवसिय अन्तर्राष्ट्रिय। र टी–२० सिरिजको तयारी आगामी हप्ताबाट सुरु हुने भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को नेतृत्वमा उक्त सिरिजको लागि २० सदस्यीय प्रारम्भीक टोलीको छनौट गरेको जानकारी दिइएको छ ।

घोषित टोलीमा बंगलादेश प्रिमियर लिग (बीपिएल) मा आबद्ध सन्दीप लामिछाने पनि रहेका छन् । सन्दीप बीपिएलमा व्यस्त हुने भएपनि उक्त सिरिजको लागि युएई आउने जानकारी दिइएको छ ।

आगामी पुस २४ देखि सुरु हुने बन्द प्रशिक्षणको लागि आईसीसीका प्रतिनिधी अमिनुल इस्लाम, मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काको संयुक्त टोलीले छानेको हो ।

टोलीमा बलर अभिनाश बोहरा, अल राउन्डर पवन शर्राफ र भिम सार्की र ब्याटसम्यान सन्दीप जोराले पहिलो पटक स्थान बनाएका छन् । हालसालै सम्पन्न एभरेष्ट प्रिमियर लिगमा शानदार प्रदर्शन गरेका यि तिनलाई प्रारम्भीक टोलीमा राखिएको नेपाली टोलीका भिडियो एनालिष्ट रमन शिवाकोटीले जानकारी दिए ।

यि बाहेक कप्तान पारस खड्का, बसन्त रेग्मी, बिक्रम सोब, विनोद भण्डारी , दिपेन्द्र सिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करन केसी, ललित भण्डारी , ललित राजवंशी, आरिफ शेख, प्रदिप ऐरी, रोहित पौडेल, सन्दीप लामिछाने, शरद भेषावकर, सोमपाल कामी र सुसन भारी रहेका छन् ।

बन्द प्रशिक्षणबाट अन्तिम १५ खेलाडिको नाम सार्वजनिक हुनेछ । सिरिजका सबै खेलहरु दुबईमा हुनेछन् ।

नेपालको खेल तालिकाः

पहिलो एकदिवसिय अन्तर्राष्ट्रियः माघ ११, शुक्रबार

दोश्रो एकदिवसिय अन्तर्राष्ट्रियः माघ १२, शनिबार

तेश्रो एकदिवसिय अन्तर्राष्ट्रियः माघ १४, सोमबार

पहिलो टी–२० खेलः माघ १७, बिहिबार

दोश्रो टी–२० खेलः माघ १८, शुक्रबार

तेश्रो टी–२० खेलः माघ २०, आइतबार

कमेन्ट गर्नुहोस्
You might also like