अपार्टमेन्टमा ग्यास लिक हुँदा विस्फोट, ४८ फ्ल्याट ध्वस्त, ४ जनाको मृत्यु, ४० बेपत्ता

17

एजेन्सी । रुसको एक भवनमा विस्फोट हुँदा चार जनाको मृत्यु भएको छभने ४० जना बेपत्ता भएका छन् । रुसको मग्नितागोस्र्कको एक भवनामा भएको भीषण बिस्फोटमा भवनका ४८ वटा फ्ल्याटहरु ध्वस्त हुँदा हालसम्म चार जनाको शव फेला परेको छ । उरल प्रान्तको शहर मग्नितागोस्र्कमा भवनमा भएको बिस्फोटमा परि करिब ४० जना हराइरहेका बीबीसीले जनाएको छ ।

उनीहरुको खोजी तथा उद्धारको काम भइरहेको छ । सो भवनमा १२० जनाको बसोबास थियो । अहिलेसम्म कम्तिमा १६ जनालाई सकुशल उद्धार गरिएको सरकारी अधिकारले जानकारी दिएका छन् । उद्धार कार्य जारी रहेकाले क्षतिको अन्तिम विवरण संकलन भइसकेको छैन ।

नयाँ वर्षको अघिल्लो दिन सोमबार भएको उक्त विस्फोट भएको स्थानको राष्ट्रपति भ्लादिमिर पुटिनले पुगेर घटनास्थलको निरीक्षण गरेका छन् । भवनको पहिलो तलामा बिस्फोट भएको हो । ग्यास लिक भएर बिस्फोट भएको सरकारी अधिकारीले जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्
You might also like