मुखबाटै बजाईन् सबै बाजा । ७ बर्षकी नानीको अचम्मको कला । (भिडियो सहित )

64

काठमाडौं –पछिल्लो समय युटुब मार्फत देशका बिभिन्न ठाउंमा लुकेर बसका कला र प्रतिभा भएका व्यक्तिहरु बाहिर आईरहेका छन् । अशोक दर्जी त्यस मध्येका सर्वाधिक हिट हुन् भने गायनम मनिष लिम्बु, जनक गन्धर्व लगायतका एक सय एक प्रतिभाहरु आए । ती मध्ये कति हाल स्कुलमा अध्ययन गरिरहेका छन् त कतिले गीत पनि निकाल्दै अघि बढिरहका छन् ।

गायन क्षेत्रमा मात्रै हैन, अन्य प्रतिभा भएका व्यक्तिहरु पनि युटुबबाट यतिबेला चर्चामा छन् । यस्तैमा कोटेश्वरकी ७ बर्षकी युनिका केसीको भिडियो बाहिरिएको छ । युनिका केसी यति सान उमेरमा मुखबाट बिभिन्न बाजाहरु बजाउंछिन् । उनको कला देखेर सबै चकित पर्छन् । ७ बर्षकी युनिकाले बभिन्न स्टेजहरुमा पनि आफ्नो कला देखाईसकेकी छिन् ।

युनिकाले मुखबाट निकाल्ने बाजाको आवाजमा गीत गाउन पनि सकिन्छ । २ कक्षामा पढ्ने युनिका भविष्यमा डाक्टर बन्न चाहन्छिन । आफ्ना दाईबाट यस्तो कला सिकेकी युनिकालाई गीत गाउन पनि मन ालग्छ । उनी हन्दी नेपाली अंग्रेजी भाषाका सबै गीतहरु गाउंछिन् । भिडियो हर्नुस

कमेन्ट गर्नुहोस्
You might also like