अंग्रेजी नयाँ बर्षको रमझमको कार्यक्रम मनाईरहदा एकाएक गोली चल्यो, ६ जनाको मृत्यु

7

थाइल्याण्डमा एक व्यक्तिले आफ्नै परिवारका सदस्यहरुलाई गोली प्रहार गरेर हत्या गरेका छन् । नयाँ वर्षको अवसरमा भइरहेको रमाइलो कार्यक्रममा उनले हानेको गोली हानेर दुईजना बालबालिकासहित एकै परिवारका ६ जनाको मृत्यु भएको हो ।

ससुराले आफूलाई अपमान गरेको महसुस गरी ती व्यक्तिले गोली प्रहार गरेको प्रहरी अधिकारीहरुले मंगलबार जनाएका छन् । चुम्फोङ प्रान्तमा मध्यरातमा झण्डै दश मिनेट जति ती व्यक्तिले आफ्नै परिवारका सदस्यहरुमाथि निरन्तर रुपमा गोली वर्षाएका थिए ।

अत्यधिक मदिरा सेवन गरेका सुचीप सोर्नसुङ नाम गरेका ती व्यक्तिले रमाइलो कार्यक्रम सुरु भएपछि गोली प्रहार गरेको प्रहरीले जनाएको छ । ‘पीडित सबैजना उनकै पारिवारिक सदस्य हुन्, ती मध्ये दुईजना उनैका नौ वर्षको छोरा र ६ वर्षकी छोरी पनि रहेका छन्’, एक प्रहरी अधिकारीले भने ।

श्रीमतीको माइतीले उनलाई स्वागत नगरेको रिसमा उनले आफ्नै परिवारमाथि गोली प्रहार गरेको प्रहरीको भनाई छ । मारिनेमा अरु दुईजना महिला र दुईजना पुरुष रहेका छन् । ती दुई जनाको नाता भने खुलाइएको छैन ।

थाइल्याण्डमा पछिल्लो समयमा गोली प्रहार गरी हत्या गर्ने गरेका घटनामा बृद्धि भएको बताइएको छ ।

कमेन्ट गर्नुहोस्
You might also like