प्रधानन्यायाधीशमा चोलेन्द्र शमशेर जबरा

14

काठमाडौं, १७ पुस । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रस्तावित चोलेन्द्र शमशेर जबराको नाम संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेको छ ।

मंगलबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ विशेष समितिले राणलाई सर्वसम्मत प्रधानन्यायाधीशमा अनुमोदन गरेको हो । उनलाई प्रधानन्यायाधीश बन्ने बाटो खुलेको छ । संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । चोलेन्द्र चार वर्षसम्म प्रधानन्यायाधीश पदमा रहनेछन् ।

प्रधानन्यायाधीशको दौडमा राणा र दीपकराज जोशी थिए । राणा र जोशीको व्यक्तिगत विवरण संवैधानिक परिषद्मा पठाएको थियो । तर जोशी यसअघि नै संसदीय सुनुवाइबाट अस्वीकृत भइसकेकाले चोलेन्द्र प्रधानन्यायाधीसको एकमात्र दाबेदार थिए ।

राणा अयोग्य रहेको दाबी गर्दैै समितिमा विभिन्न नौवटा उजुरी परेको भए पनि सुनुवाई समितिले त्यसको समेत छानबिन गर्दै राणालाई प्रधानन्यायाधीशमा चयन गरेको हो ।

कमेन्ट गर्नुहोस्
You might also like