लामाेसमय पछि खेलाडीले मासिक तलव पाउँदै

4

नेपाली क्रिकेट खेलाडीकाे पछिल्लो दुई वर्षदेखि रोकिएको मासिक तलब बल्ल पाउने भएका छन ।

आईसीसीले राष्ट्रिय खेलकुद परिषदसँगकाे सहकार्यमा खेलाडीलाइ तलव दिने भएकाे हाे । आईसीसीले राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटा, कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्ललगायतसँगको परामर्शमा खेलाडीको नयाँ वर्गीकरण गरेको हो।

जसअनुसार ए, बी र सी तीनै श्रेणीमा सात/सात गरी २१ खेलाडीलाई समावेश गरिएको छ। ए श्रेणीमा पर्ने खेलाडीले मासिक ३५ हजार, बी श्रेणीका खेलाडीले मासिक २५ र सी श्रेणीका खेलाडीले मासिक १५ हजार रुपैयाँको हिसाबले दरले पछिल्लो दुई वर्षको तलब पाउनेछन्।

आईसीसीले २०१७ को जुलाईमा खेलाडीलाई अघिल्लो एक वर्षको तलब दिएको थियो। त्यसपछि खेलाडीको बारम्बारकाे अनुरोधमा त्यसयता दुई वर्षको तलब आईसीसीले खेलाडीलाई दिन लागेको हो।

त्यसमध्ये ए श्रेणीमा कप्तान पारससहित, उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, वसन्त रेग्मी, सोमपाल कामी, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी रहेका छन्।

बी श्रेणीमा आरिफ शेख, करण केसी, ललित भण्डारी, अनिलकुमार शाह, रोहितकुमार पौडेल, ललितनारायण राजवंशी र शक्ति गौचन रहेका छन् ।

सी श्रेणीमा सुवास खकुरेल, सागर पुन, दिलिपनाथ, सुनील धमला, सुशन भारी, किशोर महतो र विनोद भण्डारी रहेका छन्।

आईसीसीको निलम्बनमा पर्नुअघि क्यानले खेलाडीलाई ‘ए’, ‘बी’ र ‘सी’ तीन श्रेणीमा वर्गीकरण गरी सम्झौता गरेर सन् २०१५ को जनवरीदेखि मासिक तलब दिन सुरु गरेको थियो। तर क्यान निलम्बनमा परेसँगै खेलाडीको तलबसमेत रोकिएको थियो।

कमेन्ट गर्नुहोस्
You might also like