चर्चित सञ्चारकर्मी रवि लामिछानेको बिषयमा दीपकराज गिरीले फेसबुकमा यस्तो लेखे

10

चर्चित सञ्चारकर्मी रवि लामिछानेले र उनकी पूर्वपत्नि ईशा लामिछानेको विषयमा सामाजिक सञ्जालमा वहस चल्न थालेपछि कलाकार दीपकराज गिरीले रवि लामिछानेको पक्षमा उभिएका छन् ।

दिपकराज गिरीले शुक्रबार एक स्टाट्स लेखेका छन् । भगवान बुद्धको सम्झना गर्दै दीपक लेख्छन् ” भगवान बुद्द ले पनि घरकी श्रीमती छोडे ,बच्चा पनि छोडे अब त्यसमा अल्मलिएर बस्ने कि बुद्दले दिएको ज्ञान , उनले समाजलाइ दिएको योगदानको कदर गर्ने?”

उनको यो स्टाटसमा मिश्रित प्रतिक्रिया आइरहेको छ । उनको स्टाटस शेयर गर्दै रुक्मागत शर्मा पौडेल लेख्छन् : “सबैले बुद्धले जस्तो घरकी श्रीमती छोडने? बुद्धले त घरकी छोडे तर परकी अपनाएनन्। हामीले त बुद्धको नाममा घरकी छोडेर पर परकी अपनाउदै गएका छौ। बुद्धसंग हामीलाई दाज्न मिल्छ? ”

कमेन्ट गर्नुहोस्
You might also like