यो समय र मितिमा जन्मेका मानिसहरु जीवनकालमा अर्बपति हुने संकेत

56

न्यूमरोलोजी (अंकज्योतिष) मा केही मितिमा जन्मेका मानिसहरु सफल ब्यापारी मानिन्छन् । न्यूमरोलोजीका अनुसार १ अंकका कारोबारीहरु व्यवसायलाई आफ्नो बलबुँतामा अगाडि बढाउने क्षमता राख्छन् । उनीहरुलाई कारोबारको हिसाबले राम्रो लिडर मानिन्छ । आउनुहोस् कुन नम्बरका कारोबारी सफल काराबारी बन्छन् ।

नम्बर १: के हो नम्बर १ ? जसको जन्म मितिको अंक जम्मा गरेर १ हुन्छ, न्यूमरोलोजीका अनुसार त्यसलाई १ नम्बर भनिन्छ । अर्थात्, जसको जन्ममिति १, १०, १९ र २८ हुन्छ, त्यसलाई १ नम्बर भनिन्छ । न्यूमरोलोजिस्ट संजय बी जुमानीले १ नम्बरको क्यारेक्टर निकै बलियो हुने बताएका छन् । उनीहरु जन्मजात लिडर हुन्छन् । उनीहरुको व्यवस्थापन र नेतृत्व क्षमता निकै राम्रो मानिन्छ । उनीहरु आफ्नो जीवनमा सफलताका लागि नयाँ उद्देश्य बनाउँछन् । यस्ता व्यक्तिलाई अरुको नेतृत्वमा बस्न मन पर्दैन । उनीहरुको लक्ष्य सधैं ठूलो हुन्छ।

यी हुन् नम्बर १ भएका कारोबारीः

न्यूमरोलोजीमा नम्बर १ भएका व्यक्तिहरुको विशेषता यो हुन्छ कि उनीहरु आफ्नो नेतृत्वशैली र व्यवस्थापन क्षमताका लागि देश विदेशमा चिनिन्छन् । नम्बर १ भएका कारोबारीको सूचीमा मुकेश अम्बानी र नीता अम्बानी, बिल गेट्स, रतन टाटा, धिरुभाइ अम्बानी आदि समावेश छन् ।

बिल गेटस्ः

माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्सको जन्म सन् १९५५ अक्टोबर २८ तारिखमा भएको हो । आफ्नो नेतृत्व क्षमताका कारण नै उनी संसासका सबैभन्दा धनी व्यक्ति बनेका छन्।

मुकेश अम्बानी र नीता अम्बानीः

मुकेश अम्बानीको जन्मदिन १९ अप्रिल हो । यस हिसाबले न्यूमरोलोजीमा उनको अंक १ हो । निता अम्बानीको जन्म १ नोभेम्बर सन् १९६३ को हो । आफ्नो जन्ममितिको हिसाबले उनी पनि १ नम्बरमा छिन् । निता अम्बानीले पनि कारोबारमा हात बढाइन् र उनी यसमा पनि सफल भइन् । यी दुबै भारतका सर्वाधिक धनाढ्य व्यक्तिमा गनिन्छन् ।

रतन टाटाः

रतन टाटाको जन्म सन् १९३७ को डिसेम्बर २८ तारिखमा भएको थियो र उनी पनि आफ्नो जन्ममितिको हिसाबले नम्बर १ मा छन् । रतन टाटाले आफ्नो नेतृत्व शैलीका हिसाबले ‘टाटा ग्रुप’ लाई ग्लोबल ब्रान्ड बनाएका छन् । उनले टेटली टी, जेगुआरजस्ता ठूला विदेशी ब्रान्ड खरिद गरे ।

धीरुभाइ अम्बानीः

धीरुभाइ अम्बानीको जन्म डिसेम्बर २८ सन् १९३२ मा भएको थियो। न्यूमरोलोजीमा उनको पनि अंक १ नै हो । धीरुभाइ अम्बानी कारोबारी जगतमा आफ्नो नेतृत्वशैली र दुरदर्शिताका लागि परिचित थिए । उनी एक कपडा व्यापारीबाट भारतका ठूला बिजनेस टाइकुन बनेका थिए । उनले सन् १९५८ मा १५ हजार भारुको लगानीसहित रिलायन्स कमर्सियल कर्पोरेशनको सुरुवात गरेका थिए।

कमेन्ट गर्नुहोस्
You might also like