भागवान बिष्णु यसकारण नागमा ओछ्यानमा सुत्नु हुन्थ्य्यो : सेयर गर्नुहोस मनोकामना पुरा हुने विस्वास

17

एजेन्सी। चाहे कुनै चित्रमा हेरौ, टेलिभिजनमा हेरौ भगवान विष्णु विभिन्न अवतारमा देखिन्छन । कुनैमा उनी गरुडमा सवारी भएको देखिन्छ, कुनैमा शंख, चक्र, गदा, पद्मा साथ देखिन्छ । कति चित्रमा चाहि उनी सर्पको ओछ्यानमा आरमले सुतेको देखिन्छ ।

हिन्दु धर्मले यो विशाल सर्पलाई शेषनाग भनेको छ । यस चित्रणको खास महत्व छ । भगवान विष्णुले केहि अवतार लिएका छन् । उनलाई पापको सागरबाट दुनियाँलाई मुक्त गर्ने प्रतिकको रुपमा मानिन्छ । भगवान विष्णुको वाहन त गरुड हो । तर, शेषनाग पनि उनको प्रत्येक अवतारमा जोडिएको छ ।

समयको मार्गदर्शक जब संसारमा पाप बढेर गएको थियो, तब विष्णुले विश्वको उद्वार गरेका थिए । शेषनाग ‘अनन्त’ अर्थात जसको कुनै सीमा छैन, त्यसको प्रतिक हो । भगवान विष्णुले उपयुक्त समयमा मानव जातिको मार्गदर्शन गरेको थियो । यहि कारण उनी सर्पले लपेटिएको देखाइएको हो ।

विष्णुको अभिव्यक्ति हरेक पटक संसारलाई मुक्त गर्नका लागि विष्णुले केहि रुप र आकारमा जन्म लिए । हिन्दु धर्मका अनुासर शेषनाग भगवान विष्णुको उर्जाको प्रतिक हो, जसमा उनी आरम गर्छन् । सबै ग्रह बस्ने आसन हिन्दू पौराणिक कथा अनुसार शेषनागले आफ्नो कुन्डलीमा सबै ग्रहलाई राखेको छ । र, उसले भगवान विष्णुको मन्त्रोच्चारण गर्छ । यदि भगवान विष्णु सम्पूर्ण बम्हान्ड, ग्रह र तारको प्रतिको हो ।

विष्णुको रक्षक शेषनाग भगवान विष्णुको केवल आरम गर्ने स्थान मात्र होइन, रक्षक पनि हो । त्यस समयमा भगवान कृष्णलाई जव उनको पिता वासुदेवले जन्मनसाथ जेलबाट घरमा लादै थिए, त्यसबेला शेषनागले तुफानबाट रक्षा गरेका थिए । अर्थात शेषनाग एक रक्षक पनि हुन् ।

मुक्तिनाथ र गलेश्वरपछि कालीगण्डकीले छुने अर्को प्रसिद्ध धार्मिक पर्यटकीय स्थल पनि शालिग्राम नै हो ।शिलालाई दाहिने पारेर बग्ने कालीगण्डकी नदीले पनि शिला शालिग्रामको महत्व अझै बढाएको छ । हिन्दू धर्मावलम्वीहरूको प्राय सबै संस्कारहरूको शिला शालिग्राममा नै पूजाआजा गरी गर्ने गरिएको छ । यो चलनको सुरुवात कहिलेदेखि भयो भन्ने यकिन तथ्य भने छैन ।

धार्मिक कुराले मात्र होइन, शिला शालिग्राम भौगोलिक कारणले पनि उत्तिकै चर्चित छ । संघीयता आउनुपूर्व साविकको नेपालको राजनीतिक विभाजनअनुसार यो पश्चिामाञ्चल विकास क्षेत्रमा पर्दछ र हाल प्रदेश नं. ४ मा रहेको छ । जिल्ला र प्रदेशकै पर्यटकीय गन्तव्यमा दरिएको शालिग्रामलाई पर्वतले मात्र पर्यकटीय सूचीमा राखेर प्रचारप्रसार गर्दै आइरहेको छ ।

शिला शालिग्रामले साबिकका तीन अञ्चल धौलागिरी, गण्डकी र लुम्बिनी तथा पर्वत, स्याङ्जा र गुल्मी जिल्लाको सिमानाको रूपमा पनि काम गरेको छ । हाल दुई प्रदेशका तीन जिल्लाको सीमाक्षेत्रमा शिला शालिग्राम रहेको छ । प्रदेश ५ कोे गुल्मी तथा प्रदेश ४ का पर्वत र स्याङ्जाले पनि जिल्लाको पर्यटकीय क्षेत्रको रूपमा शिला शालिग्रामलाई उदाहरणको रूपमा लिने गर्दछन्।

यो त भयो जिल्लागत, धार्मिक तथा भौगोलिक वस्तुस्थिति। तीन जिल्ला, दुई प्रदेशले आफ्नो गौरवको रूपमा शिला शालिग्रामलाई देखाएतापनि यी सबै प्रदेश र जिल्लाकै तानातानको कारण शिला शालिग्राम अहिले बेवास्तामा परेको छ । आज प्रत्यक्ष सीमानामा जोडिने स्याङ्जाको गल्याङ नगरपालिका र पर्वतको विहादी गाउँपालिका यी दुवैले शिला शालिग्रामलाई आफ्नो भूभागमा पर्ने दाबी गरिरहँदा शिलाको भौतिक अवस्था भने कुरूप बन्दै गइरहेको छ ।

वास्तवमा शिलाको बायाँतर्फबाट बग्ने सेतीखोलाले दशकअघि शिला शालिग्रामलाई बीचमा पारेर बग्ने गर्दथ्यो र त्यतिबेला पनि पर्वत तथा स्याङ्जा दुवैले सीमाक्षेत्रमा परेको हुँदा आफ्नो जिल्लामा परेको दाबी गर्दथे ।सेतीखोलाले नै पर्वत र स्याङ्जाको सिमाना पनि छुट्याएको छ ।शिला शालिग्राममा साबिकको पर्वत जिविसले नै मर्मत तथा संरक्षण गर्दै आइरहेको थियो ।

हालसम्म पर्वतको जिविस होस् वा तत्कालीन गाविस, शालिग्रामको संरक्षणका लागि पर्वतले नै लगानी गर्दै आइरहेको छ । शिला संरक्षण तथा व्यवस्थापनका लागि पर्वतले नै केही वर्षअघि बृहत् ज्ञानमहायज्ञसमेत आयोजना गरेको थियो।शिला शालिग्राम, एक प्रसिद्ध नाम । नामले नै यसको महत्व र पहिचान झल्काउने सामथ्र्य राख्न सक्दछ ।

भौतिक रूपमा हेर्दा यो एक ढुंगा मात्र हो, त्यो पनि विश्वकै ठूलो ।शालिग्राममा दर्शनार्थी परिक्रमा गर्ने स्थल भत्किएको एकवर्ष बितिसक्दा पनि त्यसको पुनर्निर्माण भने हुन सकेको छैन ।

स्थानीय तह कार्यान्वयनमा आइसकेपछि भने बिहादी गाउँपालिकाले अघिल्लो बजेटमा पनि यसलाई समावेश गर्न सकेन, स्याङ्जाको गल्याङ नगरपालिकाको नजरमा यो पर्न सकेन । तर, स्थानीय तहको बजेटले यसको संरक्षण गर्न सम्भव भने छैन । विहादी गाउँपालिकाले शालिग्रामको संरक्षणका लागि तटबन्ध तथा संस्कृति जोगाउन पौवाहरू बनाउने योजना बनाएको छ ।तर, ठूलै योजना बनाएर यसको संरक्षण गर्ने उपाय भने स्थानीय तहको वशमा छैन

दुई वर्षअघि साउन १२ गते कालीगण्डकी नदीमा पानीको सतह बढ्दा शिलालाई नै कैयौं दिनसम्म डुबाएको थियो । त्यतिबेला नै शिलाको परिक्रमास्थल भत्किएको हो । त्यो अहिलेसम्म पनि बन्न सकेको छैन् । वर्षैंपिच्छे आउने बाढीका कारण त्यहाँका स्थानीयहरू वर्षातको समयमा सधंै त्रासमा रहने गर्दछन् । यसकोदिगो समाधानका लागि पनि स्थानीय तहहरूले योजना बनाउन सकेका छैनन् ।

गतवर्षको स्थानीय तहको चुनावमा लोकप्रिय नारा बनेको शिला शालिग्राम चुनावपछि हराएको छ । त्यहाँ केवल हिन्दू धर्मप्रति आस्थावान् व्यक्तिहरू दर्शन गर्न जाने हुँदा मात्र चहलपहल देखिन्छ । शिला शालिग्राममा ठूलीएकादशी र वैशाखे संक्रान्तिका कारण वर्षमा दुईपटक दर्शनार्थीको भेला हुने गरेको छ । हरेक वर्षका दुई धार्मिक तिथिमा शालिग्राममा लाग्ने बृहत् मेला तथा दर्शनार्थीहरूले अहिलेसम्म यसको सांस्कृतिक महŒव भने कमजोर हुन दिएका छैनन् ।

एक आस्था र धर्मकै कारण हालसम्म समयसमयमा चर्चामा आउने शालिग्रामको भौतिक स्वरूप परिवर्तन हुँदै गर्दा यो सम्बन्धित निकायको बेवास्तामा पर्दै गइरहेको छ । WVपछिल्लो समय कालीगण्डकी लोकमार्गको निर्माणकार्यले पनि यसको अस्तित्व संकटमा पर्दै गइरहेको छ । लोकमार्गका लागि सेतीखोलामाथि मोटरेबल पुल निर्माण गर्दै शिला परिसरबाट नै अवैध रूपमा बालुवा र कंक्रिटहरू झिकिएका छन् । शिलालाई घुम्ने सेतीखोलाको बीचमा नै ट्याक्टर र डोजरहरू चलाइँदा यसको भित्री सतहमा असर पुग्ने देखिन्छ । अर्कोतर्फ खोलालाई गहिर्याउँदै जाँदा वर्षात्मा यसले बाढी–पहिरोका कारण मानवीय घटना पनि घटाउन सक्ने जोखिम बढिरहेको छ ।

धर्मको आस्थाको केन्द्र, भूगोलको सिमाना, अनि पर्यटकीय र ऐतिहासिक केन्द्र शिला शालिग्रामको अस्तित्वको संरक्षणको विषयमा अहिले नै दीर्घकालीन समाधानबारे नसोचे भविष्यमा यसको अस्तित्व नै नरहन पनि सक्छ ।

प्रदेशसभामा नै शालिग्रामलाई विश्वसम्पदा सूचीमा राख्नुपर्ने माग उठिरहँदा यसतर्फ सबैले गम्भीर भएर सोच्न जरुरी छ ।जाउँ एकपटक घुमौं सेतीवेणी, शिलाको दर्शन गरौं, अनि दिगो मर्मतका लागि अभियान सुरु गरौं ।

पुरानै संरचनामा फर्काउनुपर्छ –कमलप्रसाद भुसाल प्रमुख, विहादी गाउँपालिका शिला शालिग्राम एउटा मात्र जिल्ला वा भूगोलको होइन । यो विश्वकै हिन्दू धर्मावलम्बीहरूको आस्थाको केन्द्र हो । पर्वत जिल्लाको विहादी गाउँपालिकामा शालिग्राम रहनु हामी विहादीवासीको गर्वको कुरा पनि हो । यसको संरक्षणको विषयमा विहादी गाउँपालिका सदा गम्भीर र जिम्मेवार छ।हालसम्म यसको संरक्षणमा जति पनि लगानी भएको छ, त्यो सबै पर्वतले गरेको छ ।

अघिल्लो सालको वर्षातले यसको परिक्रमास्थल भत्काएको छ, यसलाई अल्पकालीनभन्दा पनि दीर्घकालीन रूपमा व्यवस्थापन गर्न जरुरी छ । तर, गाउँपालिकाको बजेटले यो सम्भव छैन् । हामीले प्रदेश सरकारसमक्ष शालिग्रामको संरक्षणका लागि डिपिआर र आवश्यक अध्ययन गरी बजेट विनियोजन गर्न प्रदेश सरकार समक्ष माग गरेका छौं ।

कालीगण्डकी ए जलविद्युत् परियोजनाको ड्यामका कारण शालिग्रामको तल्लो भाग पुरिएको छ, यसलाई साविकको अवस्थामा ल्याउन पनि हामीले कालीगण्डकीको धार परिवर्तन गर्नुपर्ने विषय उठान गरेका छौं । यसमा करोडौं बजेट लाग्न सक्छ, तर धार्मिक हिसाबले अत्यन्तै महत्वपूर्ण र राष्ट्रिय महत्वको विषय भएको हुँदा केन्द्र सरकारले नै यसमा चासो दिन जरुरी छ । हामीले यसबारेमा सम्बन्धित मन्त्रालयमा जानकारी पनि गराएका छौं ।

अहिले कालीगण्डकी बगिरहेको धारलाई गुल्मीतर्फको अर्वेनीको बगरमा मोड्न सके शालिग्राम पुरानै संरचनामा फर्किन सक्छ । हामीले यो विकल्प पनि निकालेका छौं । अर्कोतर्फ, स्थानीय तह कार्यान्वयनमा आइसकेपछि संरक्षणका लागि हामी सक्दो प्रयास पनि गरिरहेका छौं ।सेतीखोलामा तटबन्ध बाँध्नका लागि प्रस्ताव तयार गर्न थालिएको छ र संस्कृति संरक्षणको लागि पौवा तथा मन्दिरहरूहामीले बनाउने योजना बनाएका छौं ।

– नागरिकन्युजबाट

कमेन्ट गर्नुहोस्
You might also like