सन्दिप लामिछानेको बंङ्गादेशमा डेभ्यू खेलमा २ ओभरमा ८ रन मात्र

16

बंगलादेश प्रिमियर लिगमा सन्दिपले २ ओभरमा मात्र ८ रन दिएका छन ।

सन्दिपले आठौं ओभर लिएर आएका सन्दिपले सुरूवातीमा ५ रन दिए । जसमा उनले पहिलो बलमा एक दिए भने दोस्रो बलमा पनि मात्र एक रन खर्चिए । तेस्रो बलमा स्टिभ स्मिथले डिफेन्स गरे भने चौथो बलमा एक रन लिन सफल भए । त्यसपछि दुई खेलमा एक दिन दिए ।

त्यसपछि १० औं ओभर लिएर आएका सन्दिपले मात्र तीन रन दिए । उनले ब्यक्तिगत दोस्रो ओभरको पहिलो बलमा एक रन दिए भने दोस्रो बलमा विकेटका लागि अपिल गरेका थिए । त्यसपछि तेस्रो बल उनले डट फाले । चौथो बलमा एक रन खर्चिन पुगे । त्यसपछिका दुई बलमा उनले एक रन खर्चिए ।

यसअघि बंगलादेशको ढाकास्थित शेरेबांग्ला क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सिलेटले २० ओभरमा ८ विकेट गुमाउदै एक सय २७ रन बनायो ।

कमेन्ट गर्नुहोस्
You might also like