काठमाण्डौ जाँदै गरेको बस अनियन्त्रित भइ सडकमा पल्टिदा २३ जना घाइते

7

नवलपरासी – काठमाडौं जाँदै गरेको बस दुर्घटना भएको छ । पूर्व(पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको मध्यविन्दु-११ बाहुनेकुनामा आज बिहान करीब ३ बजेतिर काठमाडौं जाँदै गरेको यात्रुबाहक बस पल्टिदा २३ जना घाइते भएका हुन् । सुर्खेतबाट काठमाडौं जानका लागि छुटेको ना ५ ख ४६९६ नम्बरको बस अनियन्त्रित भइ सडकमा पल्टिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा बसमा सवार ३४ जना यात्रुमध्ये २३ जना घाइते भएको जनाएको छ । घाइतेको चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार गर्न पठाइएको प्रहरीले जनाएको छ ।बस चालक २१ बस्ने हरिबहादुर सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कमेन्ट गर्नुहोस्
You might also like