फिल्म चौका दाउले पायो पिजी सर्टिफिकेट, कहिले हुँदैछ रिलिज ?

18

काठमाडौं – सौर्य प्रोडक्सनको प्रस्तुतिमा बनेको चलचित्र चौका दाउ २७ पुषबाट देशव्यापी रिलिज हुँदै छ । पूणेन्दू झाको निर्देशन रहेको चौका दाउ प्रदर्शनका लागि सेन्सर पास भएको छ । यो चलचित्रलाई केन्द्रिय चलचित्र जाँच समितिले १६ वर्ष मुनीका बालबालिकाले अभिभावकको सहयोगमा हेर्न मिल्ने गरी पिजी (प्यारेन्स गाईडेड) सर्टिफिकेट दिएको छ । चलचित्र हास्यप्रधान रहेको निर्देशक झाले बताएका छन् ।

चलचित्रका निर्माता सौर्यजित बासकोटा र मनोज राजभण्डारी हुन् । यो चलचित्रमा दीर्घ गुरुङको छायाँकन रहेको छ भने मित्रदेब गुरुङको सम्पादन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, वसन्त श्रेष्ठ र भीमफेदी गाइजको नृत्य निर्देशन छ । यस चलचित्रमा बरिष्ट संगीतकार शम्भूजित बासकोटाको संगीत रहेको छ ।

कमेन्ट गर्नुहोस्
You might also like