२ सातादेखि एकै ठाउँ देखिएको गोमन सर्पलाई नाग देवता पुजा गर्नेहरुको भिड

13

दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नं ४ बनहरीस्थित केशरा पोखरेलको जग्गामा झण्डै दुई सातादेखि एकै ठाउँमा देखिएको गोमन सर्पलाई नाग देवता भन्दै स्थानीयले पूजा गर्न थालेका छन्। गोमन सर्पलाई नाग देवता भन्दै पुजा गर्ने र हेर्ने स्थानिउको बाक्लो भीड लागेको छ ।

गोमन सर्पलाई ‘नाग देवता’को संज्ञा दिँदै पूजा गर्दै आएका स्थानीयले गाईको दूध, जल, अक्षता, पैसा चढाउँदै पूजा गर्न थालेका हुन्। हाल सर्प देखिएको यो स्थानमा दुई,तीन वर्ष अगाडिसम्म थारु समुदायका देवता भूँयारथान रहेको बताईएको छ।

त्यसै ठाउँमा लगातार एकै स्थानमा गोमन सर्प देखिन थालेपछि स्थानीयले नाग देवता उत्पत्ति भएको भन्दै पूजा गर्दै आएका हुन्। दुई सातादेखि नाग देखिएपछि स्थानीयले नाग देवता उत्पत्ति भएको भन्दै पूजा गर्दै आउका हुन् ।

कमेन्ट गर्नुहोस्
You might also like