बिहानैदेखि त्रिभुवन विमानस्थलमा सबै उडान ठप्प

21

काठमाडौं । टावरमा प्राविधिक समस्या आएपछि त्रिभुवन विमान स्थलमा बिहानैदेखि उडान अबरुद्ध भएको छ । बिहान करीव ९ बजेदेखि विमानस्थलका सबै उडानहरू अबरुद्ध छन ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञावलीले भारत जान लागेको बेला भारतीय एयरलाईन्समा दोहोरो चेकिङ्ग गरिरहेको बताइ रहेका बेला भारतीयपक्षले त्यसको स्पष्टीकरण दिएको छ । भारत जान लागेका बेला मन्त्री ज्ञावलीले नेपालको तर्फबाट चेकिङ्ग भइसकेपनि भारतीय एयरलाईन्सले आफ्नो तर्फबाट दोहोरो चेकिङ्ग गरिरहेको बताएका थिए ।

मन्त्री ज्ञवालीको भनाइको बचाउ गर्दै भारतीय पक्षले उच्च सुरक्षा सर्तकताका लागि आफ्नो एयरलाईन्समा दोहोरो चेकिङ्ग गराइरहेको बताएको हो । भारतीय उच्च अधिकारीहरूका अनुसार की वर्ष अगाडि काठमाडौंबाट कानधारका लागि उडेको विमान अपहरण भइसकेका कारण उच्च सुरक्षा सतर्कताका लागि दोहोरो चेकिङ्ग गराउनु परेको दाबी गरेका छन ।

नेपालको विमानस्थल अन्तर्राष्ट्रिय चेकिङ्गको मापदण्डमा नरहेका कारण दोहोरो चेकिङ्ग गरेको भारतीय पक्षको आरोप छ । नेपाली अधिकारीहरूद्वारा सुरक्षा जाँच भईसकेपनि वायुसेवाभित्र विभिन्न किसिमका हतियार, विष्फोटक पदार्थहरू जान सक्ने भएकाले दोहोरो सुरक्षा जाँच भएको बताइएको छ ।

भारतको विमान नेपालबाट अपहरणमा परेका कारण दीर्घकालीन असरहरू परेको भारतीय पक्षको भनाइ छ । नेपालबाट भारतीय विमान अपहरण भएपछि आतंकवादी मौलाना मशुद अजहदलाई रिहा गर्नु परेको भारतीय पक्षले जनाएको छ ।

मोहमद नामक अपराधी बनेर भारतमा वितण्डा मचाउनका लागि आतंकवादीहरु पठाइरहेको जनाइएको छ । यस कारणले भारतीय वासु सेवालाई दोहोरो चेकिङ्ग गरिरहेको जनाईएको छ ।

सरकारले सञ्चालन ढाचा टुंगो लगाउन नसक्दा पूर्वनिर्धारित समयमा भैरहवा विमानस्थल सञ्चालन चुनौतीपूर्ण देखिएको छ । निर्माणाधीन भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी असारदेखि उडान सञ्चालन गर्ने कार्यतालिका तय भएको छ । अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले असार १३ गतेबाट अन्तर्राष्ट्रिय उडान गर्ने तयारी गरेको छ । यसबारे समयमै निर्णय हुन नसक्दा निर्धारित समयभित्र विमानस्थल सञ्चालनमा ल्याउनु चुनौतीपूर्ण भएको प्राधिकरणकै भनाइ छ ।

यो विमानस्थल दुई देशबीचका सरकारको सम्झौता (जीटूजी)मा सञ्चालन गर्ने गरी प्राधिकरण सञ्चालक समितको पुस ५ गतेको बैठकले निर्णय गरी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाएको छ । प्राधिकरणले गरेको प्रस्तावलाई मन्त्रालयले मन्त्रिपरिषद्बाट निर्णय गराउनुपर्ने हुन्छ ।

सरकारबाट निर्णय भएपछि परराष्ट्र मन्त्रालयमार्फत इच्छुक कम्पनी ल्याउनुपर्ने हुनाले जति ढिला भयो उति विमानस्थल सञ्चालन पछाडि धकेलिने प्राधिकरणका प्रवक्ता वीरेन्द्र श्रेष्ठले बताए । यो विमानस्थलबाट उडान गर्न ‘अपरेसनल रेडिनेस एन्ड एयरपोर्ट ट्रान्सफर (ओरएट) तथा अपरेसनल एन्ड म्यानेजमेन्ट÷मेन्टिनेन्स (ओएनएम) गरेर दुई पक्षबाट काम गराउनै बाँकी रहेको उनको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
You might also like