कुलमानले गरे जादु : भारतसँग विद्युत किन्ने नेपाललाई आज भारतलाई नै बिद्युत बेच्ने अवस्थामा पुर्याए : सलाम छ कुलमान घिसिङ

76

काठमाडौं । नेपालले पनि अन्य देशलाई बिजुली बेच्न सक्ला र ? यो सबैंको मनमा उड्ने प्रश्न हो तर कुशल कार्यक्षमता हुने हो भने जो बाट विद्युत किनेको हो उसैंलाई बेच्न पनि सकिन्छ । नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङ आएपछि नेपालमा न त लोडसेडिङ हुन्छ अझ नेपालले गत बैशाखयता करिब दुई करोड किलोवाट आवर (युनिट) विद्युत भारत निर्यात गरेको खुलेको छ । सन् २०१४ मा नेपाल र भारतबीच सम्पन्न विद्युत व्यापार सम्झौता (पिटिए) ले नेपालले भारतलाई विद्युत बेच्ने औपचारिक ढोका खोल्ने वातावरण बनाएको थियो ।

अप्रिलदेखि नोभेम्बर २०१८ भित्रमा नेपाल विद्युत प्राधिकरणले भारतका विद्युत व्यापारीलाई कुल एक करोड ८८ लाख ७४ हजार युनिट बिक्री गरेको हो । प्रतियुनिट पाँच रुपैयाँ ५५ पैसाका दरले विद्युत बिक्री गरिएको हो । विद्युत बिक्रीबाट कुल १० करोड ४७ लाख ५० हजार ७०० रुपैयाँ आम्दानी भएको जनाईएको छ । नेपालमा विद्युतको खपत अत्यन्तै न्यु हुने रातको समयको विद्युत निर्यात गरी उक्त रकम आम्दानी गर्न सफल भएको प्राधिकरणका प्रवक्ता एवमं विद्युत व्यापार प्रमुख प्रवल अधिकारीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
You might also like